नेपाली समाज रोमको प्रेस बिज्ञप्ति
मिति १६ जनवरी २०११ मा बसेको नेपाली समाज रोमको कार्यसमितिको बैठकले इटालीमा खुलेको कागज ( flussi) को बारेमा नेपालमा रहनु भएको नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई जानकारी गराउन यो प्रेस बिज्ञप्ति जारी गर्दछ।
१) इटालीमा ( working visa ) को लागि कागज खुलेको कुरा सहि भएपनि यस बिषयलाई लिएर गरिएका प्रचारबाजिहरुमा कुनै सत्यता नभएको जानकारी गर्दछौ ।
२) इटालीको लागि working visa मा आउनु भन्दा पहिला यहाको स्थितिको बारेमा राम्रो संग जानकारी लिनको लागि पनि अनुरोध गर्दछौ।
क) इटालीको राष्ट्र भाषा इटालियन भएकोले इटालियन भाषाको ज्ञान बिना काम पाहुना गाह्रो छ।
ख) आर्थिक मन्दीका कारण कामका अवसरहरु एकदमै नियुन छन्. जसको कारण लामो समय काम नगरी बस्नु पर्ने बाध्यता पनि हुन सक्छ ।
ग) बिशेष गरि इटालीको राजधानी रोम अत्यन्त महँगो र बिदेशीहरुले भरिभराउ भएकोले बस्ने ठाउँ को समस्या पनि रहेको छ'।
घ ) यहाको महिनाको खर्च लगभग ५०० यूरो को हाराहारीमा छ भने काम पाहिहाले पनि कमाई सरदरमा १००० यूरो देखि १५०० सम्म हुन्छ । अपबाधमा कसैले बढी कमाई गर्न पनि सक्ने छन् भने कामको अवसरहरुको अभाबमा survive हुनको लागि पनि गाह्रो पर्न सक्छ।
३) नेपालबाट सुन्नमा आएको monthly १४०० यूरो कमाई हुँने भन्ने कुरामा कुनै आधार नभएको र यस्ता कुराहरुको बहकाउमा नलाग्नु हुन र यसको बारेमा बृस्तित जानकारीहरु नेपाली समाज रोमलाइ प्रभाह गरि सहयोग र आधिकारिकता पुस्टि गर्नको लागि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक अनुरोध गर्दछौ।
पुनस्च :-
४) यहाँ आउनु भन्दा पहिला यहाको बारेमा राम्रोसंग बुज्न अनुरोध गर्दछौ जसले गर्दा तपाईहरुलाई भबिष्यमा पछुताउनु पर्ने छैन।
बिष्णुप्रसाद शर्मा
सचिव
नेपाली समाज रोम , इटाली
0 comments:
Post a Comment