गैर–आवासीय नेपाली संघ, युरोपीयन समन्वय समितिको चौथो बैठक

३१ जुलाई २०१० पेरिस, फ्रान्स

पेरिस बैठकका निर्णयहरु

१) संघको निमन्त्रणालाई स्वीकार गरी यस कार्यक्रममा सहभागी हुने अतिथिहरु, फ्रान्सका लागि नेपाली राजदूत श्री मोहन कृष्ण श्रेष्ठ, जर्मनीका लागि नेपालका राजदूत श्री सुरेश प्रधान, नेपाली दूतावास बेल्जियमका मिनिष्टर काउन्सिलर श्री दिपक धिताल, नेपाली दूतावास फ्रान्सका मिनिष्टर काउन्सिलर श्री जीवन श्रेष्ठ, ीब ऋयगचलभगखभ का उपमेयर म्बलष्भ िज्भललभ, एनआरएनका प्रमुख संरक्षक डा. उपेन्द्र महतो, एनआरएनका अध्यक्ष देवमान हिराचन, एनआरएनका संरक्षक रामप्रताप थापा, एनआरएनका उपाध्यक्ष जिवा लामिछाने, महासचिव रतन झा, कोषाध्यक्ष रामेश्वर शाह, एनआरएनका महिला फोरमका संयोजक उषा शर्मा लगायत सम्पूर्ण अतिथिहरु र प्रतिनिधिहरुलाई यो वैठक धन्यवाद ज्ञापन गर्दछ ।

२) यो बैठक, यस युरोपियन बैठकलाई भव्यरुपमा सम्पन्न गर्न प्लेटनम, गोल्ड र सिल्भर स्तरमा सौजन्य गरी सहयोग पु¥याउने सम्पूर्ण एनसिसि, संघसंस्थाहरु तथा महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छ । आर्थिक रुपमा सहयोग गर्ने अन्य सम्पूर्ण महानुभावहरुलाई पनि यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

३) यो बैठक, यस युरोपीय बैठकलाई सम्पन्न गर्ने एनआरएन फ्रान्सका अध्यक्ष, एनसीसीका अन्य पदाधिकारीहरु, आईसीसी सदस्य, अन्य समिति तथा उपसमितिहरुमा रहेर सहयोग पु¥याउने सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

४) यो बैठक, नेपाल सरकारले अगाडि सारेको आर्थिक कुटनीति र नेपाल पर्यटन वर्ष २०११ को अभियानलाई सफल पु¥याउन गैर–आवासीय नेपाली संघले आ–आप्mनो क्षेत्रबाट सहयोग गर्ने निर्णय गर्दछ ।

५) युरोपका कतिपय देशहरुमा गैर–आवासीय नेपालीहरुले अझै पनि शरणार्थी सम्बन्धि विभिन्न समस्याहरु झेल्नु परिरहेको छ । गैर–आवासीय नेपाली संघले यस्ता समस्याहरु समाधानका लागि नेपाल सरकार, नेपाली दूतावास र सम्बन्धित देशका सरकारहरुसँग बसी आवश्यक सहयोग पु¥याउनु पर्ने आवश्यकता महशुस गर्दै उक्त समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

६) नेपालको पोखरामा आगामी अक्टोवर ११ मा गैर–आवासीय नेपाली संघले आयोजना गर्न गईरहेको ूल्च्ल् म्बथू लाई गैर–आवासीय नेपालीहरुको आफ्नै पर्व ठानी भव्य रुपमा सम्पन्न गर्न अत्याधिक गैर–आवासीय नेपालीहरुको सहभागिता गराउनको लागि सबै एनसिसिहरुले आ–आफ्नो देशमा अभियान चलाउने यो बैठक निर्णय गर्दछ ।

७) गैर–आवासीय नेपाली संघ केन्द्रिय समितिले अगाडी सारेको “एक देश एक प्रोजेक्ट” को अभियानलाई यथाशिध्र कार्यान्वयन गर्ने यो बैठक निर्णय गर्दछ । यसलाई आफ्नो जिम्मेवारी ठानी न्यूनतम एक परियोजना सम्पन्न गरिसकेका एनसीसीहरुलाई हार्दिक धन्यबाद दिदै सम्पन्न गर्ने क्रममा रहेका एनसीसीहरुले तदारुपताकासाथ कार्यान्वयन गर्ने यो बैठक निर्णय गर्दछ ।

