गैर–आवासीय नेपाली संघ युरोपीय कमिटिको चौथो बैठक

रामहरी खकुरेल,पेरीस
३१ जुलाई २०१० पेरीस, फ्रान्स

१. उदघाटन कार्यक्रम,
गैर–आवासीय नेपाली संघ युरोपीय कमिटिको चौथो बैठक ३१ जुलाई २०१० मा फ्रान्सको राजधानी पेरीसमा सम्पन्न भएको छ । दुई दिनसम्म चल्ने यो भेलाको उद्घाटन एनआरएनका चिफ पेट्रोन डा. उपेन्द्र महतो, एन.आर.एन.का अध्यक्ष देवमान हिराचन, फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, जर्मनीका लागि नेपाली राजदूत सुरेश प्रधान र ला कुर्नभ शहरका उपमेयर डानिला हेनले संयुक्त रुपमा पानसमा बत्ति वालेर गर्नु भयो ।

कार्यक्रममा एनआरएनका अध्यक्ष देवमान हिराचनले रमणीय शहर पेरिसमा कार्यक्रम गर्न पाउँदा गौरव लागेको कुरा बताउनुभयो । उहाँले एनआरएन स्थापनको विगत आठ वर्षको अवधिमा धेरै उपलब्धि भएको कुरा बताउनुभयो । उहाँले एनआरएन बिदेशमा बस्ने सबै नेपालीको साझा प्लेटफर्मको रुपमा विकास भएको र हामी एकआपसमा मिली राष्ट्र विकासको लागि केहि गरौं भन्ने बिचारकासाथ एकजूट भएर लागेकाहरुलाई आपसमा भेटघाट गर्ने, देशको वारेमा चिन्तनमनन गर्ने, देशको विकासमा सहयोग गर्ने राम्रो अवसर दिलाएको कुरा वताउनुभयो ।

उहाँले नेपालको राजनीतिक गतिरोधप्रति चिन्ता प्रकट गर्दै नेपालमा नयाँ संविधानको घोषणाको दिन पारेर अमेरिकामा क्षेत्रिय सम्मेलन राखेका थियौं तर विडम्बनाबस देशमा संविधान बन्नुको सट्टा राजनीतिक गतिरोध पैदा भएको कुरा बताउनुभयो । उहाँले हामी एनआरएनहरुलाई देशमा समयमा नै राम्रो संविधान बनोस र दिघंकालीन शान्ती कायम होस भन्ने ठुलो अपेक्षा रहेको कुरा बताउनुभयो । उहाँले नयाँ संविधानमा “एक पटकको नेपाली सधैको नेपाली” रहने गरी संविधानमा दोहोरो नागरिकताको व्यवस्था गराउन नेपालमा आवश्यक कामहरु भईरहेको र नयाँ सरकार बन्नासाथ प्रतिनिधिमण्डल नेपाल जाने कुरा बताउनुभयो । उहाँले नेपालको पर्यटन वर्ष २०११ लाई मध्यनजर राखेर आगामी अक्टोवर ११ मा नेपालको पोखरामा एनआरएन डे मनाउन गईरहेको कुरा जनाउनुभयो ।

कार्यक्रमका अर्का अतिथि ला कुर्नभ शहरका उपमेयर डानिला हेनले आफ्नो शहरमा यस्तो महत्वपूर्ण कार्यक्रम भएकोमा खुसि व्यक्त गर्दै सबैलाई हार्दिक स्वागत अभिनन्दन गर्नुभयो । उहाँले आफुले नेपाल भ्रमण गर्दा शुन्दरतम देश पाएको अनुभव स्मरण गर्दै नेपालीहरु कति भाग्यमानी रहेछन् भन्ने कुरा बताउनुभयो । उहाँले आफ्नो शहरमा नेपालीहरुको संख्या बढ्दै गएको कुरामा आफुलाई अत्यन्त खुसी लागेको कुरा बताउनुभयो । उहाँले नेपाल र फ्रान्सको बिच अत्यन्त प्रगाढ सम्बन्ध रहेको कुराबारे चर्चा गर्दै आपसी भातृत्व र बैदेशिक सहयोग गर्ने फ्रान्सको मूल शिद्धान्त नै रहेको कुरा बताउनुभयो । उहाँले नेपालको सहयोगको लागि फ्रान्स सदैब तयार रहेको कुरा बताउनुभयो । अन्तमा उहाँले आपसी एकता र भातृत्व बढाउँदै युरोपीय स्तरको यो कार्यक्रम भव्य सफल रहोस भनेर शुभकामना दिनुभयो ।

