देखावटी गर्न मलाई

हेम प्रसाद दहाल
भित्री कुरा बुझे पनि आँखा चिम्ली दिन्छु ।
मलाई छै न आज रहर , बिरानो भै बस्छु ।
देखे मैले संसार यो ,नदेखेको आज ।
देखावटी गर्न मलाई , लाग्छ साह्रै लाज ।।

मुटु भित्र चस्व घोच्छ ,सम्झदा त्यो कुरा ।
के गर्नु र ? मैले मात्र ,बिग्रिए छ पुरा ।
चाह कस्को के के हुन्छ , कसरी म भनु ।
आफ्नै संसार आफ्नै कथा ,आ- आँफै रमु ।।

स्वार्थ मात्र पुरा गर्न, गर्ने भए गर ।
मलाई छै न पुरा गर्नु , बस्छु पर पर ।
हिजो आज संसारको ,अर्कै चलन बस्यो ।
मन भित्र एउटा कुरा ,बोल्ने अर्कै पर्‍यो ।।

नदेखेको मान्छे पनि ,प्रेमी भन्ने कुरा ।
कस्तो लाग्यो मलाई त ,किन ढाट्नु होला ।
बिकृतिको पराकास्टा ,फुल जस्तो यौबन ।
सुम्पी हिड्छु जहाँ त्यहाँ ,यै हो मेरो जीवन ।।

कतिन्जेल बाच्नु छर , गर्छु आज मस्ती ।
भन्ने मात्र भए कस्ले , छोड्छ यस्तो मस्ती ।
देखे मैले संसार यो , नदेखे को आज ।
देखावटी गर्न मलाई , लाग्छ साह्रै लाज ।।

मिति २०६८-०२-१६

0 comments:

Post a Comment