



हिन्दूहरुको महान चाड बडा दशै एबम नेपाल पर्यटन बर्ष २०११को अवसरमा यही १७ अक्टोबर २०१० का दिन एन आर एन ए पोल्यान्डको आयोजनामा दशै टीका शुभकामना आदान प्रदान एबम टीका ग्रहण कार्यक्रम वारसवामा सम्पन्न भयो । नेपालको कला सँस्कृतिको जगेर्ना गर्ने, बिदेशमा रहेका नेपाली एबम विदेशीहरुलाई पनि हाम्रो चाड पर्बको बारेमा जानकारी गराउने साथै सम्पूर्ण नेपालीहरुबीचमा भाईचाराको भाबनाको बिकास गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डा श्री बोध राज सुबेदीले गर्नु भएको थियो । प्रोफेसर श्री यारोसोव चुबाकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य आई सी सी सदस्य डा श्रीमती एलिनी सुबेदीले दिनु भएको थियो । पर्यटन वर्ष २०११ को अवसरमा बिदेशी पाहुनाहरुलाई बिभिन्न नेपाली कला संस्किर्ती झल्कने कार्यक्रम गरिएको थियो । साथै उक्त कार्यक्रममा पोलिश पर्वतरोही श्री डारुश जावुस्कीले नेपालको हिमाल पहाडको बारेमा जानकारी गराउनु भएको थियो । उपस्थित नेपाली दाजु भाई दिदी बहिनीहरुलाई श्री बोधराज सुबेदीले टिका र जमरा लगाइदिनु भएको थियो भने साथै उक्त कार्यक्रममा नेपाली सँस्क्रिती झल्कने डकुमेन्ट्री, थान्का प्रदर्शन गरिएको थियो । सानी नानी निशिता सुबेदीको नाच ,चन्द्र सापकोटाको हास्य नाच अन्तरराष्ट्रिय कलाकार मन्च पोल्यान्ड शाखाका महासचिब श्री ईन्द्र हिराचनको मादल प्रस्तुती एबम सचिब सुभाश घिसिङ्को मुरली प्रस्तुतीले कार्यक्रमलाई रोचक बनाएको थियो भने कार्यक्रम सन्चालन मित्र लाल पार्देले गर्नु भएको थियो । पोलिश नारी आनेता रातेन्स्का (बस्नेत) को कार्यक्रम सन्चालनले सुनमा सुगन्ध थपेको थियो ।

0 comments:
Post a Comment