सामुहिक लगानीको लागि ३ करोड ५० लाख संकलन
सुरेन्द्र प्रधान, जर्मनी : जर्मनीको हाम्बर्गबाट एनआरएनहरुले सामुहिक लगानीको लागि ३ करोड ५० लाख संकलन गरेका छन् ।
ठाउँ ठाउँमा कार्यक्रम तिब्रताका साथ सामुहिक लगानीको कार्यक्रम आयोजना हुदै छ। गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC) ले नेपालमा संयुक्त लगानीमा १००मेगावाट जल बिद्युत योजनामा लगानी गर्न संसारभर छरिएर रहेका (NRN) गैर आवासिय नेपालीहरूलाई अनुरोध गर्दै आएको छ। आफुले गर्ने लगानीको २५ प्रतिशत रकम (कम्तीमा पनि एक लाख नेपाली रुपैया) NRN ईनभेस्ट मेन्ट कम्पनी प्रा लि ले तोकेको रकम नेपालका बैकमा समय अबधी भित्र जम्मा गर्न संपूर्ण जर्मनी बासी नेपाली दिदीबहिनी तथा दाजुभाईलाई हार्दिक अनुरोध गर्दछौ। आवश्यक कागजाजको सयोगको लागि NRNA जर्मनी हर हमेसा तयार छ।
यदि तपाईं स्वयमले अरु बिस्तृत जानकारी लिन चाहनु भएको छ भने NRNA जर्मनीले आयोजना गर्न लागेको सामुहिक लगनीको लागि कार्यक्रममा मा उपस्थित भई अझ धेरै जानकारी प्राप्त गर्न सक्नु हुने छ। हाम्रो कार्यक्रम गत १७ डिसेम्बरका दिन हाम्बर्ग शहरमा Asia Quick, Ferdinandstr 55-57, 20095 Hamburg. शुसमपन्न भएको छ। यस कार्यक्रममा एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापाले एनआरएन हरुको सामुहिक लगानीको बारे आफ्नो मन्तब्य राखे पछि एनआरएनए आसीसी युरोपियन क्षेत्रीय संयोजक कुमार पन्तले यसलाइ बिस्तृत ब्याख्या गर्नु भएको थियो। हाम्बर्गबाट प्रतिनिधित्व गर्ने एनआरएनए, जर्मनीका आसीसी सदस्य ज्यु , सल्लाहकार ज्यु उपाध्यक्ष ज्यु, प्रबक्ता ज्यु, विध्यार्थी प्रतिनिधि ज्यु, केद्रीय पदाधिकारी ज्युहरु, एलसीसी संयोजक ,सहसंयोजक र हाम्बर्ग सहरमा कार्यरत सबै संघ सस्थाहरुको अध्यक्ष ज्युहरु र अरु प्रतिनिधीहरुको साथै समाज सेवी, बुद्धिजीवी, उद्धमी र प्यापारीहरुको सहभागिता रहेको यस सामुहिक लगानी अन्तर कृया कार्यक्रममा सबैका आ-आफ्नो जिज्ञसाहरुको स्पस्ट राम्रो उत्तर पाए पछि लगनी कर्ताहरुको एनआएनहरुको नेपालमा सामुहिक लगनीबाट बान्न लागेको 100 मेगावाट जल बिद्युत आयोजनामा लगानी गर्ने उत्सुक्ता बढेर गएको थियो । कही ५,१०, २०, २५,५०,लाख नेपाली रुपैयाको रकम सम्म लगानी गर्न हाम्बर्ग बासी नेपालीहरुले आ-आफ्नो नाम लेखाएका छन। यो क्रम अझ धेरै बढन सक्ने सम्भावाना रहेकोछ । किन कि यो क्रिस्मशको समयले गर्दा धेरैको इच्छा हुदा हुदै पनि यस कार्यक्रममा उपस्थिति हुन सकेनन । जर्मनीमा सबभन्दा धेरै नेपाली समुदायहरु एउटै सहरमा रहेर धेरै ब्यवशायहरु गर्ने सहरको रुपमा हाम्बर्ग सहर चिनिन्छ। नेपालमा एनआरएन हरूको लगानीबाट निर्माण हुन लागेको १००मेगावाट जल बिद्युत योजनामा लगानी गर्ने उत्साह बढदै गएकोछ। क्रमस फ्रान्कफोर्ट 2 डिसेम्बर 2012मा र म्युनिकमा 3 डिसेम्बर 2012मा सामुहिक लगानीको लागि कार्यक्रम भई सकेको कुरा म फेरि पनि यहाहरूलाई स्मरण गराउन चाहन्छु।
बर्लिन र नर्थ राइन वेष्ट फालनमा पनि सामुहिक लगानीको लागि चाडै भन्दा चाडै छुटा छुटै कार्यक्रम आयोजना गरिने NRNA जर्मनीको योजना छ। जर्मनी बासी संपूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले नेपालमा लगानिको लागि तयार रहनुस्। यसको सयोगको लागि NRNA जर्मनी ले संपूर्ण काग्जात उपलब्ध गराई दिने छ। यहाँ तल लिन्कहरु दिएको पनि छ तपाईं स्वयमले पनि खोलेर हेर्न सक्नु हुनेछ। यदि तपाईंलाई सिधै सम्बन्धित ब्यक्तिलाई संपर्क गर्न खोज्नु भएको छ भने पनि हामीले यहाँलाई संपर्क ब्यक्ती उपलब्ध गराउने छौ। यो तपाईंको लागानी हो फिर्ता हुन्छ सावा,ब्याज र नाफाका साथ। निर्धक्क भएर लगाउनुस् देशको सेवा आफुलाई मेवा। धन हुने र मन हुनेलाई 38 बर्ष सम्म बुढेस्कालको पेन्सन हो यो। यो एनआरएन हरूलाई दिएको एउटा मैका हो तेसैले मौकामा चौका हान्नु पर्छ। यो परोपकरी होइन तपाईं हामी सबैको साझा लगानी हो त्यस कारण सबै सबा ब्याज र फाईदा सित फिर्ता पाईन्छ।
समृध्द नेपाल हाम्रो साझा सपना हो । नेपालको आर्थिक बिकासमा गैर आवासीय नेपालीहरुले आ-आफ्नो हैसियतबमोजिम योगदान गर्नु हाम्रो दायित्व हो भन्ने हामीले ठानेका छौं। नेपालको विकासको पहिलो आधार जल विधुत नै हो भन्ने वास्तविकतालाई ध्यानमा राख्दै हामीले गैर आवासीय नेपालीहरुको सामुहिक लगानीको माध्यमवाट पहिलो चरणमा जल विधुत क्षेत्रमा लगानी गर्ने निर्णय गरेका छौं । जल विधुत क्षेत्र तुलनात्मकरुपमा कम जोखिमपूर्ण, लगानीको १५ देखि २५ प्रतिशतसम्म फाइदा लिन सकिने र सरकारले उत्पादित विधुत किनिदिने ग्यारेण्टी समेत गरिदिएकोले यस क्षेत्रमा लगानीका लागि हामी थप उत्साहित भएका हौं । यसै उद्देश्यले ५ अरव नेपाली रुपैयाँ अधिकृत पूँजी भएको एनआरएन इनभेष्मेण्ट नामको पव्लिक लिमिटेड कम्पनी यही २०६९ साल भाद्र ३१ गते नेपालको कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ वमोजिम दर्ता गरि हाल लगानी गर्न ईच्छुक गैर आवासीय नेपालीहरुका लागि संस्थापक शेयर जारी गर्ने प्रक्रियामा हामी लागेका छौं ।
यस कम्पनीको संस्थापक शेयरधनी हुनका लागि एक ब्याक्तिले कम्तिमा एक लाखदेखि बढीमा एक करोड नेपाली रुपैयाँ सम्म लगानी गर्न सक्नेछन । लगानी गर्न चाहनुहुने गैर आवासीय नेपालीहरुले शुरु किस्ताकारुपमा आफूले कबोल गरेको रकमको पच्चीस प्रतिसतरकम (कम्तिमा एक लाख) यही ३१ डिसेम्बर २०१२ सम्म कम्पनीको तल उल्लेखित ३ वटा बैंक खाता मध्ये कुनै एकमा जम्मा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं -
Name: Nepal Investment Bank Ltd.
