नेताज्यु हाम्रा सवालको जवाफ दिएर जानुस - नेपाली नागरिक समाज वेल्जियम

नेता सभासाद तथा मंत्री मिनिन्द्र रिजाल लाइ हामी केही प्रश्न गर्ने तयारीमा थियौ र जन सर्म्पर्क समिती संग मचंमा केही समय माग्यौ तर उहाहरुले समय दिन नसक्ने आसाय व्यक्त गर्नु भए पछि हामीले यहावाट प्रश्न राखेका छौ । विशेषत वेल्जियम भ्रमणमा आउनु हुने जेा कोही सभासद मन्त्री नेताज्यु हरुले हाम्रा प्रश्नका जवाफवेल्जियम वासी नेपालीहरुलाई दिनु हुने छ भन्ने अपेक्षा गरी डा मिनेन्द्र रिजालवाट नै शुरु गरेका छौ ।

र्सव प्रथमत नेपाली नागरिक समाज केहो भन्ने खुल्दुली सवैलाई परेको मा हामीले यसको वारेमा वताउन जरुरी छ । नागरिक समाज कुनै पद धारण गरिएको संस्था होइन । नेपालीको समाजिक राजनैतिक आर्थिक विचलनको अवस्थामा दवाव दिनका लागि सचेत नेपालीहरुको समुह नेपाली नागरिक समाज वेल्जियम को शुरुवात गरिएको हो र यहा स्वयमसेवकको रुपमा हामी कार्यरत रहेका छौ । देशको समाजिक राजनैतिक र आर्थिक अवस्था ध्वस्त भएको अवस्थामा जनआन्दोलनको मनोभावना अनुरुप देशको संविधान वनाउन पर्ने दायिन्व लिएर वसेका नेता हरुको जिम्मेवारी वोध गराउन स्वयम सेवक हरु मध्ये महेश थापाद्धारा अगुवाइ गरि अन्य देशमा जस्तै यहा पनि नेपालको संविधान नवने सम्म कुनैनेपाली नेता सभासद वा मन्त्रीलाई असहयोग गरौ भन्ने नाराका साथ नागरिक समाज वेल्जियम अहिले लागेकेे हो ।

नेपाली जनताको त्याग तपस्या र वलिदानवाट देशमा भएको जनआन्दोलनले लोकतन्त्र स्थापना गरि दुइ वर्षभित्र देशको संविधान वनाउन ६०१ सभासदलाई नेपाली जनताको रगत पसिनाको कमाइवाट उठाइएको कर वाट भरण पोषण गरि राखिएको हो । तर नेपालको संविभान सभामा गएका माननिय हरुवाट त्यो कार्य पुरा हुन नसके पछी देशको स्थितीलाई मनन गरी १ वर्षसमय थप गरिदा पनि केवल प्रधानमंत्रीको निवाचनका १४ श्रृखला नाटक राजनैतिक रंगमन्चमा देखा पर सकेको छ । देशको राजनैतिक समाजिक र आर्थिक अवस्था विल्कुल ध्वस्त भएको अवस्थामा पनि नेता सभासद तथा मंत्री संवेदन सिल छैनन । यर्सथ संविधान नवने सम्म तपाई हरु कुन मुखले प्रवासी नेपालीहरुको विचमा कार्यक्रम गर्न आइ पुग्नु हुन्छ हाम्रो प्रश्नको शुरुवात यहावाट हुन्छ ।

तपाईहरु यहा प्रवासी नेपाल नागरिकहरु संगको अन्तरकृया कार्यक्रममा सहभागी भई नेपालको विषयमा केही जानकारी हुन आउनु भएको हो भने माफ गर्नुहोस सुचना तथा संचारको विकासको कारण प्रवासमा वस्ने नेपालीहरुले के भन्न सक्छौ भने नेपालमा के भइ रहेको छ भन्ने सायद तपाइलाइ भन्दा वढी प्रवासमा वस्ने नेपालीहरुलाई पहिला जानकारी हुन्छ भन्नु पर्दा अनुपयोक्ती नहोला । हामी ती मिडिया कर्मी साथीहरुलाए धन्यवाद दिन चाहन्छौ नेपालका नेता तथा मंत्रीजुको मा सुचना पुग्न पर्ुव प्रवासमा वसेका नेपाली समुदायले जानकारी पाई सक्नु हुन्छ । अव भन्नु होस तपाइ संग त्यस्ता नया सुचना तथा विषय वस्तु के छ जसलाई अन्तरकृया मार्फ हामीलाई वाढन चाहनु हुन्छ ।
त्यस्तै गरि प्रवासमा वस्ने नेपालीहरुको वेदनालाई तपाइले के गर्न सकनु हुन्छ र अवैधानिक लाई वैधानकि वैधानिकलाई सझम र विधार्थी लगायत अन्यका समस्याका वारेमा तपाइ ले केही गर्न सक्नु हुन्छ भने भन्नु होस अन्यथा नेपालको राजनैतिक गफमात्रको लागि हो भने अव प्रवासमा वस्ते नेपाली सवै संवेदन शिल छन । कुनै नेताको आकोश भित्रका 'सुकिला मुकिला ' वा एक व्यगकारको 'झोले खोले वा नवोले' भित्र प्रवासी नेपाली पर्दैनन । अवको अवस्था हामीले तपाईलाई यी विषयमा जानकारी दिलाउनु नै पर्छ की तपाईको अर्ति उपदेश भन्दा पनि आफनो नैतिक अवस्थालई उच्चपार्नुहोस र देशको निम्ती केही गर्छ भनि हुन भएको प्रतिवद्धतालाई पुरा गर्नुहोस ।

