सामुहिक लगानीको लागि ३ करोड ५० लाख संकलन

सुरेन्द्र प्रधान, जर्मनी : जर्मनीको हाम्बर्गबाट एनआरएनहरुले  सामुहिक लगानीको लागि ३ करोड ५० लाख संकलन गरेका छन् । 

ठाउँ ठाउँमा  कार्यक्रम तिब्रताका साथ सामुहिक लगानीको कार्यक्रम आयोजना हुदै छ।  गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA  ICC) ले नेपालमा संयुक्त लगानीमा १००मेगावाट जल बिद्युत योजनामा लगानी गर्न  संसारभर छरिएर रहेका (NRN) गैर आवासिय नेपालीहरूलाई अनुरोध गर्दै आएको छ। आफुले गर्ने लगानीको २५ प्रतिशत रकम (कम्तीमा पनि एक लाख नेपाली रुपैया)  NRN ईनभेस्ट मेन्ट  कम्पनी प्रा लि ले तोकेको रकम नेपालका बैकमा समय अबधी भित्र जम्मा गर्न संपूर्ण जर्मनी बासी नेपाली दिदीबहिनी तथा दाजुभाईलाई हार्दिक  अनुरोध गर्दछौ। आवश्यक कागजाजको सयोगको लागि NRNA जर्मनी हर हमेसा तयार छ।

यदि तपाईं स्वयमले अरु बिस्तृत जानकारी लिन चाहनु भएको छ भने NRNA जर्मनीले आयोजना गर्न लागेको सामुहिक लगनीको लागि कार्यक्रममा मा उपस्थित भई अझ धेरै जानकारी प्राप्त गर्न सक्नु हुने छ। हाम्रो कार्यक्रम गत  १७ डिसेम्बरका दिन हाम्बर्ग शहरमा   Asia Quick, Ferdinandstr 55-57, 20095 Hamburg.  शुसमपन्न  भएको छ। यस कार्यक्रममा एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापाले एनआरएन हरुको सामुहिक लगानीको बारे आफ्नो मन्तब्य राखे पछि  एनआरएनए आसीसी युरोपियन क्षेत्रीय संयोजक कुमार पन्तले  यसलाइ बिस्तृत ब्याख्या गर्नु भएको थियो।  हाम्बर्गबाट प्रतिनिधित्व गर्ने एनआरएनए, जर्मनीका  आसीसी सदस्य ज्यु , सल्लाहकार ज्यु उपाध्यक्ष ज्यु, प्रबक्ता ज्यु, विध्यार्थी प्रतिनिधि ज्यु,  केद्रीय पदाधिकारी ज्युहरु, एलसीसी संयोजक ,सहसंयोजक  र हाम्बर्ग सहरमा  कार्यरत सबै संघ सस्थाहरुको अध्यक्ष ज्युहरु र अरु प्रतिनिधीहरुको साथै समाज सेवी, बुद्धिजीवी, उद्धमी र प्यापारीहरुको सहभागिता रहेको यस सामुहिक लगानी अन्तर कृया कार्यक्रममा  सबैका आ-आफ्नो जिज्ञसाहरुको  स्पस्ट  राम्रो उत्तर पाए पछि लगनी कर्ताहरुको एनआएनहरुको  नेपालमा  सामुहिक लगनीबाट  बान्न लागेको 100 मेगावाट जल बिद्युत आयोजनामा लगानी  गर्ने उत्सुक्ता बढेर गएको थियो । कही ५,१०, २०, २५,५०,लाख नेपाली रुपैयाको रकम  सम्म लगानी गर्न हाम्बर्ग  बासी नेपालीहरुले आ-आफ्नो नाम लेखाएका  छन। यो क्रम अझ धेरै  बढन  सक्ने सम्भावाना  रहेकोछ  । किन कि यो क्रिस्मशको समयले गर्दा धेरैको इच्छा हुदा हुदै पनि यस कार्यक्रममा  उपस्थिति हुन सकेनन ।  जर्मनीमा सबभन्दा धेरै नेपाली समुदायहरु   एउटै सहरमा  रहेर धेरै ब्यवशायहरु गर्ने सहरको रुपमा  हाम्बर्ग सहर  चिनिन्छ।  नेपालमा एनआरएन  हरूको लगानीबाट निर्माण हुन लागेको १००मेगावाट जल बिद्युत योजनामा लगानी गर्ने उत्साह बढदै गएकोछ। क्रमस फ्रान्कफोर्ट 2 डिसेम्बर 2012मा  र म्युनिकमा 3 डिसेम्बर 2012मा सामुहिक लगानीको लागि कार्यक्रम भई सकेको कुरा म फेरि पनि यहाहरूलाई स्मरण गराउन चाहन्छु।  
                  
