नर्थक्यारोलिनामाँ स्वर्गीय राजनेता द्वय श्री गिरिजाप्रसाद कोइराला तथा श्री कृष्णप्रसाद भट्टराइको स्मृतिमा श्रद्धांजलि सभा


हालै यस नर्थ क्यारोलिना जन सम्पर्क समितिले स्वर्गीय राजनेता द्वय श्री गिरिजा प्रसाद कोइराला तथा श्री कृष्ण प्रसाद भट्टराइको स्मृतिमा श्रद्धांजलि सभा आयोजना गरेको थियो |
नेपाल जन संपर्क समिति नर्थ क्यारोलिना का सभापति श्री मोहन चन्द्र बरालको सभापतित्व माँ भएको यस कार्यक्रम माँ पूर्व प्रधान मंत्री यबम नेपाली कांग्रेस सभापति द्वयको तस्बिरमा पुष्प गुच्छा अर्पण सहित मौन धारण गरि प्रारम्भ भएको थियो | कार्य क्रमका प्रमुख अतिथि पूर्व सभामुख , मंत्री तथा नेपाली कांग्रेसका मह़ामंत्री श्री तारानाथ रानाभाट ले यस भूमिमा आई तपाई हरु माझ घुलमिल हुन पाउदा खुसिको अनुभूति भएको छ भने महान नेता प्रति श्रद्धांजलि अर्पण गर्दा स्मृति माँ आउने उहाहरुको अभाब ले अति दुःख पनि लागेको छ भन्नु भयो | नेपाल र नेपालीको गर्व गर्नेले पृथ्वी नारायण शाह लाइ समझनै पर्छ , ब्रिटिश उपनिबेश हुन बाट बचाउन जंग बहादुर शाह को भूमिका थियो भने मह़ानायक बिस्शेस्वर प्रसाद कोइराला को युग महत्वपूर्ण र संघर्सशील प्रजातांत्रिक अभियान को सफलताको अबाधि रह्यो भन्नु भयो | राजा महेंद्र ले निरंकुश युग को सूत्रपात गरेकोले स्वोर्गीय गणेशमान सिंह , गिरिजा प्रसाद कोइराला तथा कृष्ण प्रसाद भट्टराइ को संघर्स शील , गरिमामय यबम सफल युग को थालानी इतिहास माँ स्वोर्ण युगले सदा स्मरण गरिने भन्नुभयो |
पंचायती काल र माओबादी आतंक को बेला नेपाली जनताको रगत्मा होली खेलियो तर शिवजिले बिष पिए जस्तै नेपाली कांग्रेस ले बिष पिएर गरेको संघर्ष ले अंतत सत्त्यको बिजय भई माओबादी लाई मूल्धारमा ल्याई शान्तिको सूत्र पात गर्यो भन्दै पार्टीको हितलाई भन्दा राष्ट्र को सर्बोपरी कल्याण लाइ महत्वो दिने पछिल्लो निति ले सेना र हतियार समेतको माओबादिलाई सत्ता दिनुपर्ने स्थितिले कांग्रेसलाई थोरै कमजोर बनायको छ पनि भन्नुभयो |
सेना र हतियार सहितको माओबादी ले कसरी प्रजातान्त्रिक संबिधान दिन सक्छ भन्ने प्रश्न गर्दै मूख्य अतिथि श्री रानाभाटले प्रजातंत्र को रक्ष्या र संबर्धन गर्न फेरी यक चोटी कांग्रेस ले नेतृत्व लिन आबश्यक छ | यसमा सबैको योगदान र सहयोग हुन पर्यो भन्नु भयो |
मियो दरो चाहियो, घुम्टो खपटियको छ ,सूझबुझ सहित दृढ संकल्प र सक्ति ले अघि बढ्नु पर्दछ भन्नु भयो|
दृढ प्रतिबद्धता र सबल गिरिजा बाबुको नेतृत्व र किसुनजिको धैर्यता ,शांत तथा ,निष्कलंक आदर्श नेतृत्व हाम्रो प्रेरणा र शक्तिका श्रोत बनेको बेला राष्ट्र राष्ट्रीयता र प्रजातंत्र जोगाउन सबैखाले गुट उपगुट नभनी एकजुट भई नेपाल र नेपाली को गौरब जोगाउने तथा बढाउने कार्य माँ लाग्न गर्न सबै स्वदेशका यबम बिदेशका नेपालिहरुलाई अपील गर्नु भयो |
नेपाली जनसंपर्क समिति अमेरिका का संयोजक श्री खगेन्द्र जी . सी . द्वारा प्रेषित सन्देश माँ महान सपूत यबम राजनेता द्वय को चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धांजलि आर्पण गर्नु हुनको साथै स्वर्गीय नेता द्वयले देखाएको बाटोमा अघि बढ्दै सहमति , एकता यबम सहकार्यको मार्ग निर्देशन माँ अघि बडन सबैलाई आग्रह गर्दै कार्यक्रमको पूर्ण सफलता को कामना गर्नु भयो |
नेपाली जनसंपर्क समिति अमेरिका का केंद्रीय सदस्य श्री सानुबाबू सिलवाल ले महान सपूत यबम राजनेता द्वय को चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धांजलि आर्पण गर्नु हुनको साथै बिदेश माँ बसेर मेहनत गरेर स्वोर्गीय महानायक बिश्वेशोर प्रसाद कोइराला ले प्रतिपादन गरेकै गास बास कपास र सुन्दर परिवार को संघर्ष मा लाग्नुको को अलावा कोई कोई बाट राजनीति लाई दुरुपयोग गर्ने प्रयास भएको छ , गुट बंदी र भ्रम सृजन गरिएको छ यो राम्रो सुरुवात होइन येसबाट सतर्क रहन आबह्वान गर्नु भयो |