Branch Name: Lazimpat, Kathmandu
A/C No. 03601040252744
SWIFT CODE: NIBLNPKT
2.Bank Name: Bank of Kathmandu Ltd, Kathmandu
Nepal Beneficiary: NRN Investment Ltd
Beneficiary’s account No: 010000062385
SWIFT Code: BOKLNPKA
3.Bank Name: Sanima Bank Limited, Kathmandu, Nepal
Beneficiary’s Name: NRN Investment Limited
Beneficiary’s Account No: 001-000-1096401
SWIFT: SNMANPKA
लगानी गर्न चाहनुहुने व्यक्तिहरुले पेश गर्नु पर्ने आवश्यक कागजपत्रहरु यस प्रकार रहेको छ -
१)संस्थापक शेयर धनीको व्यक्तिगत विवरण र मञ्जुरीनामा :
२)लगानी प्रतिवद्धतापत्र:
३) नेपाली नागरिकताको प्रतिलिपी वा नेपाल सरकारबाट जारी गरिएको एनआरएन वा पिएनओ कार्डकोप्रतिलिपी :
माथि दिएका बैकमा तपाईंले कबुल गरेको सामुहिक लगानीको रकम यही ३१ डिसेम्बर २०१२ सम्म २५% रकम जम्मा गर्नु होला। आवश्यक परे एनआरएनए जर्मनीको पदाधिकारीहरु सित संपर्क गर्नु होला।
इन्दिरा जोशी र राजेश पायल राईले हाम्बर्गमा
शेर्पा किदुग जर्मनी द्वारा आयोजित नेपाली सास्कृतिक कार्यक्रम यहि ६ डिसेम्बर २०१२ का दिन हाम्बर्ग शहर जर्मनी मा नेपाली सकिराका नामले चिनेने इन्दिरा जोशी र राजेश पायल राईको नेपाली सास्कृतिक साझ विशेष मनोरन्जनात्मक " Rajesh payal Rai & Indira Joshi Live in Germany " सांगीतिक कार्यक्रम प्रस्तुत हुन गैरहेकोछ ! आमन्त्रित प्रख्यात कलाकारद्वय राजेश पायल राई र " नेपाली शाकिरा " उपनामले प्रख्यात ईन्दिरा जोशीले डिसेम्बर महिनाको चिसोमा पनि यहाँका नेपालीहरुलाई जोसिला नेपाली गीत र गरमागरम नाचगान पस्कि मनग्गे मनोरंजन दिलाउनेछन ! उक्त कार्यक्रमको पर्खाइमा रहेका हाम्बर्ग वासी नेपालीहरु र प्रशंसकहरु यस् दिन को धर्यतामा छन|
स्थान : Golden Globe Event
Silbersack 27, 20539 Hamburg
जर्मनीको म्युन्स्टरमा लुम्विनी-कपिलवस्तु दिवस अभियान क्षेत्रीय समिति गठन
हामी नेपाली विश्वको भूगोलमा बुद्ध र सगरमाथाको देशका नागरिक भनेर परिचित छौं । हाम्रो गौरव र “एसियाको प्रकाश”को रुपमा विश्व प्रसिद्द गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्य विश्वको लागि नौलो विषय होइन । सन् १९९७ मा लुम्विनी युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत भएको छ ।
बुद्धको जन्मस्थल नेपालमा भए पनि वहाँले भारतको बोध गयामा ज्ञान प्राप्त गर्नुभएको थियो । र, वहाँले पहिलो पटक धर्म प्रचार भारतको उत्तर प्रदेश वाराणसी नजिक सारनाथ भन्ने स्थानबाट सुरु गर्नुभयो । भारतको उत्तर प्रदेशको कुशीनगर भन्ने सहरमा वहाँको देहत्याग भएको थियो । यसरी बुद्धले जन्म लिएको, वोधज्ञान प्राप्त गरेको, पहिलो धर्म प्रचार गरेको र देह त्याग गरेको ती सबै स्थलहरुलाई पवित्र स्थलहरुको रुपमा लिइएको छ । त्यस मध्ये बुद्धको जन्मस्थल नेपालमा भए पनि अन्य ३ पवित्रस्थल भारतमा नै पर्दछन् । यद्यपि हाम्रो छिमेकि मुलुक भारतले बुद्ध जन्मस्थल बारे भ्रामक प्रचार प्रसार मात्र गरेन ।
केहिवर्ष देखि भारतले नेपालसंगको सिमा नजिकै उत्तर प्रदेशको पिपरहवामा नमुना कपिलवस्तु निर्माण गरेर गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तुलाई नै विवादको विषय समेत बनाएका कारण विश्वभर छरिएर रहेका हामी आम नेपालीले आफ्नो स्वाभिमान र गौरवको रक्षा, विकाश र जगेर्ना गर्ने उद्देश्यले गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्यलाई थप उजागर गर्न सामुहिकरुपमा एकतावद्द हुदै १ डिसेम्वर, २००९ देखि विश्वव्यापी रुपमा लुम्विनी-कपिलवस्तु दिवस अभियानको शुरु गरेको हो ।
राम कुमार श्रेष्ठको विश्व संयोजकत्वमा यसको विश्व कार्य समिति गठन कार्य पुरा भैसके पछि क्रमिकरुपमा अभियानलाई विस्तार गर्ने क्रममा विश्वभर क्षेत्रिय तथा राष्ट्रिय समितिहरुको गठन कार्य अगाडि बढिरहेको छ । यो अभियान १ डिसेम्वर, २०१२ मा चौथो वर्षमा प्रवेश गर्दै गरेको सन्दर्भमा लुम्विनी-कपिलवस्तु दिवस अभियान, बेल्जियम राष्ट्रिय समितिका सल्लाहकार दामोदरप्रसाद आचार्यको सक्रियतामा जर्मनीमा गैर आवासीय नेपाली संघ, नर्डराइन वेस्टफालेनका क्षेत्रीय अध्यक्ष शिखर खड्काको संयोजकत्वमा समितिका सल्लाहकारहरु पछि थप गर्ने गरि हालको लागि १५ सदस्यीय लुम्विनी-कपिलवस्तु दिवस अभियान नर्डराइन वेस्टफालेन क्षेत्रीय समिति २७ नोभेम्वर, २०१२ का दिनमा गठन गरिएको छ ।
