रामहरी खकुरेल,पेरीस।
गैर आवासीय नेपाली संगठन( एन आर एन) को चौथो यूरोपीय भेला फ्रान्सको राजधानि पेरीसमा सम्पन्न भएको छ। द्ई दिनसम्म चलेको यस सम्मेलनले सामुहिक लगानी, नेपाल र नेपालीको कल्याणकारी परियोजना यूवाशक्ति परिचालन लगायतका बिषयमा सोह वँदे घोषणा पत्र जारी गर्दै समापन भएको छ।
फ्रान्सका लागि नेपाली राजदूत श्री मोहन कृष्ण श्रेष्ठ, ला कुर्नभका सहायक मेयर डानियल हेन, बेल्जियमका लागि नेपाली राजदूत शुरेश प्रधान र एन आर एन एका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संयुक्त रुपमा पानसमा बत्ति बालेर उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। आफ्नो मन्तव्य राख्दै फ्रान्सका लागी नेपाली राजदूत श्रेष्ठले कार्यक्रमको सफलताको कामना गर्दै नेपालीहरुको समुन्नति र एकताका लागी एन आर एनले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो।
गैर आवासीय नेपाली अन्तराष्ट्रिय संगठनका प्रमुख संरक्षक डा. उपेन्द्र महतोले गैर आवासीय नेपालीको एकता नै बल भएको चर्चा गर्दै उदार हृदयकासाथ नेपाल र नेपालीका लागि दीर्घकालिन योजनाकासाथ एकत्रित हुन आह्वान गर्नुभयो। डा. महतोले सामुहिक लगानी र नेपालको आर्थिक समृद्घिका लागि एन आर एनले खेलेको भूमीकाको चर्चा मात्र गर्नुभएन, उक्त महान कार्यमा सहभागि हुन आह्वान पनि गर्नुभयो।
विदेशमा रहेका नेपालीहरुको साझा समस्या, संस्थाको विधान, प्रस्तावित नेपाल भ्रमण बर्ष २०११ लाई लक्षित गरी «साथिलाई घर लैजाउँ » भन्ने अभियानका संवन्धमा छलफल भएको थियो।
एन आर एनको बहुचर्चित दोहोरो नागरीकताको बिषयमा चर्चा गर्दै अन्तराष्ट्रिय समन्वय अध्यक्ष देवमान हिराचनले छिट्टै नै नेपाल सरकारले गैर आवासीय नेपालीको मागलाई पुरा गर्ने विश्वास ब्यक्त गर्नुभयो। यसका निमित्त नेपाल सरकारसँग बिभिन्न चरणमा छलफल भैरहेको जानकारी भेलामा गराउनु भएको थियो।
भेलामा सामुहिक लगानी, विदेशमा कार्यरत नेपालीहरुको समस्या, नेपालको कृषि विकासका निमित्त एन आर एनको भूमिका लगायत वियषमा कार्यपत्रहरु पेश गरिएको थियो। भेलामा एन आर एनका संयोजक राम प्रताप थापा, डा. हेमराज थापा, रतन झा, जीवा लामिछाने लगायतका व्यक्तित्वहरुले आफ्ना कार्ययोजनाहरु प्रस्तुत गरेका थिए। सहभागीहरु धन्यवाद दिँदै एन आर एन फ्रान्सका आई सी सी सदस्य हरीहर अर्यालले क्षेत्रीय भेला गैर आवासीय नेपालीहरुको साझा मन्च भएको धारणा व्यक्त गर्नु भएको थियो।
कार्यक्रमलाई सफलताकासाथ सुसम्पन्न गर्न एन सी सी फ्रान्सले विविध तयारी उप-समितिहरु गठन गरेको थियो जसमा यूवाहरुले स्वयंसेवकका रुपमा कार्य गरेका थिए।
कार्यक्रमलाई सफलताकासाथ सुसम्पन्न गर्न एन सी सी फ्रान्सले विविध तयारी उप-समितिहरु गठन गरेको थियो जसमा यूवाहरुले स्वयंसेवकका रुपमा कार्य गरेका थिए।
कार्यक्रमको अन्त्यमा नेपालबाट आएका कलाकारहरु नरेन्द्र प्याशी, अन्जना गुरुङ र मल्लिका कार्की लगायत स्थानीय कलाकारहररुले साँङ्गितिक कार्यक्रम प्रस्त गरेका थिए ।
प्रत्येक वर्ष यूरोप महादेशमा हुने यूरोपीय भेला अर्को बर्ष रसियाको मस्कोमा हुनेछ।
0 comments:
Post a Comment