प्रेमको वायुयान

गुरुकेदार बराल


अनौठो रहेछ प्रेम विमान
उड्नलाई टिकट नचाहिने
कसैको मनको प्रेम टिकट लिए पछि
कल्पनाको संसार भरि डुल्न पाइने
तर, दूरि पार गर्नु नपर्ने !!

मैले आफै चालक भएर उडाउँदा
मेरो यात्री उनी मात्रै थिइन
हामीले धेरै ठाउँ डुल्यौं
उनी अझै उडौ भन्थिन
तर, आँखा खोल्दा त उनी
घ्वार घ्वार घुर्दै थिइन ।।

प्रेमको वायुयान उड्न थालेपछि
आवाज पनि नदिँदो रहेछ
एकै पल्ट चन्द्रमा पुगि
मंगल ग्रहमा ओर्लदो रहेछ
उनलाई साथ नछुटाई
फेरी धर्तीमा फर्किदो रहेछ ।।


तर, मेरो प्रेम थान
आज नराम्ररी थन्केको छ
यात्रु नै विमान देखि विराक्तिएपछि
किन विमान रित्तै उडाउनु र
थन्क्यो अब मेरो प्रेम यान
एक्लै कसरी बनाउनु र !!

0 comments:

Post a Comment