उक्त समितिमा क्षेत्रीय संयोजक शिखर खड्का र अन्य संयोजकहरु: निर्मल सिग्देल, सोनाम गुरुङ, तेज कुमारी शेरचन, प्रकाश शर्मा, श्याम परियार, सन्तोष राज गुरुङ, मदन दाहाल, बिकास ठकुरी, टंक लम्साल, हरी अर्याल, रण बहादुर साउद, उत्तम लम्साल, राजेन्द्र भुसाल र टेक नेपाली रहनु भएको छ ।
दुबईमा नव बर्ष २०१२ को उपलक्ष्यमा भलिबल खेल सम्पन्न
जगत प्रसाद आचार्य
श्री पाथिभरा माउन्ट एभरेष्ट युवा क्लबले नव बर्ष २०१२ को उपलक्ष्यमा ३० डिसेम्बर देखी १ जनवरी २०१२ सम्म अल्कोजमा मैन्त्रीपूर्ण भलिबल खेल सम्पन्न गरेको छ। शुक्रबार ३० डिसेम्बर २०११ मा उद्दघाटन कार्यक्रम क्लबका सचिब श्री महेन्द्र राईले सन्चालन गर्नु भएको थियो भने क्लबका तर्फबाट स-सचिब श्री कृष्ण पौडेलले सम्पूर्ण खेलाडी,दर्शक तथा अतिथिहरुलाई स्वागत मन्तब्यका साथै नव बर्ष २०१२ को शुभकामना ब्यक्त गर्नु भएको थियो । क्लबका अध्यक्ष श्री गुन्जमान गुरुङ र उपाध्यक्ष श्री शिवराम गुरुङले भलिबल खेलको उद्दघाटन गर्नु भएको थियो ।
उक्त भलिबल खेलमा दुबईमा रहेका नेपाली संघ संस्था तथा विभिन्न कम्पनीमा कार्यरत नेपाली तथा बिदेशी खेलाडी गरी जम्मा १४ टिमको सहभागीता रहेको थियो । सेमी फाइनल तथा फाईनल खेल १ जनवरी २०१२ मा सम्पन्न भएको थियो जसमा सेमीफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरेका बाग्लुङ सेवा समाजका खेलाडी श्री बिनोद खड्का म्यान अफ द म्याच घोषीत हुनु भएको थियो । फाईनल खेलमा रयाक डिउटी फ्री ले दुबइ डिउटी फ्री लाई हराउदै उक्त भलिबल खेलको बिजय बन्न सफल भएको थियो । बिजेता तथा उपबिजेता दुबै टिमलाई ट्रफी,मेडल,र प्रमाण पत्र प्रदान गरिएको थियो ।
तिमि त्यति राम्री थिईनौ
अधिवक्ता जगत प्रसाद आचार्य,
हाल दुबई
पहिलो भेटमा तिमि त्यति राम्री थिईनौ जहिले
जती देख्यो त्यति राम्री लाग्न थाल्यो अहिले !
बैश छदा कस्ती थियौ देख्या हैन मैले
देख्या भए चोरी ल्याउथे त्यसै बेला मैले !!
अब पनी चोरु भने मार्लान तिम्रा पोइले
चोरी गर्नु महा पाप हो बुझेको छु मैले !
त्यै भएर चोर्न लाई हिम्मत छैन अहिले
त्यसले त बसेकोछु आत्मा जलाई जहिले !!
त्यसै गुनगान गाएको हैन तिम्रो बारे मैले
जस्तो देख्छु उस्तै भन्छु नरिसाउनु जहिले !
सम्झी दिए पुग्छ मलाई नभेटेनी कहिले
तिम्रो बर्णन गर्नलाई नै कवि भएछु अहिले !!!
तिम्रो लागि दिलको ढोका
जगत प्रसाद आचार्य
तिमि आउने आशामा दिलको ढोका खुल्लै राख्या मैले
मैले सोचे जस्तै सुटुक्कै तिमि आयौ सपनीमा जैले
मेरो इसारा बुझीदिएकोमा निक्कै खुशी भएथे पैले
तिम्रो लागि मेरो दिलमा बस्न लायक ठाउँ थिएन जैले
तिमीलाई बिपनिमा बारम्बार बोलउथे जब मैले
तिमि आउन डराउथ्यौ सपनीमा आइरहन्छु भन्थौ पैले
तिम्रै खुशीमा हास्छु म तिमीलाई मैले नपाएनि कैले
तिम्रै यादमा बाचेकोछु चोरी दियौ मेरो मुटु जैले
ठिकै छ चोरी गरेको मेरो मुटु तिमि संगाली राख
मेरो दिर्घायु को लागि देबी देउता र देउराली भाख
म दुखि भएता पनि तिमि सदैब खुशी भई राख
कुनै दिन चाहिने छ मलाई तिम्रो न्यानो काख
Musical Nite 2011 in Germany with Yash Kumar and Bishnu Khatri
जर्मनको म्युनिक शहरमा नेपाली "म्युजिकल नाइट २०११" भब्यताका साथ सम्पन्न भएको छ । उक्त म्युजिकल नाइट को भिडियो तल छ हेर्नु होला । सो कार्यक्रममा यस कुमार र बिष्णु खत्रिले मिठा मिठा गीतले दर्शक हरुलाई भरपुर मनोरन्जन दिलाउनु भएको थियो ।
पीएनएस यूकेको क्षत्रीय समिति गठन
लण्डन । यही ४ सेप्टेम्बर आइतवार प्रगतिशील नेपाली समाज बेलायत ९पीएनएस यूके०को नर्थवेष्ट लण्डन क्षेत्रको क्षेत्रीय भेला अल्पर्टन हाउस नर्थवेष्ट कलेजमा सम्पन्न भयो । सो भेलामा केन्द्रीय अध्यक्ष रणबहादुर केसी र संयूक्त मोर्चा यूरोपका अध्यक्ष नविन सापकोटाको विशेष उपस्थिति रहेको थियो । अध्यक्षता केन्द्रीय सदस्य भोला खनाल ९बी० र संचालन केन्द्रीय महासचिव प्रकाश शर्माले गर्नुभएको सो भेलामा केन्द्रीय सचिवालय सदस्य सुरेश गौतम, विष्णु त्रिपाठी, ठाकुर शर्मा, केन्द्रीय सदस्य पार्वती पाण्डे, बासुदेव लामिछानेको उपस्थिति थियो । भेलामा उपस्थित सबै सदस्यहरुले राख्नुभएको जिज्ञासाको प्रत्युत्तरको साथमा समसामयिक विभिन्न सवालमा अध्यक्ष केसीले आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।
भर्खरै नेपालमा माथिल्लो कर्णाली परियोजनाबारेमा भएको विचार गोष्ठीमा सहभागी नविन सापकोटाले त्यस परियोजनाबाट नेपालमा भएको राष्ट्रघातको बारेमा प्रकाश पार्नुका साथै त्यस सम्वन्धी भिडियो क्यासेट समेत वितरण गर्नु भएको थियो । भेलामा विभिन्न प्रस्तावहरुउपर छलफल गरी आवश्यक निर्णयहरु गर्नुका साथै उपस्थित सबैलाई सदस्यता वितरण गरिएको थियो ।