कार्यक्रममा एनआरएनका पेट्रोन काउन्सिलका सदस्य राम प्रताप थापाले एनआरएनको सफलताको लागि कामना गर्दै सदियौंसम्म यसले नेपाल र नेपालीहरुको हतिको लागि काम गर्नसकोस भन्ने शुभकामना दिनुभयो । कार्यक्रमका अर्का वक्त एनआरएनका प्रमुख संरक्षक डा. उपेन्द्र महतोले कार्यक्रममा उपस्थित सबैलाई स्वागत अभिवादन गर्दै गैरआवासीय नेपाली संघको तर्फबाट सबैलाई धन्यवाद दिनुभयो । उहाँले एनआरएन २००३ मा युरोपको लण्डनबाट शुरु भएको र आज पुनः युरोपमा आयोजना भएको यस कार्यक्रममा सहभागी हुन पाउँदा आफुलाई गौरव लागेको कुरा बताउनुभयो । उहाँले एनआरएनको तिनवटा उदेश्य विश्व भरीका नेपालीबीच चिनाजानी गर्ने, नेपालको समस्यालाई प्रतिनिधित्व गर्ने र आफुले कमाएको पैसाको केहि भाग सामुहिक रुपमा नेपालको विकासमा लगानी गर्ने रहेको कुरामा जोड दिनुभयो । उहाँले समृद्ध र विकसित नेपालले मात्र हरियो पासपोर्टको गरिमा बढाउन सक्ने हुनाले गैर–आवासीय नेपाली संघले समृद्धशाली देशको सपना लिएर हिडेको कुरा बताउनुभयो । उहाँले गैर–आवासीय नेपालीहरुले उद्यमशील, मेहनती र इमान्दार भएर काम ग¥यौं भने जुनसुकै क्षेत्रमा पनि सफल हुने कुरा बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता फ्रान्सेली नेपाली राजदूत श्री मोहनकृष्ण श्रेष्ठले शुन्दर नगर पेरीसमा सबैलाई स्वागत गर्न पाउँदा खुसि लागेको कुरा बताउनुभयो र कार्यक्रम सफलताको लागि दूतावासको तर्फबाट शुभकामना दिनुभयो । उहाँले आजभन्दा आठ बर्ष अगाडि आफु टोकियोको नेपाली दूतावासमा कार्यरत रहँदा एनआरएन स्थापनाको अभियान शुरुवात भएको जानकारी पाएको स्मरण गर्दै छोटै अवधिमा ठूलो र महत्वपूर्ण संस्थाको रुपमा एनआरएन विकसित भईसकेकोमा आफुलाई गर्भ लागेको कुरा बताउनुभयो । आफुले एनआरएनको शुरुवातदेखि नै एनआरएनको विभिन्न कार्यक्रमहरुमा सरिक हुने अवसर पाएको कुरा बताउनुहुँदै बैंककको क्षेत्रिय सम्मेलनमा आफुले कार्यपत्र पेश गर्ने अवसर पाएको कुरा बताउनुभयो । उहाँले एनआरएनले विदेशमा बसेका पच्चिस तिस लाख नेपालीलाई संगठीत गरी स्वदेशको आर्थिक उन्नति, पर्यटन विकास, अन्तर्राष्ट्रिय व्यापार, रोजगारीको सृजना, निकासी व्यापारको प्रवद्र्धन, आर्थिक कुटनीतिमा सहयोग गर्ने कार्यमा महत्वपूर्ण भुमिका खेल्नसक्ने कुरा बताउनुभयो । उहाँले एनआरएनप्रति केहि लान्छनाहरु पनि होलान तर ति कुराहरुलाई पनि चिर्दै अगाडि बढ्नसक्नुपर्ने कुरा बताउनुहुँदै समुन्नत नेपालको नागरिक बन्ने हामी सबै नेपालीको साझा चाहनालाई पुरा गर्न एनआरएनको भुमिकालाई कसैले नजरअन्दाज गर्न नसक्ने कुरा बताउनुभयो । वहाँले जापान, सिंगापुर, चीन, कोरियाजस्ता देशहरु पनि त्यहाँका गैर–आवासीय नागरिकहरुको सहयोगबाट बनेको प्रसंग उठाउँदै हामीले पनि एकजूट भएर आगडि लाग्यौ भने असम्भव नरहेको कुरा बताउनु भयो ।