बर्लिन र नर्थ राइन वेष्ट फालनमा पनि सामुहिक लगानीको लागि चाडै भन्दा चाडै छुटा छुटै कार्यक्रम आयोजना गरिने NRNA जर्मनीको योजना छ। जर्मनी बासी संपूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले नेपालमा लगानिको लागि तयार रहनुस्। यसको सयोगको लागि NRNA जर्मनी  ले संपूर्ण काग्जात उपलब्ध गराई दिने छ। यहाँ तल लिन्कहरु दिएको पनि छ तपाईं स्वयमले पनि खोलेर हेर्न  सक्नु हुनेछ। यदि तपाईंलाई सिधै सम्बन्धित  ब्यक्तिलाई संपर्क गर्न खोज्नु भएको छ भने पनि हामीले यहाँलाई संपर्क ब्यक्ती उपलब्ध गराउने छौ। यो तपाईंको लागानी हो फिर्ता हुन्छ सावा,ब्याज र नाफाका साथ।  निर्धक्क भएर लगाउनुस् देशको सेवा आफुलाई मेवा। धन हुने र मन हुनेलाई  38 बर्ष सम्म बुढेस्कालको पेन्सन हो यो। यो एनआरएन हरूलाई दिएको एउटा मैका हो तेसैले मौकामा चौका हान्नु पर्छ। यो परोपकरी होइन तपाईं हामी सबैको साझा लगानी हो त्यस कारण सबै सबा ब्याज र फाईदा सित  फिर्ता पाईन्छ।     

समृध्द नेपाल हाम्रो साझा सपना हो । नेपालको आर्थिक बिकासमा गैर आवासीय नेपालीहरुले आ-आफ्नो हैसियतबमोजिम योगदान गर्नु हाम्रो दायित्व हो भन्ने हामीले ठानेका छौं। नेपालको विकासको पहिलो आधार जल विधुत नै हो भन्ने वास्तविकतालाई ध्यानमा राख्दै हामीले गैर आवासीय नेपालीहरुको सामुहिक लगानीको माध्यमवाट पहिलो चरणमा जल विधुत क्षेत्रमा लगानी गर्ने निर्णय गरेका छौं । जल विधुत क्षेत्र तुलनात्मकरुपमा कम जोखिमपूर्ण, लगानीको १५ देखि २५ प्रतिशतसम्म फाइदा लिन सकिने र सरकारले उत्पादित विधुत किनिदिने ग्यारेण्टी समेत गरिदिएकोले यस क्षेत्रमा लगानीका लागि हामी थप उत्साहित भएका हौं । यसै उद्देश्यले ५ अरव नेपाली रुपैयाँ अधिकृत पूँजी भएको एनआरएन इनभेष्मेण्ट नामको पव्लिक लिमिटेड कम्पनी यही २०६९ साल भाद्र ३१ गते नेपालको कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ वमोजिम दर्ता गरि हाल लगानी गर्न ईच्छुक गैर आवासीय नेपालीहरुका लागि संस्थापक शेयर जारी गर्ने प्रक्रियामा हामी लागेका छौं ।

यस कम्पनीको संस्थापक शेयरधनी हुनका लागि एक ब्याक्तिले कम्तिमा एक लाखदेखि बढीमा एक करोड नेपाली रुपैयाँ सम्म लगानी गर्न सक्नेछन । लगानी गर्न चाहनुहुने गैर आवासीय नेपालीहरुले शुरु किस्ताकारुपमा आफूले कबोल गरेको रकमको पच्चीस प्रतिसतरकम (कम्तिमा एक लाख) यही ३१ डिसेम्बर  २०१२ सम्म कम्पनीको तल उल्लेखित ३ वटा बैंक खाता मध्ये कुनै एकमा जम्मा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं -

Name: Nepal Investment Bank Ltd. 
Branch Name: Lazimpat, Kathmandu
A/C No. 03601040252744 
SWIFT CODE: NIBLNPKT

2.Bank Name: Bank of Kathmandu Ltd, Kathmandu
Nepal Beneficiary: NRN Investment Ltd
Beneficiary’s account No: 010000062385 
SWIFT Code: BOKLNPKA

3.Bank Name: Sanima Bank Limited, Kathmandu, Nepal
Beneficiary’s Name: NRN Investment Limited 
Beneficiary’s Account No: 001-000-1096401
SWIFT: SNMANPKA

लगानी गर्न चाहनुहुने व्यक्तिहरुले पेश गर्नु पर्ने आवश्यक कागजपत्रहरु यस प्रकार रहेको छ -

१)संस्थापक शेयर धनीको व्यक्तिगत विवरण र मञ्जुरीनामा :

२)लगानी प्रतिवद्धतापत्र:

३) नेपाली नागरिकताको प्रतिलिपी वा नेपाल सरकारबाट जारी गरिएको एनआरएन वा पिएनओ कार्डकोप्रतिलिपी :
माथि दिएका बैकमा तपाईंले कबुल गरेको सामुहिक लगानीको रकम  यही ३१ डिसेम्बर २०१२  सम्म २५% रकम जम्मा गर्नु होला। आवश्यक परे एनआरएनए जर्मनीको पदाधिकारीहरु सित संपर्क गर्नु होला।

0 comments:

Post a Comment