भेलाले ३ सदस्य पछि थप्नेगरी ११ सदस्यीय नर्थवेष्ट लण्डन क्षेत्रीय समिति भोला खनाल ९बी०को अध्यक्षतामा गठन ग¥यो । समितिमा पूर्ण लक्सम्बा सचिव, ठाकुर शर्मा कोषाध्यक्ष र सदस्यहरुमा– कल्पना बस्नेत, लेखनाथ घिमिरे, रामकृष्ण सिटौला, तिलक पुन र बासुदेव लामिछाने रहनु भएको छ ।

दाह्रीवाल महिला
अमेरिकाका एक व्यक्तिले आफूलाई जन्मदिने आमा अन्ततः फेला पारेका छन् । तर उनी त्यतिबेला चकित परे, आफूलाई जन्मदिने आमाको दाह्री सेतै फुलेका रहेछन् । दाह्रीयुक्त महिलाको नाउँले प्रख्याति कमाएकी भिभियान हृवीलर, ६२, आफ्नी आमा भएको चाल पाएपछि रिचर्ड लोरेन्क, ३३, छक्क परेका छन् ।
छोरा रिचर्डले केन्सास राज्यको डिमार्टमेन्ट अफ सोसल एन्ड रिहृयाबिलिटेशन र्सर्भिसमा छ साता लगाएर गरेको खोजपछि उनले आफ्नी आमा पत्ता लगाएका हुन् ।
यता उनकी आमाले उनलाई जन्म दिएयता बिहे नगरेको बताइएको छ । भिभियान उनकी आमाजस्तै दाह्रीवाल रहेको र त्यस्तालाई डाक्टरहरुले हाइपरट्रीकोसिस भनिने बताइएको छ । अमेरिकीहरुले त्यसलाई "वेयरवल्फ सिन्ड्रोम" समेत भन्ने गरेका छन् । यस्तो अवस्थामा महिलाहरुमा अत्याधिक रुपमा दाह्री पलाउने गर्दछ ।
यी महिला जन्मदैको महिला र पुरुष दुवै जनेन्द्रीयका साथ जन्मिएकी थिइन् । उनकी आमाले यस्तो विचित्रको सन्तान जन्मिएको देखेपछि उनको पुरुष जनेन्द्रीय काट्न डाक्टरहरुसँग सहयोग मागेकी थिइन् ।
भिभियान महिला भए पनि पुरुषको जस्तो दाह्री पलाउन थालेपछि उनका पिताले उनलाई विभिन्न ठाउँमा काममा पठाउँथे र काम गरेबापत् १ हजार डलर पारिश्रमिक पाउने गर्थिन् । सानै उमेरदेखि उनले घर चलाउन थालेको उनको भनाइ छ ।
गिनिज बुक अफ रर्ेकर्ड्स्ले महिलाहरुमध्येमा सबैभन्दा लामो दाह्री भएकी महिलाको उपाधि दिएको थियो । उनले दाह्रीलाई ११ इञ्च लामो बनाएकी थिइन् ।
यता रिचर्डलाई उनले अरुलाई नै पाल्न दिएकी थिइन् । छोरो हर्ुर्किएर आएका कारण छोरासँगै जीवन बिताउन क्यालिफोर्नियाबाट केन्सस र्सर्ने भएकी छिन् ।

लण्डनको बाहिरी भागमा आगजनी र लुटपाट निरन्तर
प्रहरीको कडा सुरक्षाका कारण मंगलबार लण्डनको मुख्य भाग सामान्यतः शान्त रहे पनि बाहिरी भागमा आगजनी र लुटपाट निरन्तर देखियो। लण्डनमा मंगलबार सोह्र हजारको संख्यामा प्रहरी परिचालन गरिएको भएपनि म्यानचेस्टर, सालफोर्ड, वेभह्यामटम, नोटिङहाम, लेसिस्टर र बर्मिङघममा पसल लुट्ने र आगजनी गर्ने क्रम चलिरह्यो। कारबाहीमा मारिएका उनन्तीस वर्षीय मार्क डुवानका समर्थकहरुले विगत पांच दिनदेखि बेलायतको राजधानी लण्डनमा हिंसात्मक गतिविधि चलाइरहेका छन्।
लण्डनको टोटेनहाम निवासी डुवानका करिव दुई सय समर्थकले फेसबुक, ट्युटर र ब्लाकबेरी मेसेञ्जरको प्रयोग गर्दै समर्थक जुटाउने र तोडफोड तथा आगजनी गर्ने क्रम निरन्तर अघि बढाएका छन्। अरव संसारमा राजनीतिक परिवर्तन तथा तानाशाहहरुलाई अपदस्थ गराउन सहायक सिद्ध भएको नयां सामाजिक सञ्चारमाध्यम बेलायतका लागि भने अस्थिरता र अराजकताको कारण बन्न पुगेको छ। हुलदंगा लण्डनबाहिर पनि देखिएको छ। इटलीमा बिदा मनाइरहेका प्रधानमन्त्री डेभिड क्यामरुन सोमबार लण्डन फर्किएपछि सुरक्षामा कडाइ गरिएको छ।

पत्रकारमाथिको अक्रमणप्रति बेलायतमा विरोध
नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले मङ्गलबार नेपाली दूतावास लण्डनमा एक विरोधपत्र बुझाई विराटनगरस्थित नागरिक दैनिकका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणप्रति विरोध जनाएको छ । वेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेसमक्ष पत्र बुझाइएको हो।
जसमा भनिएको छ- विराटनगरस्थित नागरिक दैनिकका सहकर्मी खिलानाथ ढकालविरुद्ध भएको आक्रमणप्रति नेपाल पत्रकार महासङ्घ बेलायत शाखाको ध्यानाकर्षण भएको छ । स्वतन्त्र पत्रकारिताको रक्षा गर्न राज्य सक्षम छैन भन्ने पछिल्ला घटनाले पुष्टि गरिसकेको उल्लेख छ।
आक्रमणकारीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा राज्यले संरक्षण दिनु स्वतन्त्र पत्रकारिताको अपमान हो भन्ने ठहरसमेत उक्त पत्रमा गरिएको छ । देशमा मौलाउँदै गएको हिंसात्मक गतिविधि, भयावहको वातावरण र प्रेसमाथिको नियोजित आक्रमणलाई बेलायत शाखाले दुर्घटनाको रुपमा लिएको छैन । त्यस्ता घटना नियन्त्रण र दोषीलाई कारबाही गर्न राज्य संयन्त्रले चासो नदेखाउनु खेदजन्य छ भन्दै त्यस्ता घटनाको बेलायत शाखा घोर भत्सना र विरोध गर्दछ पत्रमा उल्लेख छ ।