यो विषय डा रिजालको लागि विशेष रुपमा लिएका छौ किनकी विशेषत जन संमपर्क समिती वेल्जियमले गैर आवाससिय नेपाली तथा दोहोरो नगारिकताको वारेमा अन्तरकृया राखेको र्सर्ंदभमा हाम्रो प्रश्न वर्तमान अवस्थामा डा रिजाललाई के छ भने देशको ठुलो आर्थिक टेवा रेमिटान्सवाट दिलाउने प्रवासी नेपालीलाई वर्तमान मंत्री तथा नेता को हैसियतले ती नेपाली को समस्यालाई अहिले सम्म के गर्नु भयो । अर्को तर्फतपाइको सम्भवाव्य उत्तरलाई मनन गर्दै दोहरो नागरिकताको सवालमा नेपाली कंग्रेसले गएको अधिवेशनमा विदेशी नागरिकता लिएका नेपाली नागरिकलाइ पनि अधिवेशनमा सहभागी गर्राई सुरुवात गरेको भनि भन्नु भएमा हामी तपाइ नेपाली कंग्रेसको विधानको कुन भागमा विदेशमा नागरिक लिएकालाई सहभागी गराउन सक्नु हुन्छ भनि प्रत्रि्रश्न गर्नेछौ । यस अर्थ तपाई आफलाई विधी सम्मत परिपालक भनि कसरी भनन सक्नु हुन्छ । यही सर्ंदर्भमा तपाइलाई हामी के भन्छौ भने एन आर एनका नेताहरु डा उपेन्द्र महतो देवमान हिराचन राम थापा लगाएतका अग्रजहरु संगको ठुला होटलमा गरिएको भोजमा नेपालका नेताले गर्नु भएको प्रतिवद्धता लाई प्रवासी नेपालीलाई जानकारी छ ।
अर्को विषय भनेको समग्र नेता सभासद तथा मंत्रीले म व्यक्तीगत भ्रमणको रुपमा आएको हो भनि भन्ने गर्नु हुन्छ । हामी भन्छौ ठिकै छ तपाइ भन्नुस कुन रंगको पासपोर्टमा भिषा लागाउनु भयो हरिको कि रातौ ? अनि कसरी तपाई भ्रमण व्यक्तिगत भयो ।

अन्तत के भन्छौ भने प्रवासमा वस्ने नेपाली विविध कारण प्रवासमा वसेका छन । तर नेता सभासद तथामनधी असख्य नेपालीलाई आश्वासन दिदै केही गछु भनि प्रतिवद्धता गरी मात्रभुमीमा रहनु भएको छ । यर्सथ हामी संग तपाइलाई प्रश्न छ के तपाइको माता आइसियु मा हुनु हुदा तपाई व्यक्तीगत भ्रमणको लागि प्रवासमामा आउनु कति स्वभाविक हुन सक्छ ।
अन्तत जनआन्दोलनको मनोभावना अनुरुपक देशको संविधान नवने सम्म प्रवासमा आउने नेतासभासद तथा मंत्रीजयु हरुलाइ हामीले के भनेका छौ भने देशको संविधान नवने सम्म प्रवासमा आउने कष्ट नगर्नु होला ।

मन्त्री रिाजललाइ मात्र नभई वेल्नियम भ्रमणमा आउन भाहने समपुर्ण नेता सभासाद तथा मंत्रीलाई नेपाली नागारिक समाज वेलिजयमले उठाउने छ ।

0 comments:

Post a Comment