उद्घाटन कार्यक्रमको अन्त्यमा बैठकलाई सम्पन्न गर्न सहयोग गर्ने सहयोगदाताहरुलाई मायाको चिनो दिई धन्यबाद दिएको थियो । कार्यक्रममा एनआरएनको स्थापनादेखि हालको अवस्थासम्म ल्याई पु¥याउने प्रमुख संरक्षक डा.उपेन्द्र महतो, संरक्षक रामप्रताप थापा र संरक्षक भीम उदासलाई अभिनन्दन गरिएको थियो । उद्घाटन सभाको समापन गर्दै गैर–आवासीय नेपाली संघ युरोपीय कमिटिका संयोजक क्या. हितमान गुरुङ्गले शुन्दर पेरीस शहरमा कार्यक्रम सम्पन्न गर्न पाउँदा खुसी लागेको कुरा बताउदै यहाँ आउँदा आफुलाई युकेको ब्ल्याक पूल र नेपालको पोखराको संझना आउने कुरा बताउनुभयो । उहाँले कार्यक्रमका सम्पूर्ण अतिथिहरु, सहयोगीहरु र सहभागी सबैलाई आयोजकको तर्फबाट धन्यबाद दिनुभयो ।

एनआरएन फ्रान्सका अध्यक्ष श्री अशोक न्योपानेले कार्यक्रममा उपस्थित सबैलाई आयोजकको तर्फबाट स्वागत गर्नुभएको थियो । उहाँले स्वागत मन्तव्यमा गैर–आवासीय नेपालीको इतिहास राजकुमारी भृकुटीको समयबाटै शुरु भएको कुरा बताउनुभयो । उहाँले देशको अर्थतन्त्र बैदेशीक रोजगारीमा रहेका गैर–आवासीय नेपालीहरुको रेमिटयान्सले धानी रहेको सन्दर्भमा गैर–आवासीय नेपालीहरुप्रति नेपालले चीसो व्यवहार देखाउन नहुने कुरा बताउनुभयो । उहाँले संस्थालाई कर्तव्यनिष्ठ, इमान्दार, सक्षम व्यक्तिहरुको खाँचो रहेकोले बैठकले युवा तथा महिला शक्तिलाई अगाडि बढाउनेखालका कार्ययोजनाहरु तय गरी अघि बढ्नु पर्ने कुरा बताउँदै कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपालबाट आउनुभएका नेपाल प्रतिनिधि उषा भट्टले गर्नुभएको थियो । कार्यक्रम पेरिसस्थित ला कुर्नभ शहरको सभाहलमा आयोजना गरिएको थियो ।

२. संगोष्ठि सत्र
कार्यक्रमको यस सत्रमा “आर्थिक कुटनीतिमा एनआरएनको आवश्यकता तथा चाहना र नियोगहरुको भुमिका” विषयमा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा जर्मनीका लागि नेपाली राजदूत सुरेश प्रधान, बेल्जियमका मिनिष्टर काउन्सिलर दिपक धिताल र रमेशबाबु नेपालले कार्यपत्र पेश गर्नुभएको थियो ।

