शुभकामना

शुभकामना

नेपाली जनताको महान जनयुद्ध र ऐतिहासिक जनअन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई सम्पूर्ण श्रमजिबी मजदुर बर्गको पक्षमा स्थापित गराउन जनताको संघिय गणतन्त्र नेपालको शुनिश्चितता धर्म निरपेक्ष्यता समानुपातिक र समाबेशी प्रतिनिधित्वको ग्यारेन्टी सहितको जनसंबिधान निर्माण र दिर्घकालिन शान्ति कायम रहनेगरी शान्ति प्रकृयालाई तार्किक निस्कर्समा पुर्याइ जनमुक्ती सेनाको सम्मानजनक समायोजन र नेपाली सेनाको लोकतान्त्रिकरणको पक्षयमा जनमत जुटाउदै मजदुर हकहित र अधिकारका लागि कुनै पनि खाले संघर्सका लागि संसारभरी छरियर रहेका सम्पूर्ण श्रमजिबी मजदुरहरु एकै ठाउमा गोलबध हुनु आजको आवस्यकता हो, हाम्रो देसको अहिलेको अली बिसिस्ट परीबेसमा मजदुर दिबस मनाउदै गर्दा संबिधान सभाबाट श्रमिकहरुका हकहित र अधिकार सुनिस्चित गर्नका लागि निरन्तर संघर्स गर्दै सम्पूर्ण श्रमजिबी बर्ग एकै ठाउमा लामबध हुनु र निरन्तर खबरदारी गर्नु आज हामी सबैको प्रमुख जिम्बेवारि हो। २१ौ सतब्दिको आजको युग सुहाउदो नयाँ श्रम सम्झौता लागु गयाउन या बिस्व श्रम कानुन अनुसार सम्पूर्ण मजदुर बर्गले पाउनपर्ने सेवा सुबिधाका बारेमा ससक्त ढंगले संघर्स गर्दै सम्पूर्ण शोषित पिढित श्रमजिबी मजदुर बर्गको मुक्तिका लागि जस्तो सुकै त्याग र बलिदान दिन पनि तयार रहन आजको दिनले हामी सबै लाई नयाँ उर्जा र जोस प्रदान गरोस, बिस्व भरी चलिरहेका श्रमजिबी मजदुरहरुका सम्पूर्ण जायज आन्दोलन र संघर्सहरुमा पूर्ण समर्थन र एक्यबधता जाहेर गर्दै संयुक्त अरब एमिरेट्समा रहेका सम्पूर्ण श्रमजिबी मजदुर हरुको साझा संगठन नेपाली जनप्रगतिसिल मन्च यूएइ १२२ औ मजदुर दिबसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना साथै रातो सलाम अर्पण गर्दछ।
क्रान्तिकारी अभिबादन सहित!

उत्तम अधिकारी
अध्यक्ष

श्याम परियर
महासचिब

जनप्रगतिसिल मन्च केन्द्रिय समिती संयुक्त अरब एमिरेट्स


0 comments:

Post a Comment