घन प्रसाद दबाडी समुह
चुनावी घोषणा पत्र
(नेपाली असोसियसन अफ नर्दन क्यालिफोर्निया २०११ /२०१२)
“सामाजिक बिकाशकालागि सामुदायिक एकता”, यो हाम्रो चुनावी नारा मात्र होईन, हाम्रो सपना हो, आजको आवश्यक्ता हो।अन्य अमेरिकी समुदायको तुलनामा नेपाली समुदाय निकै पिछडिएको यो कटु सत्यले मलाइ झैँ सबै स्वाभिमानी नेपालीलाई पोलेकै हुनु पर्छ। हामी पिछ्डिनुको कारण धेरै छन् ता पनि हाम्रो, आवश्यक सूचनाको अभाव, अमेरिकाले पस्केका अनगिन्ती सुअवसरहरुलाई नचिन्नु र सो को सदुपयोग गर्न नसक्नुको लगायत सामुदायिक एकता, सद्भाव र भाइचाराको अभाव नै आज नेपाली समुदायको सबैबन्दा ठुला चुनौतीहरु हुन भन्ने मलाइ लागेको छ। नेपाली समाजलाई एन ए एन सी को मार्फतबाट सङगठित रुपमा ल्याउन जुन सत्प्रायशको थालनी गरियो, सो प्रशसनिय मात्र होईन, स्तुत्य पनि छ। यसर्थ यस सस्थाका सस्थापकहरु बिगतमा यस सस्थाको लागि आफ्नो तन मन र धन ले सहयोग पुर्याउने सम्पुर्ण भद्र महिला तथा सज्जन व्रिन्दलाई हृदय देखि सम्मान गर्दै यहाहरुको आशिर्वादको अपेक्षा राखेको छु।
उत्तर क्यालिफोर्निया निवाशी नेपालीहरुको छाता सङठनको रुपमा एन ए एन सि लाइ हामिले दावी गरिरहे पनि बिगत धेरै बर्ष देखि बिबिध कारणले प्रजातान्त्रिक तरिकाले चुनाव हुन सकेको थिएन । गत २००८ मा कार्यरत श्री नविन अधिकारीको नेत्रित्वमा गठित कार्य समितिले उदाहरणिय प्रजातान्त्रिक अभ्यास थालनी गरेकोमा म र मेरो समुहले सम्बन्धित कार्यसमितिलाई सम्मानपुर्वक धन्यवाद दिन चाहान्छ। यसै प्रजातान्त्रिक प्रक्रियालाई निरन्तरता दिदै प्रजातन्त्र, मानव अधिकार र सामाजिक न्यायको तिर्स्थलको रुपमा रहेको यो महान राष्ट्र अमेरिकाको उत्तर क्यालिफोर्नियामा २०११ जनवरी १५मा हुन गैरहेको यो एन ए एन सी को चुनावमा अध्यक्षको उम्मेदवारको रुपमा यहाहरु समक्ष आफुलाई राख्न पाउदा मलाइ गौरव लागेको छ।बिगत २००४ देखि म उत्तर क्यालिफोर्नियामा रहे पनि कतिपय दाजु भाई दिदि बहिनीहरुलाई मैले प्रत्यक्ष भेटेर भलाकुशारी गर्न नपाएको हुँदा मेरो छोटो परिचय दिने चेष्टा गरेको छु। माता केशरीमाया दबाडी तथा पिता चेतनाथ दबाडीको कान्छो छोरोको रुपमा अप्रिल १९६६मा मेरो जन्म भएको हो। मेरो प्ररम्भिक शिक्षा, मेरो जन्मस्थल जौबारी गोर्खामा स्थित परोपकार आदर्श मा बी मा भएको हो। तत्पस्चात मैले त्रिचन्द्र कलेजबाट स्नातक गरेँ । यसका साथै नेत्रित्व बिकास कार्यक्रम् , कार्यकारी अधिक्रित तालिम कार्यक्रम् अन्तर्गत महत्वपुर्ण तालीमहरु लिने सुअवसर पनि पाए जसले मेरो काम, व्यवशाय र सामाजिक सेवाका कार्यमा ठुलो सहयोग पुर्याइरहेको छ।
