अमेरिका नेपाल सोसाईटी(वाशिंगटन.डिसी)को नया कार्यकारी समितिको चयन(छापा बिज्ञप्ति)

अमेरिकाको सबै भन्दा पुरानो सस्था मध्येमा एक र यसका सस्थापक अधक्ष्य नै अमेरिकाका तर्फबाट नेपालका लागि तात्कालिन महा-महिम राजदूत हुनु हुन्थियो र अमेरिकनहरुको बिसेष संलग्नतामा स्थापित यो सस्थाको आफ्नै ईतिहास बोकेको गौरब छ र बिगत केहि बर्ष देखि नेपालीहरुले नेतृत्व लिदै आएका छन् !१९६७ मा स्थापित अमेरिका नेपाल सोसाईटी(वाशिंगटन डिसी) को गत अक्टोबर ३१, २०१०, आईतवारका दिन सुसम्पन्न निर्बाचनमा नया कार्यकारी समितिको चयन भएको छ र निम्न पदाधिकारीहरुको नामावली यस प्रकार छ !

अध्क्ष्य -नगेन्द्र पौडेल
प्रथम उपाधक्ष्य - ठाकुर पुडासैनि ,निर्बिरोध,
उपाध्यक्ष्य -सागर कंडेल, निर्बिरोध
महासचिब-बिजय थापा, निर्बिरोध
सचिब -मुक्ती दवाडी -निर्बिरोध
कोसाधक्ष्य - मकर रायमाझी
संचार संयोजक-जिबन तिवारी

अमेरिका नेपाल सोसाईटीको Press Release (छापा बिज्ञप्ति)


संघारमा मुस्कुराइरहेको दीपावलीको पुनित अवसरमा समस्त दाजु भाई दिदी बहिनिहरुमा अमेरिका नेपाल सोसाइटिका तर्फबाट हार्दिक मंगलमय शुभकामना।
गत अक्टोबर ३१, २०१०, आईतवारका दिन सुसम्पन्न अमेरिका नेपाल सोसाईटीको निर्वाचनमा उत्सुकताका साथ सहभागीता जनाई चयन प्रकृयामा म र मेरा सहकर्मी साथीहरु प्रती देखाउनु भएको विश्वाश र प्रदान गर्नु भएको जिम्मेवारी प्रती आभार ब्यक्त गर्दै कृतज्ञता जाहेर गर्न चाहन्छु।

लोकतान्त्रिक परिपाटीको आधारशिला निर्बाचन हो भन्ने मान्यता बोकेका हामी नेपाली-अमेरिकनहरु यस संस्थाको ईतिहास मै अभूतपूर्व सफलताका साथ सम्पन्न यस पटकको निर्बाचनले एउटा मार्ग चित्र कोरेको छ र र सो मार्गमा उन्मुख हुन हामी सबैलाई हौसला प्रदान गरेको छ भन्ने कुरामा पनि विश्वस्त छौ।

यस निर्वाचन सम्पन्न गर्ने अभिभारा लिएका यस संस्थाका पुर्व अध्यक्ष श्रदेय श्री राम मालाकार ज्यु प्रति बिशेष आभार ब्यक्त गर्न चाहन्छु । साथै निर्बाचन समितिका अन्य सदश्यहरु क्रमश: कृष्ण सोब, होमनाथ सुबेदी, एबं गिरिश पोख्रेलज्यु प्रति पनि आभार ब्यक्त गर्न चाहन्छु।
यसै क्रममा यस संस्थाका निबर्तमान कार्यकारी समितिका सम्पूर्ण सदस्यहरुको सहयोग र सदभाब प्रति पनि कृतज्ञता जाहेर गर्दछु।

सामाजिक सचेतनामा सदैब खबरदारी गरिरहने र निस्पक्ष्य र निर्भिक रुपमा कलम चलाई रहने पत्रकार बन्धुहरु एबं वहाँहरुद्वारा सन्चालित संचार माध्यमहरु सदा नै श्रद्देयका पात्र छन। यस् पटकको निर्वाचनपुर्ब सभापतिका दुई प्रत्यासिहरुलाई एकै मन्चमा राखी बादबिबाद गराउने परम्पराको श्रीगणेश गर्ने तीन संचार माध्यमहरु क्रमश: सगरमाथा टि भि, नेपाल होराईजन्स डट कम, तथा खसखस डट कम प्रती बिशेष आभार ब्यक्त गर्न चाहन्छु।

विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीविवर्गहरु, युवा, बिद्यार्थी, खेलाडी सबैमा धन्यबाद दिन चाहन्छु !हामी सामुहिक नेतृत्वमा विश्वास राख्दछौ यहाँहरुले जुन अभिमतका साथ हामीहरुलाई यस संस्थाको नेतृत्वको जिम्मेबारी सुम्पिनु भएको छ सो विश्वाशलाई तुहिन नदिन हरदम प्रयत्नरत रहने बाचा पनि गर्दछौ।

अन्तमा, निर्वाचन प्रकृयामा कांधमा कांध मिलाई शालीन र भद्र प्रस्तुती गर्नु भएका ऊपबीजेता मित्रहरु सबैलाई शुभकामना टक्र्यांउदै आगामी दिनहरुमा पनि सहकार्य, र सहमतिको बाटो हींड्ने सामुहिक प्रण गर्दै बिदा हुन्छु। धन्यवाद।


नगेन्द्र पौडेल

अध्यक्ष

अमेरिका नेपाल सोसाईटी

0 comments:

Post a Comment