साथै विरोधपत्रमा भयमुक्त र स्वतन्त्र प्रेसलाई निर्वाधरुपमा काम गर्ने वातावरण बनाउन नेपाल पत्रकार महासङ्घ बेलायत शाखा अनुरोध गर्दछ भनिएको छ । दोषीलाई कानुनी दायरामा ल्याएर दण्डहीनताबाट उन्मुक्ति पाउने परम्पराको अन्त्य होस् भन्ने मागसमेत बेलायत शाखाले गरेको छ।
विरोधपत्र वेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफ्नै कार्यकक्षमा बुझेका थिए। पत्र बुझाउन शाखाको तर्फबाट नेपाल बृटेन डट कमका सहसम्पादक धर्मराज अधिकारी दूतावास पुगेका थिए ।

अब यहाँ अन्तिमा युद्ध लढ्नुछ
हेम प्र. दहाल
मान्छे यहाँ युद्ध लडी रहेछ ।
संघर्सको राँको सल्काउदै छ ।
फेरी अब ज्वालमुखी फुट्नेछ ,
कोलाहल र चित्कारको आवाजले
धरती फेरी डग्मगाउने छ ।
आलो रगत बग्ने छ यहाँ
सान्तिलाई चिर्दै ,
निसासिएका आवाजहरु
बुलन्द हुँदै आकाश थर्काउने छ ।
अब फेरी यहाँ युद्ध लडिनेछ
तर यो युद्ध निर्णयक हुनेछ
यहाँ अब भोकको युद्ध लडिनेछ ।
भोको चित्कार गर्जने छ
सान्तीले सुस्त अघाएर निदाएकाहरुलाई
क्रन्दन शक्ती जाग्नेछ
अनी थर्किएको आवाजमा
सुतेका ति भष्ट्रहरुलाई
शान्तिको गीत गाउदै युद्धमा होमिनेछ ।
अब यहाँ फेरी युद्ध लडिनेछ
भोक र भष्ट्रको बिरुद्धमा
तर शान्तिको पक्षमा ।
देशलाई बन्धक राखेर
निजी स्वार्थ पुरागर्न खोज्नेहारुका बिरुद्धमा
देशकै ढिकुटी रित्याएर
आफ्नो ढिकुटी भर्नेहरुहो
अब यहाँ निर्णयक युद्ध लडिनेछ
धरतिबाट उठेको भष्ट्रहरुको आवाज
आकाशमा पुगेर बिलिन हुनेछ ।
शान्तिको नाराले अब भष्ट्रहरु
पत्याउनै छोडिसके
शान्तिको युद्ध थाल्ने रामदेवलाई
भष्ट्रहरुले ढालिसके
त्यसैले त अब यहाँ अन्तिमा युद्ध लढ्नुछ
खुनी नङ्राहरुबाट देशलाई बचाउनु छ ,
भष्ट्रचारिलाई मास्नु छ ।
(मोना) पोर्तुगलको आज वनभोज कार्यक्रम सम्पन्न
योगेन्द्रमिलन छन्त्याल, ५ असार, लिस्बोन, पोर्तुगल । म्याग्देली प्रवासी नेपाली संघ (मोना) पोर्तुगलले आज वनभोज कार्यक्रम सम्पन्न गरेको छ । विविध मनोरञ्जनात्मक कार्यक्रमकासाथ सम्पन्न कार्यक्रममा सयौ नेपाली र पोर्तुगीसहरुको सहभागिता रहेको थियो ।
खानपीन, नाचगान र चिठ्ठासमेत खोलिएको वनभोजमा प्रमुख अतिथि निवर्तमान एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य मकर हमालले उद्घाटन मन्तव्यमा मोनाले जिल्लाका लागि उल्लेख्य सहयोग गर्नुकासाथै पोर्तुगलमासमेत अनुकरणीय संस्थाको रुपमा स्थापित रहेको उल्लेख गर्नुभयो ।
एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य पूर्ण हमालले मोना म्याग्दीको मात्र नभइ समग्र नेपालीको हो भन्ने अनुभूति वा महशुश दिलाइरहेको अनुभव सुनाउनुभयो । अर्का वक्ता एनआरएन, पोर्तुगलका अध्यक्ष रमेश गुरुङले पोर्तुगलमा रहेका सबै संस्थाहरुले एनआरएनलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
मोनाले सञ्चालन गरेको चिठ्ठामा प्रथम पुरस्कार व्यापारी सूर्य हमाललाई परेको थियो । द्वितीय पुरस्कार समाजसेवी मकर हमालले प्राप्त गर्नुभयो । यसैगरी तेश्रो पुरस्कार विष्णु रोका र चौथो पुरस्कार राम थापाले जित्नुभएको थियो । संघले दर्जनौ सन्त्वना पुरस्कार पनि वितरण गरेको थियो । चौथो स्थानसम्मका विजेताहरुले क्रमश : डिजिटल क्यामेरा, मोबाइल, घडी र पर्फ्युम पुरस्कार प्राप्त गर्नुभएको थियो ।
सान्त्वना पुरस्कार जित्ने टिका पुन, कुमार राम्जाली, रमेश गुरुङ, टेकबहादुर पुनलगायतलाई लिपिष्टिक, दाह्री खौरने रेजर, चश्माजस्ता पुरस्कार प्रदान गरिएको थियो । "सांगीतिक सामग्रीहरुको राम्रो व्यवस्थापन गरिएको वनभोजमा आयोजकका साँस्क्रितिक समूहबाट जुन म्याग्देली गीतहरु गाइए, अत्यन्त रमाइलो लाग्यो ।" भोजमा सहभागी कुश्मा पर्वत घर भइ हाल लिस्बोनमा बस्दै रहनुभएका युवा नरेश श्रेष्ठले कार्यक्रमको रोमाञ्चकताबारे उल्लेख गर्नुभयो ।अध्यक्ष मानबहादुर पुर्जाको अध्यक्षतामा लिस्बोनको अल्भलादे पार्कमा सम्पन्न कार्यक्रम महासचिव धन मल्ल र सचिव धर्मलाल कँडेलले सञ्चालन गर्नुभएको थियो ।
'ख्वै, आयोजकले के के गर्छन् कुन्नि ?' केही क्षण थकाइ मार्दै सहभागीहरु
बेलायत पढ्न आएका नेपाली विद्यार्थी तेस्रो मुलुकमा विस्थापित
गत वर्ष बेलायत सरकारले लागू गरेको टियर फोर भिसाअन्तरर्गत बेलायत आएका हजारौं नेपाली विद्यार्थी तेस्रो मुलुकमा विस्तापित हुन थालेका छन्। सरकारले हालै जारी गरेको भिसासम्बन्धी कडा नियमले सयौं निजी कलेज बन्द हुने र बिद्यार्थीको काम गर्ने अधिकार खोसिएपछि गैरकानुनी रुपमा विद्यार्थीहरु फ्रान्स, स्पेन, पोर्चुगल, फिन्डल्याड, नेदरल्यण्ड र बेल्जियम लगायतका देशमा जान थालेका छन्।
