बडादशैंमा नेपाली समुदायका लागि कोष स्थापना

ओकल्याण्ड, २० अक्टोबर--उत्तरी क्यालिफोर्नियास्थित नेपाली संगठन (NANC) को नेतृत्वमा यहाँ आयोजित बडादशैं महोत्सव तथा सांगीतिक कार्यक्रममा करिब नौ हजार डलरको अन्त–संगठन साझा कोष स्थापना गरियो ।
उत्तरी क्यालिफोर्निया क्षेत्रमा रहेका नेपाली समुदायको सहयोगका लागि स्थापना गरिएको यस कोषको सञ्चालन अन्त–संगठन साझा कोष केन्द्रले गर्नेछ । केन्द्रको सञ्चालनका लागि एक सञ्चालक समितिको पनि गठन गरिएको छ ।
ओकल्याण्डस्थित ऐतिहासिक स्वीट बल रुममा गायक राजु लामाका साथ नेपाल साँझको आयोजना गरिएको थियो । सो साँझमा अतिथिहरुलाई स्वागत गर्दै न्यानसीका अध्यक्ष यान राईले केन्द्रका संस्थापक तथा सञ्चालक, समुदायका अगुवा, सञ्चारकर्मी, स्वयंसेवक, प्रायोजक सबैप्रति आभार प्रकट गर्नुभयो ।
अध्यक्ष राईले भन्नुभयो, ‘तपाईंले दिएको अमूल्य दान–दातव्य नेपाली समुदायको त्यो क्षेत्रमा लगानी हुनेछ जसलाई सबैभन्दा बढी आवश्यक छ । यस परियोजनाले नेपालीको एकतामा सघाउ पु¥याउने न्यानसीको विश्वास छ ।’ पाँच वर्ष लामो प्रयासपछि कोषयुक्त सहयोग केन्द्र स्थापना गर्ने सफलता मिलेको पनि उहाँले जानकारी गराउनु भयो ।
न्यानसी नयाँ कार्यसमितिको निर्वाचनका लागि मिति घोषणा गर्ने तयारीमा रहेको छ । कार्यक्रममा सहभागीहरुले न्यानसीका वर्तमान पदाधिकारीले नेपाली समुदायमा पु¥याएको योगदान सराहना गर्दै कति ठाउँमा आपूm मात्र देखिने र यस क्षेत्रका अन्य संस्थालाई पर्याप्त महत्व नदिने काम भएकोप्रति ध्यानाकर्ष गराउँदै सुधारका लागि सुझाब पनि दिएका थिए ।
नेपाली समुदाय केन्द्रका लागि अन्त–संगठन साझा कोष, दाता सदस्य संस्था तथा सञ्चालक समितिका सदस्यको सूची तथा सहयोग रकम–
न्यानसीका तर्फबाट कोषका लागि प्राप्त सहयोग सूचीः
१. दोर्जे शेर्पा, परामर्शदाता डलर ५०१
२. गोपाल खड्गी, परामर्शदाता डलर ५०१
३. रेशम तामाङ, प्रथम भिपी डलर ५०१
४. सुरेश आचार्य, द्वितीय भिपी डलर ५०१
५. किलान राई, सदस्य डलर ५०१
६. फुर्पा केन्दु लामा, कोषाध्यक्ष डलर ५०१
७. राजकुमार गुरुङ, सदस्य डलर ५०१
८. अञ्जनी सिवाकोटी, सचिव डलर ५०१
९. सन्तोष प्रधान, महासचिव डलर ३००
१०. यान राई, अध्यक्ष डलर ५०१
११. एनसी तमु समाज, अध्यक्ष भूपेन्द्र गुरुङ डलर ५०१
१२. अन्नपूर्ण लायन्स क्लब, कक्र्ली, अध्यक्ष चन्द्र धिताल डलर १००१
१३. मदरल्याण्ड नेपाल, अध्यक्ष अनिल पाण्डे डलर ५०१
१४. द ह्वाइट जोन, परामर्शदाता, अशोक गौतम डलर ५०१
१५. द बे–एरिया ग्रुप, एसएफ, प्रतिनिधि हरि कार्की डलर ५०१
१६. द क्रिएटिभ नेपाल युथ क्लव, इआई सेरिटो, क्यालिफोर्निया डलर ११११
केन्द्रको स्थापना र सञ्चालनमा योगदान दिने संस्था

१. एनसी तमु समाझ, अध्यक्ष भूपेन्द्र गुरुङ
२. एनएसिसी, अध्यक्ष मणि नेपाली
३. हिमालयन प्रतिष्ठान, क्यालिफोर्निया च्याप्टर, अध्यक्ष यज्ञलाल श्रेष्ठ
४. मदरल्याण्ड नेपाल, अध्यक्ष अनिल पाण्डे
५. न्यानसी, अध्यक्ष यान राई
६. बे–एरिया क्षेत्र, एसएफ, प्रतिनिधि हरि कार्की
७. अन्नपूर्ण लायन्स क्लव, बक्र्ली, अध्यक्ष चन्द्र धिताल
८. द ह्वाइट जोन, प्रतिनिधि सुशील शर्मा फुँयाल
९. किराँत याकथुङ चुम्लुङ, अध्यक्ष रोशन सुब्बा
१०. सिर्जनात्मक नेपाल युवा क्लव, इआइ सेरिटो, क्यालिफोर्निया, प्रमुख परामर्शदाता कैलाश थापा
११. क्यालिफोर्निया किराँत राई एसोसिएसन, अध्यक्ष देव राई


 








0 comments:

Post a Comment