८) नेपालमा भईरहेको राजनीतिक गतिरोधप्रति यो बैठकले गम्भिर चिन्ता व्यक्त गर्दछ । साथै, नेपालमा दिर्घकालीन शान्ति स्थापना गर्ने, नयाँ संविधान निर्माण गर्ने र राज्यको पुनर्संरचना गर्ने कुरालाई प्राथमिकता दिदै अगाडि बढ्न नेपालका सम्पूर्ण राजनीतिक दलहरुलाई यो बैठक हार्दिक अनुरोध गर्दछ ।

९) यो बैठक, महिला र पुरुषलाई एउटै रथको दुई पांग्राको रुपमा लिएर एनआरएनको सम्पूर्ण अभियानहरुमा महिलाहरुको सहभागितालाई उच्चतम प्राथमिकता दिदैं महिला सहभागितालाई प्रोत्साहित गर्ने निर्णय गर्दछ ।

१०) गैर–आवासीय नेपाली संघले एक पटक नेपाली नागरिकता लिई सकेका नेपालीहरुले अर्को कुनै देशको नागरिकता लिंदा नेपाली नागरिकता कायमै राख्न पाउने र नागरिकतामा लैङ्गिक समानता हुने गरी अगाडि सारेको “एक पटकको नेपाली, सधैको नेपाली” भन्ने दोहोरो नागरिकता सम्बन्धि नीतिलाई लागु गराउन नेपाल सरकार, राजनीतिक दलहरु र नागरिक समाजसँग निर्णायक चरणमा लविङ्ग गर्नुपर्ने आवश्यकता रहेको कुरा यो बैठकले महशुस गरेको छ ।

११) विभिन्न देशहरुमा बैदेशिक रोजगारीमा गएका गैर–आवासीय नेपालीहरुले धेरै समस्याहरु झेल्नु परिरहेको कुराप्रति यो बैठकको गम्भिर रुपले ध्यानाकर्षण भएको छ । यो बैठक, बैदेशिक रोजागरीलाई उचित रुपमा व्यवस्थापन गरी यस्ता समस्याहरुलाई तदारुकताकासाथ समाधान गरोस् भनी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

१२) यो बैठक, बैदेशिक रोजगारीमा रहेका गैर–आवासीय नेपालीहरुले भोगेका समस्याप्रति मध्यपुर्वका केही नेपाली दूतावासहरुले देखाएको असहयोग तथा उदासिनतााप्रति खेद प्रकट गर्दछ र भविष्यमा उहाँहरुबाट पूर्ण सहयोगको अपेक्षा गर्दछ । नेपाली दूतावासहरुले उदासिनता नदेखाई गैर–आवासीय नेपालीहरुलाई पूर्ण रुपमा सहयोग गर्न सबै दूतावासहरुलाई हार्दिक अनुरोध गर्दछ । साथै, नेपालका सम्पूर्ण दूतावासहरुमा एनआरएन डेस्कको स्थापना गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

१३) युरोपका साथै विश्वका कतिपय देशहरुमा नेपाली दुतावास तथा नियोगहरु नहुँदा त्यहाँ रहेका गैर–आवासीय नेपालीहरुले धेरै समस्याहरु झेल्नुपरेको छ । तसर्थ, यस्ता देशहरुमा नेपाली दूतावास वा कुटनैतिक नियोगहरुको स्थापना गर्दै जान नेपाल सरकारसँग यो बैठक जोडदार माग गर्दछ ।

१४) यो बैठकले एनआरएनको सामुहिक लगानीको अवधारणालाई आत्मसात गर्दै उक्त अभियानलाई तदारुकताकासाथ अगाडि बढाउने निर्णय गर्दछ । यसलाई आ–आफ्नो देशमा अभियानको रुपमा कार्यान्वयन गर्न सबै एनसिसिहरुलाई अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ ।

१५) यो बैठक भूतपुर्व बृटिश–गोर्खा सैनिक संघहरुले सञ्चालन गरेको भेदभाव विरुद्धको आन्दोलनप्रति एक्यबद्धता जाहेर गर्दछ ।

१६) एनआरएन युरोपको पाँचौं क्षेत्रीय सम्मेलन रसियाको मस्कोमा आयोजना गर्ने निर्णय गर्दछ ।

0 comments:

Post a Comment