मञ्जु गुरुङ, पल्सर बर्षको उत्कृष्ट खेलाडी–२०६५ घोषित भएकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार राजधानीमा एक समारोहको आयोजना गरेर सो घोषणा गरेको हो।
उनीसागै विभिन्न खेलका ७ खेलाडी पल्सर बर्षका चर्चित खेलाडीको मनोनयनमा परेकोमा भलिबल खेलाडी मञ्जुले निकट प्रतिद्धन्द्धी पौडीकी करिष्मा कार्कीलाई ६९ हजार ५५२ सय एसएमएम मतले पछि पार्दै सो उपाधि हात पारेकी हुन्।
कुल खसेको १ लाख ९७ हजार ९६१ मतमध्ये उनले १ लाख १२ हजार २२० मत प्राप्त गरेकी हुन्। खसेको कुल मत प्रतिशतमा उनको भागमा ५६.७० प्रतिशत मत परेको हो। तेस्रो स्थानमा रहेका फुटबलका विकास मल्लले २२ हजार ७८८ मत पाए भने चौथो स्थानमा चित्त बुझाएका राष्ट्रिय फुटबल टोलीका कप्तान राकेश श्रेष्ठले ८ हजार ६ सय ६३ मत पाएका हन्।
भलिबलबाट मञ्जु गुरुङसहित मनोनयनमा पर्नेमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान विनोद दास, बुद्धिचालका मनिष हमाल र एथलेटिक्सकी प्रमिला रिजाल थिए।
चार हप्ता लामो एसएमसस मतका आधारमा भएको सो नतिजापछि उपाधि आफ्नो हातमा परेपछि मञ्जुले आफूलाई जिताउन सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिइन्।
0 comments:
Post a Comment