१९८७ देखि १९८८ सम्म शिक्षकको हैसियतले सेवा गरे भने १९९१ देखि १९९४ सम्म पान नेपाल ट्राभल्स यन्ड टूर्स मा व्यबस्थपकको पदमा रही काम गरे। १९९५ देखि २००४ सम्म ट्रान्सवेज कार्गो सर्भिस को म्यानेजिङ डाइरेक्टरको रुपमा कार्यरत रहेँ । हाल म क्यालिफोर्नियामा ‘मेमोअर्स’ नामक व्यवशायिक फर्मको प्रेसिडेन्टको हैसियतले काम गर्दै आइरहेको छु। म निम्न सामाजिक संघ सस्थामा क्रियाशिल थिएँ ।
प्रेसिडेन्ट -२००२ -२००३-लायनस क्लब अफ मेरिगोल्ड काठमाण्डु ( डिस्ट्रिक् ३२५ ए )
जोन चिअर म्यान् २००३ -२००४ -लायन्स क्लव इन्टर न्यास्नल , डिस्ट्रिक् ३२५ ए
सभापति -अनुशासन समिति राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल २००२/२००३
आजिवन सदश्य -सामाजिक विकाशका लागि सहयोगी हात हरु
पुरष्कार तथा सम्मान
सम्मान पत्र गोरखा समाज सेवा केन्द्र, २००२
सम्मान पत्र- ह्याण्डी क्राफ्ट असोसियसन, नेपाल, २००३
पुरष्कार तथा सम्मान पत्र- राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल, २००३
मैले जापान, जर्मनी, इङ्ल्याण्ड, थाइल्याण्ड, फिलिपिन्स, चाइना, भारत, सिंगापुर जस्ता महत्वपुर्ण मुलुकहरुको भ्रमण गर्ने मौका पाए, जस्ले संसारलाई बहुआयामिक दृष्टिले हेर्ने मौका पाएको छु। हाल अमेरिकामा पनि बिबिध सामाजिक गतिबिधिमा सँलग्न छु। बिभिन्न कार्यक्रमहरुको सभापतित्व, सदश्य सचिव, उदघोषक तथा चन्दादाताको रुपमा नेपाली समुदायलाई निस्वार्थ सहयोग पुर्याउने इमान्दारीका साथ् प्रयाश गरेको छु। अब म अदरणिय उत्तर क्यालिफोर्निय निवाशी दाजु भाई दिदि बहिनी हरुको माझ एन ए एन सी को माध्यम बाट यी मेरा सम्पुर्ण योग्यता, अनुभव र भावनाहरु नेपाली समुदायको सर्वोत्तम हितका लागि सदुपयोग गर्न चाहन्छु।
यो मेरो सत्प्रयाशमा समाजका अग्रजहरु, सामुदायिक नेताहरु, भिभिन्न जातजातिका आदर्णिय मित्रहरु , विद्यार्थी , युवा र आमा दिदि बहिनीहरुको हार्दिकता र आशिर्वाद प्राप्त छ। मेरो चुनावी प्यानल पूर्ण प्रजातान्त्रिक भावना राख्ने, सामाजिक न्यायको पक्षधर र समावेशी छ। तसर्थ यो प्रयासलाई एकताको प्रतिक को रुपमा हेरी म र मेरो ससक्त समुहलाई अत्याधिक मतले बिजयी गराएर नेपाली समाजको सकारात्मक परिवर्तनमा सघाउन हार्दिक अपिल गर्दछु। यी बिचमा मैले कुनै पनि दाजु भाई दिदि बहिनीहरुलाई जान अन्जानमा चित्त दुखाएको भए हार्दिक क्षमा याचना गर्दै मलाइ सहयोग गर्न निवेदन गर्दछु।
हाम्रो विजय पछि हाम्रो कार्य समितिले ल्याउने व्यवहारिक कार्यक्रमहरु निम्न छन्
१. एन ए एन सी ले बिगतमा सुरु गरेका सकारात्मक तथा उपयोगी कार्यक्रमहरुलाई निरन्तरता दिईने छ।
