नेपाली जनप्रगतिशिल मञ्च युएईको शारजाह क्षेत्रीय समिती पुनर्गठन


तारानाथ न्यौपाने 'साहस' -
दुबइ
यही मे १३ सुक्रबारका दिन एक ब्रिहत भेलाका बिच नेपाली जनप्रगतिशिल मञ्च युएईको शारजाह क्षेत्रीय समिती पुनर्गठन भएको छ। नेपाली जनप्रगतिशिल मञ्च युएई, क्षेत्रीय समिती शारजाहका अध्यक्ष रमेश केसीको सभापतित्व तथा मञ्चका केन्द्रिय उपाध्यक्ष दिपक बोहोराको प्रमुख आथित्यतमा भएको सो भेलाले रमेश केसिको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती सर्बसम्मत चयन गर्दै संगठन पुनर्गठन गरेको हो।

उक्त कार्य समितिको उपाध्यक्षमा माधव पौडेल,सचिवमा सन्तोष पाण्डे,कोषाध्यक्षमा सुरेश सुबेदी,सदस्यहरुमा क्रमस: प्रकाश ढकाल,पूरण अधिकारी,सुनिता गैरे,गोबिन्द कार्की र सिताराम बँजगाई रहेका छन । पुनर्गठित कार्यसमितीलाई बधाई तथा शुभकामना दिदै मञ्चका केन्द्रिय उपाध्यक्ष दिपक बोहोराले युएईमा मजदुरका बिभिन्न समस्याको समाधानको लागि एकजुट भएर लाग्न पनि निर्देशन दिनुभएको थियो। उक्त कार्यक्रम नेपाली जनप्रगतिशिल मञ्च क्षेत्रीय समिती दुबईका सदस्य सुरेश ढकालले सन्चालन गरेका थिय।

0 comments:

Post a Comment