यसैगरी “गैर–आवासीय नेपालीहरुको लागि दोहोरो नागरिकता” विषयमा रामप्रताप थापाको अध्यक्षतामा बसेको गोष्ठिमा हरिहर अर्याल, सरस्वती चापागाई, महेन्द्र कँडेल, दिल गुरुङ्ग र क्या. हितमान गुरुङले आ–आफ्नो कार्यपत्र पेश गर्नुभएको थियो । यसैगरी, सामुहिक लगानी विषयमा डा.उपेन्द्र महतोको अध्यक्षतामा बसेको गोष्ठिमा जिवा लामिछाने, डा.निरज गोविन्द श्रेष्ठ, किशोर सापकोटा र राजन कुँवरले कार्यपत्र पेश गर्नुभएको थियो । यसैगरी “नेपाल, नेपाली र गैर–आवासीय नेपालीहरुको हित” विषयक गोष्ठिको अध्यक्षता रविन्द्रमान श्रेष्ठले गर्नुभएको थियो । सो गोष्ठिमा “बैदैशिक रोजगारी” सम्बन्धमा रामेश्वर शाह, “अप्रवासन र सामाजिक पुनस्थापनामा गोर्खा मुद्दा” विषयमा भक्त गुरुङ, “नेपालको कृषि विकासमा गैर–आवासीय नेपाली संघको भुमिका” विषयमा अरुण कुमार श्रेष्ठ, “युवा र महिला मुद्द” विषयमा उषा शर्मा र उत्तम कँडेलले आ–आफ्नो कार्यपत्र पेश गर्नुभएको थियो ।

बैठकमा यूरोपीयन मुलुकका राष्ट्रिय समन्वय समिति र गैर–आवासीय नेपाली संघका परियोजना तथा कार्यदलहरुको तर्फबाट आ–आफ्नो देश तथा क्षेत्रको प्रगति विवरणहरु प्रस्तुत गर्नुभएको थियो । संगोष्ठिको अन्त्यमा डा. हेमराज शर्माले सम्पूर्ण गोष्ठिमा प्रस्तुत विषयवस्तुहरुको संस्लेषनात्मक विवरण पेश गर्नुभएको थियो भने भक्त गुरुङले बैठकका निर्णयहरु प्रस्तुत गुर्नुभएको थियो ।

बैठकको समापनपछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु नरेन्द्र प्यासी, अन्जना गुरुङ र मल्लिका कार्कीले आ–आफ्नो सुमधूर गीतहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ सितार बादक नरेन्द्र बाटाजुले आफ्नो सितारको सुमधूर नेपाली धून प्रस्तुत गर्नुभएको थियो । साथै, स्थानीय कलाकारहरु नीता श्रेष्ठ, नीजू श्रेष्ठ, जैनू श्रेष्ठ, निकिता न्यौपाने, परिना, अस्मिता, लबिना, जगत, बिमल बस्याल आदीले आ–आफ्ना प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रमको सञ्चालन निर्मल अर्याल र निता श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमको दोश्रो दिन एन.आर.एन. अन्तर्राष्ट्रिय समन्वय समितिको बैठक आयोजना गरियो । बैठक समापन प्रश्चात पुनः साँकृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपालबाट आमन्त्रित कालाकारहरु सहित दोहोरी गायक खड्का गर्वुजा र स्थानिय कलाकारहरुले आ–आफ्नो कला प्रस्तुत गर्नुभएको थियो ।

३. बैठकका निर्णयहरुः

गैर–आवासीय नेपाली संघ, युरोपीयन समन्वय समितिको चौथो बैठक
३१ जुलाई २०१० पेरिस, फ्रान्स