फ्रान्सको सैन्य सेवामा भर्ती हुने र पोर्चुगलमा स्थायी बसोबासको भिसा पाइन्छ भन्ने लोभमा विद्यार्थीहरुको युरोपतिर ओइरो लागेको हो। गइसकेका विद्यार्थीहरुले त्यहाँको सरकार समक्ष शरणर्थी भई बस्न पाउँ भनी आवेदन दिने गरेका छन्। बेलायतबाट युरोपका अन्य देशमा जादाँ विद्यार्थीहरुले दुई वटा बाटो प्रयोग गरेको भेटिएको अधिकारीहरुले बताएका छन्।
अधिकांश विद्यार्थीहरु विदा मनाउन जाने भनेर सेनजेन भिसा लिएर छिरेका छन् भने केही विद्यार्थी लरीमा चढेर ज्यानको खतरा मोल्दै छिरेका छन्। युरोपका विभिन्न सपिङ महलमा सामान ओसार्ने हजारौं टन समान बोकेर जाने ठूल्ठूला लरीमा लुकिछिपी जाने गरेका हुन्। यसरी जादाँ पाँच सय पाउण्डदेखि दुई हजार पाउण्डसम्म उनीहरुले तिरेको भेटिएको छ।
गैरअवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य पूर्ण हमालले बेलायतबाट विद्यार्थीहरु हल्लै हल्लाको भर पोर्चुगल छिरेको बताए। 'सयौं विद्यार्थी सेनजेन भिसा लिएर यहाँ आएका छन् तर उनीहरुले सोचेजस्तो पोर्चुगल छैन', हमालले भने।
यसै गरी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् स्पेनका सदस्य पुष्पराज तिमिल्सिनाले स्पेनको हरेक सहरमा बेलायतबाट आएका विद्यार्थी रहेको बताए। हरेक दिन समूह-समूह बनाएर स्पेन छिरेका छन्। कति आए भन्ने तथ्यांक नभएको तिमिल्सिनाले बताए। उनले भने 'तीन वर्षमा यहाँको स्थायी बासिन्दा भइन्छ भन्ने सोचर आएका छन्। तर, भनेजस्तो सजिलो छैन काम पाउन निकै मुस्किल छ। लाखौं ऋण लिएर स्पेन आउनु गलत हो, आइसकेकाले काम पाएका छैनन् । खाने बस्नेमात्र भएको छ।'
स्पेन आउने भए तीन वर्षको आफ्नै खर्च लिएर आए हुन्छ त्यसपछि स्थाई बासोबास गर्ने भिसा बनेपछि काम पाउँछ, तिमिल्सिनाले भने, 'गैरकानुनी रुपमा आउनेलाई स्पेनका काम गर्ने अधिकार हुँदैन।'
यता बेलायतमा विद्यार्थीलाई कलेज सञ्चालकले आउने वर्षको शुल्क अहिले नै बुझाउन दबाब दिएपछि बाध्य भएर वैकल्पिक बाटो रोज्नु परेको विद्यार्थीहरु बताउँछन् । लण्डन कलेज अफ इन्जिनियरिङमा अध्ययनरत सुशील खत्रीले नेपाल जानुभन्दा अर्को विकल्प खोज्नु नै राम्रो हुने बताए। बेलायतमा काम पाउने अवस्था छैन, काम नभएपछि के खाने कहाँ बस्ने? कलेजले सधैं पैसामात्र माग्छ, नेपाल जाउँ भने दश लाख ऋण छ, साहु घरको ढोका कुरेर बसेका छन्। अब के गर्नु, यो मर्नुभन्दा बहुलाउनु निको भनेजस्तै हो खत्रीले भने।
बोस्टन कलेज अफ लण्डनका निर्देशक पामेश भट्टराईले केही विद्यार्थी पोर्चुगल गएको बताए। उनीहरु सेनजेन भिसामा गएका हुन्। तर त्यहाँ गएपछिको अवस्था कस्तो छ भन्न सकिन्न, 'उनले भने- अहिले प्रायः सबै कलेजमा छुट्टी छ। कलेज खुलेपछि कति विद्यार्थी फर्किन्छन भन्ने ठेगान छैन।' विद्यार्थी कलेजमा पढ्न आउने क्रम ५० प्रतिशतले कमी आएको छ, भट्टराईले भने, अन्तर्राष्ट्रिय विद्यार्थी आउने क्रम ९५ प्रतिशतले कमी आएको छ।'

देखावटी गर्न मलाई
हेम प्रसाद दहाल
भित्री कुरा बुझे पनि आँखा चिम्ली दिन्छु । मलाई छै न आज रहर , बिरानो भै बस्छु ।
देखे मैले संसार यो ,नदेखेको आज ।
देखावटी गर्न मलाई , लाग्छ साह्रै लाज ।।
मुटु भित्र चस्व घोच्छ ,सम्झदा त्यो कुरा ।
के गर्नु र ? मैले मात्र ,बिग्रिए छ पुरा ।
चाह कस्को के के हुन्छ , कसरी म भनु ।
आफ्नै संसार आफ्नै कथा ,आ- आँफै रमु ।।
स्वार्थ मात्र पुरा गर्न, गर्ने भए गर ।
मलाई छै न पुरा गर्नु , बस्छु पर पर ।
हिजो आज संसारको ,अर्कै चलन बस्यो ।
मन भित्र एउटा कुरा ,बोल्ने अर्कै पर्यो ।।
नदेखेको मान्छे पनि ,प्रेमी भन्ने कुरा ।
कस्तो लाग्यो मलाई त ,किन ढाट्नु होला ।
बिकृतिको पराकास्टा ,फुल जस्तो यौबन ।
सुम्पी हिड्छु जहाँ त्यहाँ ,यै हो मेरो जीवन ।।
कतिन्जेल बाच्नु छर , गर्छु आज मस्ती ।
भन्ने मात्र भए कस्ले , छोड्छ यस्तो मस्ती ।
देखे मैले संसार यो , नदेखे को आज ।
देखावटी गर्न मलाई , लाग्छ साह्रै लाज ।।
मिति २०६८-०२-१६
नेपाली जनप्रगतिशिल मञ्च युएईको शारजाह क्षेत्रीय समिती पुनर्गठन
तारानाथ न्यौपाने 'साहस' -
दुबइ
