नर्थ क्यारोलिना राज्यको ग्रीन्स्बोरो शहरमा हालै एक नेपालीको दु:खद निधन भएको छ |निज को नाम रबिन्द्र केसी ,लोक प्रचलित नाम रबी हो |
काठमान्डुको सिफल बाट विद्यार्थी भिशा मा १५ बर्ष देखि अमेरिका अाई बसेका निज ले आफूलाई कानूनीरुपमा योग्य बनाउन यहाँ एक अमेरिकी कंन्या लाई धर्मपुत्री बनाए का थिए |उनैकी आमा लाई मासिकी बुझाउदै आएका रबी को नेपालमा एक श्रीमती थीइन | राणाकालीन सर्संगतमा हुर्केबडेकी निजको खर्चालु प्रब्रिति र आमा को खर्च धान्न उसलाई 15/16 घण्टा काम गर्नु पर्ने कुरा उनका मित्र तथा TNCसदश्य श्री रोशन श्रेष्ठबताउनु हुन्छ |यसरी खर्च धानी पढाई चालु राख्न मुश्किल परेको उनलाई गलत शंका को भरमा नेपालकी श्रीमतीले सम्बन्ध बिक्ष्येद गरिदिएपछिनिजको दैनिकचर्यामा दैनिकरुपमा परिवर्तन आउँदैथियो |अली उदाशीन यबम बडि मादक पदार्थ सेवन गर्ने लत बडेर गएको उनमा जोश जागर घट्दै गएको कुरा समेत निकटका मित्र निज रोशन श्रेष्ठ ले बताउनु भयो |
निज श्रेष्ठ ले संगै बस्ने अफ्रिकी मित्र घर आउँदा निज रबी भर्र्याङ्मा झुन्डिएर आत्महत्त्या गरेको खबर ले अत्येन्त मर्माहत भएको बेदना सुनाउदै एही नोवेम्बरको आन्तिम साता मा भुटानि परिवारको बिहे समारोहमा नेपाली राष्ट्रिय पोशाकमा सजिएर सबैसँग हातमिलाऊदै हिंडेका आतिमिलन्सार सहयोगी निज रबिन्द्र केसी को अन्तीम औपचारिक जमघट येहीभयेको कुरा
बताउनु भयो |बुवा पहिल्यै स्वर्गबास भैसकेका र अमेरिकामै भएर पनि छोरा सँग बाट अलग बस्दै आएकी निजकी आमा हाल ग्रीन्स्बोरोमा अाइपुगेकी र बहिनिको भिसा लागि अमेरिका आउने प्रकृयामा भएकाले लाश् शब गृहमा रखिएको छ |म्रितक को शरीर मा मृत्यु पत्र भएको तर प्रहरिले गोप्य राखेको भन्ने अपुस्ठ समाचार पनि बाहिर आएको छ|
निजको आत्मा को चिर शान्ती तथा उन्मुक्तिको हार्दिक कामना गर्दै शोकसन्तप्त परिवार तथा अन्य प्रीयजन प्रति हार्दिक समबेदना प्रकट गर्दछौ |
मोहनचन्द्र बराल
तथा जनसंपर्क समिती परिवार
नर्थ क्यारोलिना ,अमेरिका
0 comments:
Post a Comment