मलेसियामा काग्रेसको प्रथम अधिवेशन सम्पन्न

रामचन्द्र नेपाल
क्वालालम्पुर
मलेसिया
नेपाली काग्रेस मलेसियाको प्रथम अधिवेशनवाट चोलाकान्त पंगेनी सभापतिमा निर्विरोध निर्वाचित भएका छन । क्वालालम्पुरमा असार ९ गते भएको अधिवेशनवाट उपाध्यक्षमा चन्द्र वहादुर लिम्वु,सचिवमा वखत मावुहाग,सहसचिवमा कैलाश खतिवडा,र कोषाध्यक्षमा गोविन्द खडका चुनिएका छन । सदस्यहरुमा देवेन्द्र थापा,मोहन श्रेष्ठ,पंच लिम्वु,राज अर्याल,विनोद वुढाथोकि,निरज गौली,राजेश घिमिरे,दिपक गुरुङ,र निलकण्ठ अर्याल रहेका छन ।त्यसैगरी पदेन सदस्यहरुमा जोहोरवाट भिष्म वास्कोटा,मलक्कावाट उदयराज अधिकारी,निलाईवाट दीपक उपाध्याय,मुहारवाट मधु चोम्वाग लिम्वु रहेका छन । त्यसैगरी सल्लाहकारहरुमा रंगराज न्यौपाने,सूर्य गुरुग,एकराज नेम्वाग,सुभद्रा लिगदेन रहेका छन भने व्यवस्थापनको जिम्मेवारीमा कृष्ण कोईरालालाई तोकिएको छ ।अधिवेशनमा उदघाटन गैर आवासिय नेपाली संगठनका सदस्य सुर्य गुरुङले गरेका थिए । अधिबेशनका लागि मलेसियामा विभिन्न ठाउँवाट आएका प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको थियो । मलेसियामा ४सय ५० भन्दा वढी क्रियाशिल सदस्य वितरण भैसकेको र विदेशको हकमा ५सय क्रियाशिल सदस्य भएको खण्डमा ७ जना महाधिवेशन प्रतिनिधी चयन हुने विधान रहेका नेपाली काग्रेस मलेसियाले जनाएको छ ।

0 comments:

Post a Comment