यही मे १३ सुक्रबारका दिन एक ब्रिहत भेलाका बिच नेपाली जनप्रगतिशिल मञ्च युएईको शारजाह क्षेत्रीय समिती पुनर्गठन भएको छ। नेपाली जनप्रगतिशिल मञ्च युएई, क्षेत्रीय समिती शारजाहका अध्यक्ष रमेश केसीको सभापतित्व तथा मञ्चका केन्द्रिय उपाध्यक्ष दिपक बोहोराको प्रमुख आथित्यतमा भएको सो भेलाले रमेश केसिको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती सर्बसम्मत चयन गर्दै संगठन पुनर्गठन गरेको हो। उक्त कार्य समितिको उपाध्यक्षमा माधव पौडेल,सचिवमा सन्तोष पाण्डे,कोषाध्यक्षमा सुरेश सुबेदी,सदस्यहरुमा क्रमस: प्रकाश ढकाल,पूरण अधिकारी,सुनिता गैरे,गोबिन्द कार्की र सिताराम बँजगाई रहेका छन । पुनर्गठित कार्यसमितीलाई बधाई तथा शुभकामना दिदै मञ्चका केन्द्रिय उपाध्यक्ष दिपक बोहोराले युएईमा मजदुरका बिभिन्न समस्याको समाधानको लागि एकजुट भएर लाग्न पनि निर्देशन दिनुभएको थियो। उक्त कार्यक्रम नेपाली जनप्रगतिशिल मञ्च क्षेत्रीय समिती दुबईका सदस्य सुरेश ढकालले सन्चालन गरेका थिय।
हम्बर्गमा नयाँ नेपाली रेस्तुरेन्ट "DIN HAU"
हेम प्रसाद दहाल
जर्मन
देशको अवस्था दिन प्रतिदिन बिग्रदै गैरहेको छ । यही बिग्रदो अवस्थाले देशका युबा देश छोड्दै बिदेश हानिन्ने क्रम बढ्दो छ । आज भोली राजनितिले जनतामा यो केबल देश लुट्नेहरुले मात्र अगाल्ने पेशा हो भनी गलत सन्देश जानु अहिलेको राजनैतिक छिना झप्तीबाट हुन्छ । बेरोजगार युबाहरु बिदेशमा जस्तो सुकै दु:ख गरेर भए पनि आर्थिक उपार्जनमा लागेका छन । आफ्नो देशमा केहीगर्न सक्ने ठाउँ नभएपछी भबिस्यको खोजिमा दौडिएका देशका युबा बिदेशमा मात्र खोज्ने हो भने विश्वमा कुनै त्यस्तो देश छैन जहाँ नेपाली नपुगेको होस् । यही क्रममा यूरोपको पनि हरेक देशमा नेपालीहरुको बसोबास छ । नेपालीहरु यूरोप आउने र त्यस देशको कानुन अनुसार त्यस देशमा बस्न पाउने पेपर बनाउने र आफ्नो ब्यवसाय गर्ने क्रमा आज भोली बढी रहेको छ । यसै क्रममा झापा सुरुङाबाट यूरोपको जर्मन आउनु भएका एक नेपाली किरण कार्की र केही साथीहरु मिलेर , जर्मनको हाम्बर्ग शहरमा एक रेस्टुरेन्ट खोलेका छन । जुन रेस्टुरेन्टको बारेमा हाम्बर्ग को एक दैनिक न्युजपेपर NEUERRUF ले एसियान खाना ,स्वदिस्ट भोजन ,साथै राम्रो र समय मिल्दो दिउसो को खान को बर्णन गरेको छ । अगाडि NURERRUF लेख्दछ पार्टी सर्भिस र डेलिभरीका लागि पनि सम्झनु होस् तपाईंको घर मै खाना आइ पुग्ने छ । Buxtehude war zu weit
Neuwiedenthal. „Schon
seit längerer Zeit beliefern wir unsere
Kunden in Neugraben, Hausbruch
und Neuwiedenthal“, erklärt
Kiran Karki, der gemeinsam mit
und Café „din hau“ in Buxtehude
betreibt. Oftmals, besonders wenn
es auf der B73 wieder einmal zu einem
Stau kam, war der Fahrer bizu zwei Stunden unterwegs. Diesse
Zustand wollte der Geschäftsmann
nicht mehr hinnehmen, andererseits
seine treue Kundschaft aber
auch nicht enttäuschen. Deshalb
begab er sich auf die Suche nach einer
zusätzlichen Location und fand
diese schließlich in Neuwiedenthal
an der Rehrstieg-Galeria.
Seit dem 11. Mai bietet er nun in diesem
zweiten Betrieb ebenfalls eine
große Auswahl asiatischer Spezialitäten,
die entweder direkt in dem
ansehnlich gestalteten Restaurant
und Café verzehrt oder auch ins
Haus geliefert werden können. Die
umfangreiche Speisekarte lässt dabei
kaum einen Wunsch unerfüllt.
Es freut Sanam Rana off ensichtlich wenn die asiatischen Spezialitäten des „din hau“ den Gästen so gut schmecken. Foto: gd
kaum einen Wunsch unerfüllt.
Obzahlreiche
Suppen mit recht exotischen Namen, ob Rind, Ente,Hähnchen, Lamm oder Fisch von
Suppen mit recht exotischen Namen, ob Rind, Ente,Hähnchen, Lamm oder Fisch von
pikant bis extra scharf, alles wird
hier auf traditionell, asiatische Art
frisch zubereitet. Selbst Vegetarier
und die Freunde der kleinen Sushi-
Röllchen kommen im „din hau“ zu
ihrem Recht.
Doch darüber hinaus bietet das „din
hau“ von montags bis freitags in der
Zeit zwischen 11.30 bis 16.00 Uhr
seinen Gästen auch einen sehr abwechslungsreichen
Mittagstisch zu
besonders günstigen Preisen. Wer
sich aber einmal richtig rundum verwöhnen
lassen möchte, der wählt
entweder das umfangreiche und
aus fünf Gängen bestehende Menü
oder nimmt den Party-Service für
die private Feier zuhause oder im
Büro in Anspruch.
