लण्डन । यही ४ सेप्टेम्बर आइतवार प्रगतिशील नेपाली समाज बेलायत ९पीएनएस यूके०को नर्थवेष्ट लण्डन क्षेत्रको क्षेत्रीय भेला अल्पर्टन हाउस नर्थवेष्ट कलेजमा सम्पन्न भयो । सो भेलामा केन्द्रीय अध्यक्ष रणबहादुर केसी र संयूक्त मोर्चा यूरोपका अध्यक्ष नविन सापकोटाको विशेष उपस्थिति रहेको थियो । अध्यक्षता केन्द्रीय सदस्य भोला खनाल ९बी० र संचालन केन्द्रीय महासचिव प्रकाश शर्माले गर्नुभएको सो भेलामा केन्द्रीय सचिवालय सदस्य सुरेश गौतम, विष्णु त्रिपाठी, ठाकुर शर्मा, केन्द्रीय सदस्य पार्वती पाण्डे, बासुदेव लामिछानेको उपस्थिति थियो । भेलामा उपस्थित सबै सदस्यहरुले राख्नुभएको जिज्ञासाको प्रत्युत्तरको साथमा समसामयिक विभिन्न सवालमा अध्यक्ष केसीले आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।
भर्खरै नेपालमा माथिल्लो कर्णाली परियोजनाबारेमा भएको विचार गोष्ठीमा सहभागी नविन सापकोटाले त्यस परियोजनाबाट नेपालमा भएको राष्ट्रघातको बारेमा प्रकाश पार्नुका साथै त्यस सम्वन्धी भिडियो क्यासेट समेत वितरण गर्नु भएको थियो । भेलामा विभिन्न प्रस्तावहरुउपर छलफल गरी आवश्यक निर्णयहरु गर्नुका साथै उपस्थित सबैलाई सदस्यता वितरण गरिएको थियो ।
भेलाले ३ सदस्य पछि थप्नेगरी ११ सदस्यीय नर्थवेष्ट लण्डन क्षेत्रीय समिति भोला खनाल ९बी०को अध्यक्षतामा गठन ग¥यो । समितिमा पूर्ण लक्सम्बा सचिव, ठाकुर शर्मा कोषाध्यक्ष र सदस्यहरुमा– कल्पना बस्नेत, लेखनाथ घिमिरे, रामकृष्ण सिटौला, तिलक पुन र बासुदेव लामिछाने रहनु भएको छ ।
0 comments:
Post a Comment