पेरिस बैठकका निर्णयहरु
१) संघको निमन्त्रणालाई स्वीकार गरी यस कार्यक्रममा सहभागी हुने अतिथिहरु, फ्रान्सका लागि नेपाली राजदूत महामहिम श्री मोहन कृष्ण श्रेष्ठ, जर्मनीका लागि नेपालका राजदूत महामहिम श्री सुरेश प्रधान, नेपाली दूतावास बेल्जियमका मिनिष्टर काउन्सिलर श्री दिपक धिताल, नेपाली दूतावास फ्रान्सका काउन्सिलर श्री जीवन श्रेष्ठ, ीब ऋयगचलभगखभ का उपमेयर म्बलष्भ िज्भललभ, एनआरएनका प्रमुख संरक्षक डा. उपेन्द्र महतो, एनआरएनका अध्यक्ष देवमान हिराचन, एनआरएनका संरक्षक रामप्रताप थापा, एनआरएनका उपाध्यक्ष जिवा लामिछाने, महासचिव रतन झा, कोषाध्यक्ष रामेश्वर शाह, एनआरएनका महिला फोरमका संयोजक उषा शर्मा लगायत सम्पूर्ण अतिथिहरु र प्रतिनिधिहरुलाई यो वैठक धन्यवाद ज्ञापन गर्दछ ।

२) यो बैठक, यस युरोपियन बैठकलाई भव्यरुपमा सम्पन्न गर्न प्लेटनम, गोल्ड र सिल्भर स्तरमा सौजन्य गरी सहयोग पु¥याउने सम्पूर्ण एनसिसि, संघसंस्थाहरु तथा महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छ । आर्थिक रुपमा सहयोग गर्ने अन्य सम्पूर्ण महानुभावहरुलाई पनि यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

३) यो बैठक, यस युरोपीय बैठकलाई सम्पन्न गर्ने एनआरएन फ्रान्सका अध्यक्ष, एनसीसीका अन्य पदाधिकारीहरु, आईसीसी सदस्य, अन्य समिति तथा उपसमितिहरुमा रहेर सहयोग पु¥याउने सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

४) यो बैठक, नेपाल सरकारले अगाडि सारेको आर्थिक कुटनीति र नेपाल पर्यटन वर्ष २०११ को अभियानलाई सफल पु¥याउन गैर–आवासीय नेपाली संघले आ–आप्mनो क्षेत्रबाट सहयोग गर्ने निर्णय गर्दछ ।

५) युरोपका कतिपय देशहरुमा गैर–आवासीय नेपालीहरुले अझै पनि शरणार्थी सम्बन्धि विभिन्न समस्याहरु झेल्नु परिरहेको छ । गैर–आवासीय नेपाली संघले यस्ता समस्याहरु समाधानका लागि नेपाल सरकार, नेपाली दूतावास र सम्बन्धित देशका सरकारहरुसँग बसी आवश्यक सहयोग पु¥याउनु पर्ने आवश्यकता महशुस गर्दै उक्त समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

६) नेपालको पोखरामा आगामी अक्टोवर ११ मा गैर–आवासीय नेपाली संघले आयोजना गर्न गईरहेको ूल्च्ल् म्बथू लाई गैर–आवासीय नेपालीहरुको आफ्नै पर्व ठानी भव्य रुपमा सम्पन्न गर्न अत्याधिक गैर–आवासीय नेपालीहरुको सहभागिता गराउनको लागि सबै एनसिसिहरुले आ–आफ्नो देशमा अभियान चलाउने यो बैठक निर्णय गर्दछ ।

७) गैर–आवासीय नेपाली संघ केन्द्रिय समितिले अगाडी सारेको “एक देश एक प्रोजेक्ट” को अभियानलाई यथाशिध्र कार्यान्वयन गर्ने यो बैठक निर्णय गर्दछ । यसलाई आफ्नो जिम्मेवारी ठानी न्यूनतम एक परियोजना सम्पन्न गरिसकेका एनसीसीहरुलाई हार्दिक धन्यबाद दिदै सम्पन्न गर्ने क्रममा रहेका एनसीसीहरुले तदारुपताकासाथ कार्यान्वयन गर्ने यो बैठक निर्णय गर्दछ ।

८) नेपालमा भईरहेको राजनीतिक गतिरोधप्रति यो बैठकले गम्भिर चिन्ता व्यक्त गर्दछ । साथै, नेपालमा दिर्घकालीन शान्ति स्थापना गर्ने, नयाँ संविधान निर्माण गर्ने र राज्यको पुनर्संरचना गर्ने कुरालाई प्राथमिकता दिदै अगाडि बढ्न नेपालका सम्पूर्ण राजनीतिक दलहरुलाई यो बैठक हार्दिक अनुरोध गर्दछ ।

