गैह्र आवासीय नेपाली संघ (एनआरएन) पोर्तुगलको तेश्रो अधिवेशनको निर्वाचन समय

योगेन्द्रमिलन छन्त्याल,
 लिस्बोन, पोर्तुगल
तालिका सार्वजनिक भएको छ । संघको मे ५ मा सम्पन्न बैठकको निर्णयानुसार गठित निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो ।

समितिले तालिकासंगै उम्मेदवारी फाराम र निर्वाचनका नियमहरु पनि प्रकाशन गरेको छ । उम्मेदवारीका लागि अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यका लागि पाँच सय युरो, अध्यक्ष चार सय युरो, उपाध्यक्ष तीन सय युरो र सचिवको लागि दुई सय युरो शुल्क निर्धारण गरिएको छ । यसैगरी सह सचिवले एक सय पचास युरो, लेखा समिति संयोजकले १०० युरो र अन्य पदका लागि ५० युरो शुल्क निर्धारण गरिएको छ ।

समितिको सूचना अनुसार मे १५ देखि १७ तारिखको ६ बजेसम्म उम्मेदवारहरुले मनोनयन फारम बुझाउन सक्नेछन । उम्मेदवारहरुको अन्तिम नामावली २० तारिख छ बजे प्रकाशन हुनेछ । मे २२ का दिन बिहान १२ बजेदेखि बेलुकी ६ बजेसम्म निर्वाचन हुने कुरा समितिले उल्लेख गरेको छ ।

समितिले एउटा छुट्टै वेबसाइट बनाएर सूचना प्रकाशन गरेको छ । एनआरएनको आधिकारिक वेबसाइटमा भने यो सूचना प्रकाशन गरिएको छैन । यसबारे निर्वाचन समितिका एक सदस्य नारायण सापकोटाले भन्नुभयो : 'खै, यो बारेमा मलाई थाहा भएन संयोजक डा. महेन्द्र पन्थीलाई सोध्नुहोला ।' संयोजक पन्थीको मोबाइल भने थुप्रै घण्टा स्विच अफ रहेको छ ।

अधिवेशन हुन ११ दिन मात्र बाँकी छंदासमेत कुनै पनि दलहरुले आफ्नो प्यानलको घोषणा गरेका छैनन् । माओवादीनिकट जनप्रगतिशील मंचले चुनाव नलड्ने कुरा बताए पनि मंच समर्थकहरुबाट पनि केही व्यक्तिहरु चुनावमा उठ्ने ईच्छा प्रकट गरिरहेका छन । कांग्रेसनिकट जनसम्पर्क समिति र एमालेनिकट लोकतान्त्रिक मन्चबाट केही सम्भावित उम्मेदवारहरुले मतदाताहरुलाई भोट दिन अनुरोध गरिरहेको पाइन्छ । जहाँतही अधिवेशनको चर्चा चलिरहेका बेला पहिलोपटक मुख छोडे सहमतिको लागि गलत टाँचा लाग्ला भन्ने डरले दलनिकट संगठनहरुको बोली फुट्न नसकेको अड्कल गरिएको छ ।

लोकतान्त्रिक मंचका अध्यक्ष बालाराम बिक र समितिका सचिव सुरेन्द्र अमगाईंको एकै खालका भनाइ छ कि सबैको जित हुने वातावरण बनाउन सकभर सहमतिलाई प्राथमिकता दिनुपर्छ । यसका लागि भनेर संगठनहरुभित्र प्यानलबारे कुनै छलफल गरिएका छैनन् ।

0 comments:

Post a Comment