निटंघम÷नेपाली समाज निटंघमले बडादसैँ तथा शुभदीपावली २०६७ को उपलक्ष्यमा एक वृहत कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । निटंघम बिलबरोस्थित गोर्खा किचन रेस्टेुरेण्टको हलमा भएको उक्त
कार्यक्रम नेपाली समाज निटंघमका अध्यक्ष रणबहादुर केसीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम साचालन हरिकृष्ण कार्कीले गर्नु भएको थियो । कलाकारहरु रंगिविरंगी कपडामा र अन्य उपस्थित ने दसैँपालीहरु आ-आफ्नै भेषभुषामा सजिसजाउ भई हल भरिएको थियो । कार्यक्रमको सुरुमा रेस्टुरेण्टका प्रोपाइटर तथा नेपाली समाज निटंघमका सदस्य आन्दिप आचार्यले हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारी दिएपछि दुर्गा र गणेशस्थापना गरी बनाइएको सानो पुजा मण्डपमा निटंघमशायरका लर्ड मेयर काउ_िन्सलर ब्रायन ग्रोककले दियो र अगरबत्ति जलाएर कार्यक्रम प्रारम्भ गर्नु भएको थियो ।उपस्थित अतिथि तथा सहभागीहरुको स्वागत सरला गुरुङले गर्नु भएको थियो । दसैँको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्यको क्रममा गुरुङले भगवान श्री रामचन्द्रले युद्ध जितेर फर्केपछि खुसियालीमा र अन्याय अत्यचारको विरुद्धमा विजय प्राप्त गरेकोले सुख शान्ति तथा सुस्वास्थको कामना आदन प्रदान गर्दै दशैं मनाउँदै आइएको बताउनु भएको थियो । वहाँको स्वागत मन्तव्यको लगत्तै दसैँ आयो भन्ने गीतले सहभागीहरु को स्वागत गरिएको थियो ।साँस्कृतिक कार्यक्रमका संयोजक सुश्री सपना केसीले शुभकामना मन्तव्य दिँदै कार्यक्रमबारेमा जानकारी गराउनु भए लगत्तै कहाँ भेटिएला भन्ने गीतको बोलमा सपना केसी र प्रगति भण्डारीले नृत्य प्रस्तुत गर्नु भएको थियो । विभिन्न गीतको बोलमा कलाकार सरस्वती थापाप्रतिक्षा भण्डारी, गुड्डु पन्त कृष्ण कँडेल पुजा पाण्डे र दीपाले नृत्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली समाज निटंघमका सल्लाहकार तथा समाजसेवी सुरेश श्रेष्ठ सचिव तारानाथ भण्डारी र कोषाध्यक्ष श्रीमती देवीमाया लिम्बूलेविजया दशमीको शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाली राजदूतावास लण्डनका प्रतिनिधि श्री गणेश अधिकारीले बडा दसैँको उपलक्ष्यमा शुभकामना आदन प्रदान गर्न पाँउदा सारै गोरवान्वित भएको बताउँदै शुभकामना व्यक्त गर्नु भएको थियो । वहाँले नेपालको राजनीतिक गतिरोधले चाँडै नै निकास पाओस् तथा नयाँ संविधान समयमा नै बनोस् भन्ने हामी सबै नेपालीको चाहना पुरा होस् भनी कामना पनि गर्नु भयो ।