९) यो बैठक, महिला र पुरुषलाई एउटै रथको दुई पांग्राको रुपमा लिएर एनआरएनको सम्पूर्ण अभियानहरुमा महिलाहरुको सहभागितालाई उच्चतम प्राथमिकता दिदैं महिला सहभागितालाई प्रोत्साहित गर्ने निर्णय गर्दछ ।

१०) गैर–आवासीय नेपाली संघले एक पटक नेपाली नागरिकता लिई सकेका नेपालीहरुले अर्को कुनै देशको नागरिकता लिंदा नेपाली नागरिकता कायमै राख्न पाउने र नागरिकतामा लैङ्गिक समानता हुने गरी अगाडि सारेको “एक पटकको नेपाली, सधैको नेपाली” भन्ने दोहोरो नागरिकता सम्बन्धि नीतिलाई लागु गराउन नेपाल सरकार, राजनीतिक दलहरु र नागरिक समाजसँग निर्णायक चरणमा लविङ्ग गर्नुपर्ने आवश्यकता रहेको कुरा यो बैठकले महशुस गरेको छ ।

११) विभिन्न देशहरुमा बैदेशिक रोजगारीमा गएका गैर–आवासीय नेपालीहरुले धेरै समस्याहरु झेल्नु परिरहेको कुराप्रति यो बैठकको गम्भिर रुपले ध्यानाकर्षण भएको छ । यो बैठक, बैदेशिक रोजागरीलाई उचित रुपमा व्यवस्थापन गरी यस्ता समस्याहरुलाई तदारुकताकासाथ समाधान गरोस् भनी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

१२) यो बैठक, बैदेशिक रोजगारीमा रहेका गैर–आवासीय नेपालीहरुले भोगेका समस्याप्रति मध्यपुर्वका केही नेपाली दूतावासहरुले देखाएको असहयोग तथा उदासिनतााप्रति खेद प्रकट गर्दछ र भविष्यमा उहाँहरुबाट पूर्ण सहयोगको अपेक्षा गर्दछ । नेपाली दूतावासहरुले उदासिनता नदेखाई गैर–आवासीय नेपालीहरुलाई पूर्ण रुपमा सहयोग गर्न सबै दूतावासहरुलाई हार्दिक अनुरोध गर्दछ । साथै, नेपालका सम्पूर्ण दूतावासहरुमा एनआरएन डेस्कको स्थापना गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

१३) युरोपका साथै विश्वका कतिपय देशहरुमा नेपाली दुतावास तथा नियोगहरु नहुँदा त्यहाँ रहेका गैर–आवासीय नेपालीहरुले धेरै समस्याहरु झेल्नुपरेको छ । तसर्थ, यस्ता देशहरुमा नेपाली दूतावास वा कुटनैतिक नियोगहरुको स्थापना गर्दै जान नेपाल सरकारसँग यो बैठक जोडदार माग गर्दछ ।

१४) यो बैठकले एनआरएनको सामुहिक लगानीको अवधारणालाई आत्मसात गर्दै उक्त अभियानलाई तदारुकताकासाथ अगाडि बढाउने निर्णय गर्दछ । यसलाई आ–आफ्नो देशमा अभियानको रुपमा कार्यान्वयन गर्न सबै एनसिसिहरुलाई अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ ।

१५) यो बैठक भूतपुर्व बृटिश–गोर्खा सैनिक संघहरुले सञ्चालन गरेको भेदभाव विरुद्धको आन्दोलनप्रति एक्यबद्धता जाहेर गर्दछ ।

१६) एनआरएन युरोपको पाँचौं क्षेत्रीय सम्मेलन रसियाको मस्कोमा आयोजना गर्ने निर्णय गर्दछ ।


धन्यवाद ।
१ अगष्ट २०१०

0 comments:

Post a Comment