साईप्रसमा इन्द्रेणी मेला (Rainbow Festival ) नेपाली कम्युनिटीको भव्य सहभागीता ।

यही आउँदो अक्टोवर ३१ आईतावारका दिन साईप्रसको राजधानी निकोसीया र नोभेम्वर ५ २०१० श्क्रवारका दिन तेस्रो ठ्लोसहर लारनाकामा (Rainbow Festival ) को आयोजना कि.सा. (KISA) नामक गैर सरकारी संस्थाले आयोजना गरेको र त्यस मेलामा साईप्रसमा रहेका बिभीत्र स्वदेशी तथा बिदेशी संघ संस्थाहरुको पनि सहभागीता रहने छ ।
उक्त अवसरमा नेपाली मैत्रिभाव समाज साईप्रस (NFSC ) को अग्वाईमा साईप्रसमा रहेका नेपाली संस्था NRNA-NCC र NEPAL संस्थाहरु समेतको सहभागितामा (Neplese Community ) नाम दीई नेपाल र नेपालीहरुको परीचय झल्काउने खालका बिभीत्र सर-सामानहरुको प्रदर्शनी स्टलहरुका साथै नेपाली खानाहरु समेत राख्ने सहभागी संस्थाका प्रतिनिधिहरुले जनाएका छन् ।
पुनश्च; यही आउँदो नोभेम्वर ७ तारीक २०१० आईतावार भाईटीकाको दिन पारेर नेपाली मैत्रिभाव समाज साईप्रस (NFSC ) ले स्थानिय नेपाली कलाकारहरुको सम्योजनमा साईप्रसका नेपालीहरुको पहीलो प्रतक्ष साँगीतीक कार्यक्रम ( Live Consort ) आयोजना गर्नै भएको छ ।

0 comments:

Post a Comment