प्रमुख अतिथि मेयर ब्रायन ग्रोककले पहिलो पटक यति धेरै नेपालीको बीचमा नेपालीहरुको महान चाड दसैँको कार्यक्रममा उपस्थित भएर शुभकामना दिन पाउँदा आफुलाई सारै खुसी लागेको बताउनु भयो । नेपाली खाना कला संस्कृति तथा नाच देख्न पाउँदा आफूलाई भाग्यमानी ठानेको पनि वहाँले बताउनु भयो । वहाँले विजया दशमीको शुभकामना व्यक्त गर्दै निटंघम समाजको प्रगतिको कामना पनि गर्नु भयो ।कार्यक्रममा संसद सदस्यहरु निटंघम इस्टका कि्रश लेस्ली नर्थका ग्राहम एलेन र साउथका लिलिएन ग्रीनउडले पठाउनु भएका शुभकामना सन्देश अध्यक्ष रणबहादुर केसीले पढेर सुनाउनु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरु तथा सहभागीहरु एवं देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई विजया दशमीको उपलक्ष्यमा सुख सुस्वास्थ्य उन्नति तथा प्रगतिको शुभकामना प्रदान गर्दै अध्यक्ष केसीलेकार्यक्रम सफल बनाउन खट्नु हुने सबैलाई धन्यवाद दिनु भयो । वहाँले विदेशमा रहेर पनि यसरी एकै ठाउँमा भेला भएर दसैँ कार्यक्रम गर्न पाउँदा आफूलाई निर्क गर्व लागेको र नेपालमा नै भएको अनुभूति भएको पनि बताउनु भयो । अध्यक्ष केसीले जाहाँ भए पनि जुनसुकै देशको नागरिक बने पनि आफ्नो मातृभूमि सधैँप्यारो हुन्छ र रीति रिवाज कला संस्कृतिबाट कहिल्यै टाढा हँदैनौं र हुन पनि हुँदैन भन्नु भयो । विदेशमा रहँदा पहिला आफूलाई म नेपाली हुँ भन्नुहोस् र त्यसपछि मात्र जातजाति पेशा भाषा-भाषीको कुरा गर्नु होस् । हाम्रा बीचमा सदभाव र एकता कायम हुनु जरुरी छ । त्यस्तै एक अर्काको सुख दुखमा हातेमालो गरेर अगाडि हामी सबैको भलो हुन्छ - वहाँले भन्नु भयो ।
वहाँले नयाँ पिढीलाई आफ्नो पुख्यौ्रली नभुल्न र यहाँ रहँदा राम्रो कुराको सिको गर्ने र नराम्रो लतमा नफस्नको लागि पनि आग्रह गर्नु भयो ।अन्तमा वहाँले भन्नुभयो- नेपाली जनतालॆ लामो संघर्षपिछ ल्याएको राजनीतिक परिवर्तनलाई बीचैमा तुहाउने काम कतिपय राजनीतिक पार्टीबाट हुन लागेकोले संविधान बनाउने काम गौण बन्द गएको छ त्यसको विरुद्ध आवाज उठाउन प्राप्त राजनीतिक उपलव्धीहरुलाई रक्षा गर्न शक्ति प्राप्त होस् तथा संविधान निर्माण
गरी देशलाई नयाँ दिशा प्रदान गर्न सवै राजनीतक पार्टीका नेताहरु मा सदबुद्धी पलावोस् नेपालको वर्तमान राजनीतिक अन्योल अन्त्य भई शान्तिपूर्णा एक समृद्धशाली राष्ट्रको रुपमा अगाडि बढेको देख्न पाइयोस् । मन्तव्यकै क्रममा अध्यक्ष केसीले नेपाली समाज निटंघमको भावी कार्यक्रम बारेमा जानकारी दिँदै निकट भविष्यमा अफिस नेपाली पुस्तकालय र नेपाली पढाईको व्यवस्था समेत गर्ने योजना बनाइएको हुँदा सो संस्थाको सदस्य बनिदिनु हुन समेत अनुरोध गर्नु भयो । कार्यक्रममा नेपाली खानाको व्यवस्था सो संस्थाका उपाध्यक्ष विष्णु गुरुङ र सह सचिव दिपक सापकोटाले गर्नु भएको थियो । त्यसैगरी यातायाततथा हलमा टिकट को व्यवस्था उपाध्यक्ष प्रविण पाण्डे सदस्य शिव श्रेष्ठ लोक गुरुङ सल्लाहकार सदस्य पूर्णाभद्ध कडेल र पुण्डरी अर्यालले गर्नु भएको थियो भने म्युजिक सिस्टमको व्यवस्था सदस्य लालबहादुर थापा हिर
सापकोटा र ईश्वर केसीले गर्नु भएको थियो ।
0 comments:
Post a Comment