मजदुर दिबसको अबसरमा नेपाली जनप्रगतिसिल मन्च यूएइको सहायक संगठन जन स्व्यंसेबक समितीको गठन

यहि ६ मे २०११ शुक्रबारका दिन नेपाली जनप्रगतीशिल मन्च युएईले ग्रिन दरवार रेस्टुरेण्ट आबुधाविमा एक कार्यक्रमका बिच १२२ औ मे दिवश ब्रिहत आन्तर्कृया कार्यक्रमका साथ शुभकामना आदानप्रदान गरि मनाएको छ। सोहि बृहत भेलाले समाजसेबी एवं नेपाली जनप्रगतिशील मंच यूएईका बरिष्ट सल्लाहकार शालिकराम सुवेदीको अध्यक्षतामा २३ सद्स्यिय जन स्वयमसेवक समिति युएईको गठन गरेको समेत छ। नबगठित जन स्व्यम्सेबक समितीका बरीस्ठ उपाध्यक्षमा हेम थापामगर,उपाध्यक्षहरु जंग बहादुर थापामगर, मिन् बहादुर बुडाथोकी र माधव प्रसाद दाहाल, महासचिव हरि घर्तिमगर, सचिव तारानाथ फुयाल, कोषाध्यक्ष धर्म ढकाल, प्रवक्ता निशान थापा र
सद्स्यहरुमा नेत्र बहादुर केसी, रिम थापामगर, राज कुमार पुनमगर्, गुन्जमान कार्की, भिम नारायण श्रेष्ठ, मणिलामा, कुल बहादुर बिक, अर्जुन भुसाल, अनिल माझी, दिलिप पाख्रिन, राम नारायण पौडेल, मोहन कुमार सिवाकोटी, शेर बहादुर गुरुङ र रुद्र अधिकारी रहेका छन। सम्मेलनले ३ सदस्य सल्लाहकार समिती समेत चयन् गरेकोछ। उक्त समितिका सदस्यहरुमा हरि देवकोटा, छविलाल बिक र कान्छाराम तमांङ रहेका छन |साथइ भेलाले १५ मे २०११ भित्र क्षेत्रिय समितीहरु दुबई, अलेन र आबुधावी गठनका लागी क्रमस केन्द्रिय सद्स्यहरु तारानाथ फुयाल, मणि लामा र नेत्र बहादुर केसीलाई सम्योजकको जिम्बेवारी सुम्पेको छ भने १ जून २०११ भित्र सारज, अमनकुईन, रसेल्खेमा र अजमान क्षेत्रिय समितिहरु गठन गर्ने निर्णय पनि गरेको छ ।
भेलामा शुभकामना मन्तब्य तथा नबगठित कार्यसमितिलाई बधाई दिदै नेपाली जनप्रगतिसिल मन्च यूएइ केन्द्रिय समितीका सल्लहकार पितम्बर पोखरेलले शान्ति र सम्विधान विरुद्द प्रतिक्रियावादी, देशी विदेसी दलालहरुले बिभिन्न खोचे थापेर शान्ति प्रक्रियाको मुख्य पाटो सेना समायोजना हुन नदिने बिभिन्न बाहानामा संविधान सभा बिघटन गरि रास्ट्रपती शासन लागु गर्ने जस्ता दुसाहस गर्न खोजेकोले जनताका दुस्मनहरुको यस्ता षड्यन्त्रहरुको पर्दाफस गर्दै यिनीहरुलाई नांङेझारपारी जनस्तर सम्म पुरयाउन जन स्वयंमसेबक गठन र परिचालन गर्ने पाटी निर्णय भएकोले सोही निर्णयलाई कार्यनयन गर्न साथै युएईमा श्रम गरि रहेका सम्पूर्ण प्रबासी नेपाली हरुमा परि आउने सबै किसिमका समस्यलाई छिटो छरितो ढंगले समाधान गर्न र गराउन जनस्वयंम सेवक समिति युएई गठन गर्नुपरेको प्रस्ट परेका थिय।
त्यसै गरी सहभागिहरुलाई सम्बोधन गर्दै नबगठित कार्यसमितिका अध्यक्ष सालीकराम सुबेदिले मजदुरहरुको हक हित र सुरक्षाका लागि अहिले सम्म प्रबासमा कुनै पनि सँघ संगठन निर्माण हुन नसकेको र निर्माण भयका केही सिमित सँघ संगठनले पनि प्रभाबकारी ढंगले काम गर्न नसकेको अवस्थामा जन स्व्यंसेबक समिती गठन गर्नु परेको स्पस्ट पार्दै श्रम शोषक दलाल र मजदुर माराहरुलाई तह लगाउन र श्रमिक हक हित र अधिकारका पक्षमा निरन्तर खबर्दारी गर्दै संघर्सलाई थप उचाइमा पुर्याउन यूएइका हरेक क्षत्र र ईलाकाहरुमा संगठनको ब्यापक उपस्थिती बनाउदै लैजाने र आफुले पायको जिम्बेवारि इमानदारिका साथ पुरा गर्ने प्रतिबधता ब्यक्त गरेका थिय।

कार्यक्रम आयोजक समितिका सम्योजक पिताम्बर पोखेरेलको सभापतित्व र कृष्ण भाटको सन्चालनमा भयको उक्त कार्यक्रममा केन्द्रिय सद्स्य रमेश गिरीले शुभकामना मन्तब्य दियका थिय भने संगठनका महासचिव श्याम परीयार केन्द्रिय सद्स्य मिलन लिम्बु नेपाली समाज युएईका कोसाध्यक्ष मधुकर बेल्बासे नेपाली मगर् संघ युएईका भुपु अध्यक्ष हरि घर्तीमगर र रास्ट्रिय जुडो खेलाडी खेम राना मगर् लगायतले पनि आ आफ्नो बिचार राखेका थिय। विशेस कारणबस कार्यक्रममा उपस्थित हुन नसकेका मन्चका अध्यक्ष उत्तम अधिकारी उपाध्यक्ष दिपक बोहोरा सचिब तारानाथ न्यौपाने र स्याङ्जाली समाज युएईका अध्यक्ष चन्द्र रोकाले व्यस्तताका कारण उपस्थित हुन नपाएपनि निर्वाचित कार्य समितिलाई कार्य सफलताको शुभकामना दियका थिय। | दिनको ४ बजे सुरु भएको क्रायक्रममा दुबई सारजाह रसईलखेमा र अजमानबाट पनि प्रतिनिधिमुलक सभागिता रहेको थियो। कार्यक्रममा जनवादी गायक ओम भट्टराइले हाम्रो नेपाल जिन्दवाद! हाम्रो गणतन्त्र जिन्दवाद ! हाम्रो जनसम्विधान.. जिन्दवाद ! बोलको गीतले उपस्थित सबै लाई भाबुक बनायको थियो |
त्यसै गरि यूएई भरि नै स्थानीय स्तरमा अनुकुलता हेरी बिभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाउने मंचको केन्द्रीय समितिको निर्णय बमोजिम दुबई र दुबई नेशनलसिटिमा समेत १२२ औ मजदुर दिबस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइयको छ मे १ का दिन दुबई नेशनलसिटीमा मंचका केन्द्रीय उपाध्यक्ष दीपक बोहोराको उपस्थितिमा कार्यक्रम संम्पन्न भएको थियो भने , दुबईमा प्रगतिसिल यातायात मजदुर मन्चको आयोजनामा बिबिध कार्यक्रम सहित १२२ औ मजदुर दिबस सम्पन्न भयको थियो।

0 comments:

Post a Comment