सनफ्रान्सिस्को, २८ जनवरी ।

स्वागत कार्यक्रमकै क्रममा सम्पन्न अन्तरक्रियामा पत्रकारहरुले मुलुकको अवस्थाका बारेमा आ–आफ्नो धारणा पनि प्रकट गरेका थिए । पत्रकार कोइरालाले राजनीतिक नेताका बारेमा केही बोल्न र राजनीतिका बारेमा टिप्पणी गर्न आलश्य लाग्ने जानकारी गराउँदै ‘नेताहरुमा इमान्दारी नै छैन, जो आफ्ना कामप्रति इमान्दार छैनन् उनीहरुका बारे बोलेर के समय खर्च गरिरहनु’ भन्नुभएको थियो ।
क्यालिफोर्नियाको बे–एरियामा रहेका नेपाली सञ्चारकर्मीहरुले शुक्रबार चार नेपाली युवा पत्रकारको सम्मानमा एक कार्यक्रमको आयोजना गरे ।
अमेरिकी विदेश मन्त्रालयको निमन्त्रणामा अन्तर्राष्ट्रिय पर्यटक नेतृत्व कार्यक्रम (आइभीएलपी) अन्तरगत नेपाली पत्रकारहरु यहाँ आएका हुन् ।
आइभीएलपी कार्यक्रम अन्तरगत अमेरिका आएका पत्रकारहरुमा रिपव्लिका दैनिकका सुमिना कार्की र गिरीश गिरी, हिमाल पाक्षिककी शैली बस्नेत र हिमालयन अनलाइनका केशव कोइराला हुनुहुन्छ ।
समाचारपत्रहरु पहिला–पहिला विकास र कर्मचारीको पदोन्नति आदिका समाचारमा सीमित हुन्थे, तर आज विभिन्न संवेदनशील विषयमा पनि कलम चलाउने गरिरहेका छन् भन्नुभयो ।
पत्रकार बस्नेतले युवा वर्ग मुलुकबाट पलायन हुने गरेकोमा चिन्ता पोख्नुभयो भने कार्कीले विगतको अनुपातमा अहिले प्रेस स्वतन्त्रतामा केही सुधार भएको जनाउँदै प्रजातन्त्र नरहे प्रेस जगतको विकास हुन नसक्ने टिप्पणी गर्नुभयो ।
anilmelvin@hotmail.com
0 comments:
Post a Comment