२. उत्तर क्यालिफोर्नियामा प्रथम पटक आगमन गर्ने विध्यार्थी तथा अन्य नेपाली दाजु भाई दिदि बहिनी हरुलाई तत्कालिन, सल्लाह, सुझाव दिनकासाथै काम तथा आवसको लागि सहयोग गर्ने
३. उत्तर क्यालिफोर्नियाको छाता संगठनको रुपमा रहेको यो सस्थाले यहाँ कार्यरत अन्य सामिजिक संघ सस्था हरु सँग समन्वय गरि विविध संयुक्त कार्यक्रमहरु ल्याउने जस्तै यस क्षेत्रमा हुने कार्यक्रमहरुको वार्षिक क्यालेण्डर बनाउने, सामुदायिक केन्द्रको लागि प्रयास तिब्र पारिने, सामुहिक कार्यालय सन्चालन गर्ने, आदि
४. कार्यकालको सम्पुर्ण कार्यक्रमहरुको झलक जनाउने बिबरण, महत्वपुर्ण तस्वीरहरु तथा उपयोगी तथा जानकारी मुलक सूचनाहरु, अध्यबधिक तथ्यांक तथा साहित्यिक सामाग्रीहरु समावेश भएको एक उच्च स्तरिय स्मारिका प्रकाशन गरिने छ।
५. नेपाली भाषा र सस्क्रितीको बिकाशका लागि कार्यरत समुहहरु तथा संघ सस्थाहरु लाई सघाउदै एन ए एन सी को तर्फबाट नेपाली बाल बालिका तथा अन्य रुची राख्ने व्यक्तीहरुको लागि बिशेष कक्षा तथा सिबिरहरु सन्चालन गरिने छ।
६. पस्चीम अमेरिकामा कार्यरत अन्य नेपाली संघ सस्थाहरु लाई मिलाएर पश्चिम अमेरिका नेपाली महासंघ बनाउन पहल गरी नेत्रित्वदायी भूमिका खेल्ने।
७. अमेरिकामा कार्यरत डोनर हरुसँग सझेदारी गर्दै उत्तर क्यालिफोर्निया निवाशी नेपालीहरु र नेपालमा रहेका पिछडिएका समुह तथा समुदायहरुको हितमा तत्कालिन तथा दिर्घकालिन श्रीजनात्मक कार्यक्रमहरु ल्याइने छ।
८. नेपाली परिवारमा बिध्यमान स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता बिबिध समस्याहरु समाधान गर्न सहयोग पुर्याउन एक उच्च स्तरिय समिति बनाइने छ।
९. माथि उल्लेखित बाहेक अन्य कार्यक्रम हरु ल्याउने माग आएमा, समाजको माग आवश्यक्ता र सस्थाको श्रोत हेरेर ल्याउन सकिने छ।
President अध्यक्ष
Ghan Prasad Dabadi घन प्रसाद दबाडी
First Vice President प्रथम उपाध्यक्ष
Dinesh Pokharel दिनेश पोखरेल
Second Vice President द्वितिय उपाध्यक्ष
Chandra Bahadur Sherchan चन्द्र बहादुर सेरचन
General Secretary महासचिव
Surendra Malla सुरेन्द्र मल्ल
Secretary सचिव
Sushil Phuyal सुशिल फुयाल
Treasurer कोषाध्यक्ष
Prem Bahadur Lama प्रेम बहादुर लामा
Member सदस्य
Shrijana Upreti श्रीजना उप्रेती
Member सदस्य
Suraj Gurung सुरज गुरुङ
Member सदस्य
Ramraj Pokharel रामराज पोखरेल
Member सदस्य
Sangita Sharma संगिता शर्मा
Member सदस्य
Shree Ramkaji Khadka श्रीराम काजी खड्का
Member सदस्य
Neharuraj Giri नेहरुराज गिरी
Member सदस्य
Chandra Gurung चन्द्र गुरुङ
0 comments:
Post a Comment