क्यालिफोर्नियामा नेपाल महोत्सव सम्पन्न


ओकल्याण्ड । क्यालिफोर्निया राज्यस्थित ओकल्याण्डमा आयोजित दुई दिने नेपाल महोत्सव- २०१० नेपाल र नेपालीको पहिचान तथा दक्षता प्रस्तुत गर्दै आइतबार सम्पन्न भयो ।
क्यालिफोर्नियास्थित नेपालीहरुको संस्था न्यान्सी कि्रएटिभ नेपाल युथ क्लब मदरल्याण्ड नेपाल नाफका हाम्रो समाज कोसेली एनएजिसी लायन्स इन्टरनेसनल र द ह्वाइटजोनको संयुक्त आयोजनामा सम्पन्न यस महोत्सवमा हजारौं नेपाली तथा विदेशी पाहुनाहरुले आनन्द उठाएको संयोजक मणि नेपाली पनेरुले जानकारी गराउनु भयो ।
ओकल्याण्डको लेनी कलेज-भवनमा सम्पन्न सो महोत्सवमा खाद्यपरिकार सांस्कृतिक झाँकी संगीत तथा विभिन्न मनोराजनात्मक कार्यक्रमका स्टल तथा प्रदर्शनीको आयोजना गरिएको थियो ।
समापन समारोहमा समाजसेवीद्वय अनिल पाण्डे अध्यक्ष मदरल्याण्ड नेपाल र अशोक गौतमलाई प्रेसिडेन्ट अवार्ड प्रदान गरियो । पाण्डे लाई डेमोक्रेटिक पार्टी क्यालिफोर्नियाका निर्देशक पेगी मोरेले सो पुरस्कार प्रदान गर्नुभएको थियो ।
WATCH THIS VEDIO

महोत्सवको समापन कार्यक्रममा राष्ट्रपति रामवरण यादवको शुभकामना सन्देश पढिएको थियो । सो कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूतावासका प्रतिनिधि प्रथम सचिव आनन्दप्रसाद शर्माको प्रमुख आतिथ्य तथा सम्बोधन रहेको थियो । शुभकामना सन्देश डा। जिम हुगेसले पढ्नुभएको थियो ।
यस महोत्सवको आयोजना गर्नुको पहिलो उद्देश्य आगामी वर्ष २०११ लाई नेपाल सरकारले पर्यटन वर्ष घोषणा गरेको छ त्यसलाई सफल पार्न मनोराजनपूर्ण कार्यक्रमको आयोजना गर्नु नै हो दोस्रो उद्देश्य स्थानीय अमेरिकीहरुमा मित्रताको अभिवृद्धि सूचनाको आदान-प्रदान र दक्षताको प्रदर्शन गर्नु नै हो संयोजक पनेरुले जानकारी गराउनु भयो । उहाँले खाद्यपरिकार र संस्कृतिको प्रस्तुति गर्दै नेपालीले आफ्नो दक्षता देखाएको खुलासा गर्नुभयो ।
महोत्सवमा आयोजक सबै संस्थाका प्रतिनिधिलाई सम्झनाको चिनो पनि प्रदान गर्दै नेपाल र नेपालीको प्रतिष्ठा बढाउने यस्ता कार्यक्रमलाई सबै नेपालीले एकजुट भएर सघाउनुपर्ने धारणा राखेका थिए ।
मितिः २५ जुलाई २०१०

0 comments:

Post a Comment