हामीलाई हाम्रै मातृभूमि प्यारो छ | हामी फर्कन चाहन्छौ तर हाम्रा समश्या लाई पार्टी र सरकारले अझै समादान गर्न सकेन | दरो नेतृत्व र लोभ पाप रहितको नायकको तडकारो महशूस भएको छ भन्दै प्रबास माँ हामी कडा मेहनत गरेर पनि बिल तीर्न धौ धौ पर्ने अबस्था छ भन्नुभयो |
सभापति श्री मोहन चन्द्र बरालले यस सभाको पहिलो सत्रको बिसर्जन को क्रममा नेपालका राष्ट्रीय नेता द्वय को अबशान बाट राष्ट्रले ठूलो क्ष्यति ब्येहोर्न परेको पक्कैहो भन्दै अब यस्ता नेता पैदा गर्न युगले धेरै पर्खनु पर्ने छ भन्नु भयो | निजले बर्तवान अबस्थाका शासक हरुले यस्ता महापुरुष बाट धेरै सिक्दै सक्कली राजनेता बन्न दरिलो अभ्यास गर्न आजका दिनले प्रेरणा देओस भन्दै मृत आत्मा को चिर सांति र मुक्तिको कामना सहित हार्दिक श्रंद्धांजलि ब्यक्त गर्नु भयो |
यस समितिले श्रद्धांजलि सभा आयोजना गरेकोमा खुसी ब्येक्त गर्दै डा. दीपेन्द्र अर्यालले नया नेतृत्व को रुपमा श्री गिरिजा प्रसाद कोइराला ले प्रतिपादन गरेको कार्यकर्ता मुखी राजनीति र श्री कृष्ण प्रसाद भट्टराई ले गरेको तरुण दल स्थापना बाट कांग्रेस ले यौटा छुट्टै प्रकारको पहिचान र आधार प्रतिस्थापन गर्न सकेको , यौटा पार्टी हित र बिकास माँ जुझारू नेता र आर्को सहनशील ,शांत यबम निष्कलंक नेता ले कांग्रेस को प्रतिस्ठा बृद्धि गर्न सफल भएको माँ भाबी पुस्ताले गौरब र प्रेरणा लीनै पर्दछ भन्नु भयो|
सल्लाहकार डा . हरिहर भट्टराई ले स्वागत मनतब्य प्रकट गर्दै अबको प्रजातंत्र पुन बादरको हातको नारिवल बन्न नपावस भन्दै स्वोर्गीय नेता द्वय माँ हार्दिक श्रद्धांजलि ब्यक्त गर्नु भयो |
अर्का सल्लाहकार श्रीमती माधबी भट्ट ले हार्दिक श्रद्धांजलि ब्यक्त गर्दै महान नेताहरुको आदर्श र बिचारबाट हामी ले प्रेरणा लिनुपर्छ भन्नुभयो | हामिकहा नेताको अभाब हुनुहुदैन , बर्तवान नेताहरूले राजनेता बन्ने क्ष्येमता राख्नुहुन्छ तर तेसलाई ब्येबहारमा उतारने अभ्यास र आट गर्नुहोस भन्नु भयो |
आज प्रबास माँ आकर्षित हुने नेटवोर्कको बिगबिगी बढेको छ तर हामी नेपालमानै आफ्नो क्ष्येमता उपयोग गर्न अति इच्छुक छौ तर सोको उपयुक्त बाताबरण तैयार पारिदिनुपर्यो भन्दै यस कार्यक्रम माँ सहयोग पुर्याउने सबैलाई हार्दिक धन्यबाद दिनुभयो |
आजको कार्यक्रम श्री सुरेन्द्र सामंतले संचालन गर्नुभएको थियो | निजले परमादर्नीय राजनेताको जीवन र आदर्श बाट सबैलाई शान्ति ,सद्भाब र मेलमिलापको प्रेरणा मिलोस भन्ने सुभेच्क्ष्या राख्दै कार्यक्रम सफलताको कामना सहित प्रेषित कोलोराडो च्याप्टर का सभापति श्री बिश्वोनाथ भंडारी तथा न्यूयोर्क च्याप्टर का संयोजक श्री कृष्ण प्रसाद पोखरेल को सुभकामना सन्देश पनि पढेर सुनाउनु भएको थियो |
हाम्रा मित्र डा. श्रीकांत अधिकारी , डा. श्री बटु शर्मा , श्री सुभाष अधिकारी, श्री आदर्श आचार्य तथा श्री स्वोतंत्र कट्टेल ले कार्यक्रम सफलताको निमित्तशुभ कामना पठाउनु भएको थियो |
कार्य क्रम को दोश्रो सत्र अंतर्क्रिया माँ बिभिन्न मित्रहरुको जिज्ञाशाको प्रमुख अतिथि पूर्व सभामुख , मंत्री तथा नेपाली कांग्रेसका मह़ामंत्री श्री तारानाथ रानाभाट बाट प्रतिउत्तर दिईयको थियो | यो कार्यक्रम करीब यक घंटा संम संचालन भयको थियो |
मोहन चन्द्र बराल
सभापति
जनसंपर्क समिति
नर्थ क्यारोलिना ,अमेरिका

0 comments:

Post a Comment