म पर्देशमा छु , म परिश्रम गरी रहन्छु ।
मेरो परिश्रमबाट सबैलाई हसाइ रहेछु रमाइ रहेछु ।
म आँखा चिम्म सम्म गर्दिन
किन कि म यहाँको परीश्रमी हुँ
तपाईं पनि शायद
त्यही गरी रहनु भएको होला
किनकी तपाईं पनि पर्देशीभुमिमा
रङमगाइ रहनु भएको होला ।
मलाई काठयङ्रिएको जाडोले न असर गर्छ ,
न तातो ५० डिग्रीको तापले ।
मलाई काम गर्न न लाज छ ,
न सबैले भनेको कुरा मान्नलाई ।
म त जे पनि गर्न सक्छु यहाँ ,
किन कि म यहाँ को श्रमजिबी हुँ ।
म भोको बस्दिन कहिलै ,
मेरा बाहुबलमा तागत छ ।
म सान दिन्न कहिलै
किन कि मैले आफ्नै परिश्रमले कमाएको जेथा छ ।
मैले नेता देखिन यहाँ , देखे सबै सहयोगी ।
मैले दु:ख भोगिन यहाँ , तर पिडा भोगे देशमा ।
म यहाँ रमाउन सक्छु , म यहाँ हास्न सक्छु ।
म यहाँ गीत लेख्न सक्छु म यहाँ गाउँन सक्छु
तर म यहाँ नराम्रो काम गर्न सक्दिन ।
किन कि म यो पर्देशको बिरानो भुमिमा रमेको छु ।
तर म नेपालमा भएको भए ,
म कहाँ काम गर्न सक्छु ,
मलाई त राम्रो कुर्सी चाहिन्छ ।
म कहाँ फुल हेर्न सक्छु
, मलाई त नेताको पछी लाग्नु छ ।
मैले कहाँ बाटो बढार्न हुन्छ ,
म त ठुलो मान्छे हुँ ।
मलाई जाडोमा बहिर निस्कन कसरी मिल्छ ,
म विरामी भै हाल्छु नि ।
म गर्मीमा काम नै गर्न सक्दिन ,
किन कि मलाई पुगेकै छ ।
मेरा बाहुबलमा तागत त छ
तर म परिश्रम गर्दिन बरु म २,४ जना ढाल्दिन्छु नि ।
किनकि म त देश को साँढे हुँ ।
म बरु भोकै बस्दिन्छु , किन म गर्छु दु:ख ।
बरु ठग्छु नि २,४ सोझालाई ,
कि कमाउन पैसा
अपहरण नै गर्दिन्छु ।
म यहाँ हास्न सक्दिन ,
बोल्न मैले साउती मार्नु पर्छ
किन कि म स्वदेशमै आफ्नै मातृभूमीमा छु ।
मैले नेताको पछी लाग्नु छ
,किन कि उनिहरुको पछी नलागे मेरो काम नै बन्दैन ।
मैले सक्दो ढाट्नु छ ,
किन कि म पनि पछी नेता हुनु छ
अनी मैले अशिक्षितको देश बनाउनु छ यस्लाई ,
अभाब नै अभाबको श्रृजना गरेर शिक्षित समुदायलाई ,
बिदेश धकेल्नु छ ,
किन कि म पछी नेपालको प्रधानमन्त्री बन्नु छ ।
5 comments:
wow
ramro cha
aho dai shai lekhanu bho tara malai nepalko pradhanmantri bhanda ta bidesh bhada majna khusi hunchu kinaki 18 ghanta ko andho pradhanmantri malai bannu chaina
Good work
keep it up
धेरै दामी छ ,
Post a Comment