एन आर एन ए पोल्यान्डको दसैं तथा दिपावली शुभकामना आदान प्रदान कार्यक्रम १७ अक्टोबर २०१०

एनआरएन पोल्याण्डले दशैं तिहार कार्यक्रम गर्ने भएको छ । उसले आगामी १७ अक्टोबरमा वारसवामा कार्यक्रम गर्न लागेको हो ।




गैर आवासीय नेपाली संघ पोल्यान्ड
दर्ता नम्बर KRS000331895/2009(Poland )
मिती ०५- १०-२०१०

बिजया दशमी एबम शुभ दीपावली २०६७ को पावन अवसरमा देश तथा बिदेशमा रहने संपूर्ण नेपालीहरुमा सु -स्वास्थ्य ,शान्ति एबम प्रगतिको हार्दिक मगलमय शुभकामना ।

यस् गैर आवासीय नेपाली संघ पोल्यान्डले बिगतका वर्ष झै यस् वर्ष पनि नेपाली हरुको महान चाड विजया दशमी एवम नेपाल पर्यटन वर्ष २०११ को प्रचार प्रसारको अवसर पारेर नेपाली भेट्घाट तथा शुभकामना आदान प्रदान कार्यक्रम अक्टोबर १७ गते आईतवार वारसवा (Warsaw) मा गर्न लागेको जानकारी गराउदछौ । अत: नेपालीहरुको महान चाड बड़ा दशैं एवम शुभ दिपावली २०६७ को पावन अवसरमा एन आर एन ए पोल्यान्डद्दारा नेपाली भेटघाट तथा शुभ-कामना आदान प्रदान कार्यक्रम २०६७ को आयोजना गरिएको हुदा मान्यजनबाट टीका ,जमरा ग्रहण र आशिर्बाद लिनुका साथै एक आपसमा शुभ -कामना आदान प्रदान गर्ने कार्यक्रम रहेको हुनाले निम्न मिति,स्थान र समयमा उपस्थित भईदिनु हुन पोल्यान्डबासी संपूर्ण नेपालीहरुमा एन आर एन ए पोल्यान्ड सादर निमन्त्रणा गर्दछ ।



(नोट :उक्त अवसरमा एन आर एन ए पोल्यान्डको साधारण सदस्यहरुलाई परिचय पत्र बितरण गरिने जानकारी पनि गराउदछौ )



मिति १७ अक्टोबर २०१०
स्थान ul. Emilii plater9/11 Warsaw Mandala
समय दिनको ठीक २ बजे






मित्र लाल पार्दे
बोधराज सुबेदी
सचिब गैर आवासीय नेपाली संघ पोल्यान्ड
अध्यक्ष गैर आवासीय नेपाली संघ पोल्यान्ड

0 comments:

Post a Comment