din hau Restaurant & Cafe
Striepenweg 40, 21147 Hamburg
Tel.: (040) 88 16 11 00
Fax: (040) 88 16 11 87
www.dinhauasia.de
प्रेस बिज्ञप्ती
प्रेस बिज्ञप्ती
हाम्रो गौरबशालि पार्टी ऐ नेकपा(माओबादी )का उपाध्यक्ष क.बाबुराम भट्टराईलाई पार्टी भित्र देखापरेको केहि उछरिङ्खल व्यक्तिहरुको समूहले गरेको सुनियोजित हत्या योजना र पार्टी मुख्यालयभित्रै प्रत्यक्ष रुपमा दिएको धम्किले हामी यूएईमा रहेका सम्पूर्ण क्रान्तिकारी,बामपन्थी,जनबादी एवं देशभक्त प्रवासी नेपालीहरुलाई अत्यन्तै दुखित तुल्यायको छ। हामी यस्तो कायरता पूर्ण घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोसी उपर कडा भन्दा कडा कारबाहीको माग गर्दछौ। साथै बिगत केहि समय देखि पार्टीमा हुर्किदै गरेको केहि अराजक प्रवृतिका मान्छेहरुद्वारा फरकबिचार राख्ने आफ्नै कार्यकर्ता र सहकर्मीहरुलाई बुर्जुवा शैलीमा क्रान्तिकारी नैतिकताको धज्जी उडाउदै भौतिक रुपमानै कुटपिट गर्ने, धम्क्याउने जस्ता अत्यन्तै घिर्णित र तल्लो स्तरमा हुने गरेका कृयाकलापहरुका समाचारहरु हेर्दै र सुन्दै आएका थियौ । यस्ता घटनामा संलग्न जो कोहीलाई पनि पार्टी नेत्रित्तोले बेलैमा कडा कारवाहीको दायरामा ल्याउन नसकेकै कारण यो प्रवृतिले आज कमरेड बाबुराम भट्टराईलाई सम्म धम्क्याउने हिम्मत गरेको हो भन्ने हाम्रो बुझाई हो। यो घटनामा संलग्न जो कोहीलाई पनि कठोर भएर कडा भन्दा कडा कारवाही गर्न नसक्ने हो भने आज क. भट्टराईलाई ज्यानलिने योजना बनाउने यी अराजक व्यक्तिहरुबाट भोलि अध्यक्ष वा अन्य नेतृत्व यो प्रवृतिको निशानामा नपर्ला भन्न सकिदैन। यदी यो प्रवृति हाबी हुदै गयो भने हामी सबै पार्टीप्रति प्रतिबद्द नेता, कार्यकर्ता र शुभचिन्तकहरुले अबका दिनमा सुरक्षित भएर बिचारको राजनीति गर्न छोड्नु पर्ने स्थितिलाई भोग्नु पर्नेछ। त्यसैले हामी ए.नेकपा माओबादीका शिर्ष नेत्रित्तोहरुलाई यो घटनाको दिर्घकालिन गम्भीरता प्रति समेत बिशेष ध्यानाकर्षण गराउन चाहन्छौ।
त्यसैले पार्टी मुख्यालयमा नै यस्ता षड्यन्त्र गर्ने गराउने सबैलाई उचित छानबिन गरि सार्बजनिक गर्दै यथासक्य छिटो भन्दा छिटो घटनामा संलग्न सबै अराजक,असभ्य र विचार बिहिन हिंस्रक समुहलाई कडा कारवाहीको माग गर्दै राजनीतिमा मौलाउदै गयको गुण्डा गर्दी प्रब्रितिका बिरुध आ-आफ्नो ठाउँबाट खबरदारी सहित आवश्यक दबाब सिर्जना गर्न सम्पूर्ण प्रबासी नेपालीहरुको तर्फबाट नेपाली जनप्रगतिशील मंच यूएई सबैलाई हार्दिक अनुरोध गर्दछ।
क्रान्तिकारी अभिबादन सहित।
नेपाली जनप्रगतिशील मंच संयुक्त अरब एमिरेट्स केन्द्रीय समिति
श्याम परियार उत्तम अधिकारी
पोर्तुगलमा एक नेपाली युवक झुण्डिए
योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, पोर्तुगल, २ जेठ । लिस्बोनमा बिगत एक वर्षदेखि रहँदै आएका पोखरा छोरेपाटनका २७ वर्षीय कृष्णप्रसाद सुबेदी मृत अवस्थामा फेला परेका छन् । आइतबार दिउँसो करिब साढे दुई बजेतिर मृतक आफू बस्दै आएको आर्रोइसको कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।'अपार्टमा पाँचजना नेपाली साथीहरु रहदै आएकोमा आज प्रेमप्रकाश शाही र मेरो छुट्टी थियो ।' कोठामा संगै बस्ने दीपक गुरुङले भन्नुभयो 'दुई बजे घुम्न जाम भन्दा उसले यही बस्छु भन्यो, हामी दुईजना मात्र बाहिर गयौ । उसको कहिल्यै आइतबार छुट्टी हुँदैनथ्यो, पहिलोपटक आइतबार छुट्टी लिएको थियो ।'
साढे तीन बजे घर आउँदा झुन्डिएको अवस्थामा देख्ने नितेन मल्लले आइतबार सुबेदी सामान्य अवस्थामा रहेको बताउनुभयो । शाहीका अनुसार सुबेदीले आइतबार बिहान कोठाको सरसफाई पनि गरेका थिए ।
'उसले कहिल्यै मनको कुरा खोलेदैनथ्यो । तर पिएको बेला सुनाउने प्रयास गर्थ्यो ।' रुमपार्टनर शाहीको भनाइ थियो, 'होम सिक् थियो होला सायद ।' शाहीले थप्नुभयो - 'सुइटर च्याटेर बिजुली झुण्ड्याउने अंकुशमा झुण्डिएको थियो । भर्याङ पनि नजिकै थियो ।'
बिहे गरेको छ महिनामै विदेशिएका सुबेदी गत वर्ष मे महिनामा पोर्तुगल आएका थिए । पुम्दी भुम्दी गाविस १ कास्की ठेगाना र राहदानी नम्बर २४८१२५२ रहेको उनी जर्मनीबाट पोर्तुगल आएका थिए । राहदानी अनुसार उनको जन्म मिति २९ सेप्टेम्बर १९८५ रहेको छ । उनको परिवार पोखरामा रहेका छन् । मृतक सुबेदीका बुवाआमा, श्रीमती र एक छोरी रहेका छन् । सुबेदी उनको परिवारमा एक मात्र छोरा थिए ।
अस्पतालले पोष्टमार्टम रिपोर्ट सोमबार छ बजेपछि उपलब्ध गराउने जनाएको छ । नेपालबाट आफन्तहरुले शव पठाइदिन भनेकाले सोका लागि एक फुनेरेरिआ (दाहसंस्कार) एजेन्सीमार्फत प्रक्रिया बढाउन छलफल चलाइएको एनआरएनका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताउँनुभएको छ ।
सहयोग समितिको अपिल
सोमबार बिहान एनआरएन कार्यालयमा बसेको बैठकले अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षतामा आकस्मिक कोष सङ्कलन समितिको गठन गरेको छ । समितिले शव व्यवस्थापन र शोक सन्तप्त परिवारलाई सहयोग गर्न सहयोग रकम सङ्कलन गर्नेछ ।
समितिमा लिस्बोनमा रहेका सबै संघसंस्थाका प्रमुखहरु र सञ्चारकर्मीहरु रहेका छन् । सहयोग समितिले सबै संघसंस्था र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सक्दो सहयोग उपलब्ध गराइदिनु हुनका लागि अनुरोध गरेको छ ।
अधिवेशन एक हप्ता पछि सर्यो :
अधिवेशनको संघारमा सुबेदीको दुखद निधन भएकोमा सबैको ध्यान यही घटनामा केन्द्रित रहेको स्मरण गराउदै नेपाली लोकतान्त्रिक मञ्च पोर्तुगलले एनआरएनको मे २२ मा हुने अधिवेशनलाई दुई हप्ता पछि सार्न अनुरोध गरेको छ । सोमबार दिउँसो बसेको संघको बैठकले अधिवेशन एक हप्ताका लागि सारेको छ । संघका उपाध्यक्ष भीम केसी कमलले निर्वाचन तालिकाको सूचना संशोधन हुने गरी अधिवेशन मे २९ तारिखका दिन मार्क्वेस दे पोम्बालको होटेल फेनिक्समा हुने बताउनु भएको छ ।