त्यसैगरी नेपाल जापान तमाङ मैत्री समाजका अनिल तमाङ, शेर्पा संघ जापानका पासाङ शेर्पा, मगर सेवा समिती टोकाइ जापानका राजु राना मगर,थकाली सेवा समीती तोकाई जापानका चन्द्र शेरचन, नेपाली जनप्रगतिशील मोर्चाका प्रकाश नेउपाने, रास्ट्रिय जनमुक्ति पार्टी जापानका पेम्बा शेर्पा र नेपाल जापान बौद्ध संघ जापानका प्रतिनधिहरूबाट शुभकामना मन्तव्य ब्यक्त गरिएको थियो। प्रमुख वक्ताको रूपमा वोल्दै प्रमुख अतिथी केबी मगरले आदिवासी जनजातीहरूका मागप्रति समयमै राज्यका हरेक संयन्त्रहरू सकारात्मक हुन अपील गर्दै नेपालका ठूला दलहरूले जनजातीका मुद्दाहरू आफ्ना दलिय स्वार्थका लागी मात्र उठाएकाले जनजातीहरूको हातमा अधिकार नआएको हो भन्दै आदीबासी जनजातीको अधिकार र समानुपातिक प्रतीनीधीको ब्यबस्था सहीतको नयाँ संबिधान आजको आबस्यकता हो र यो बिनाको नयाँ नेपाल र नयाँ संबिधान अपुरा र अमान्ने हुने भन्दै संबिधान निर्माणकर्तालाई यसबारे सजक रहन आग्रह गर्नुभएको थियो भने नेपाली रास्ट्रिय गीत र आदिवासी जनजाती गीत बजाउदा उपस्थीत सबैमा राष्ट्र र राष्ट्रियता प्रतिको जिम्बेवारी र माया तरङ्गीत भएको देखिन्थियो भने ज्ञात अज्ञात सहीद प्रतीको मौनधारन गर्दा हरेक कसैको अनुहारमा सहीद प्रतीको सम्मान देखिन्थियो ।कार्यक्रमको सभापति श्री सुर्य तमाङले आदीबासी हक अधिकारको लागी हामी सबै अगाडी बढनुपर्ने र सरकारलाई यस बारेमा ढबाब दिनुपर्ने कुराको बिकल्प नरहेको जानकारी दिदै उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो।कार्यक्रम महासचीब बिरेन्द्र शेरचनले आदीबासी जनजाती आन्दोलनको बारेमा प्रकासपर्दै कुशल सन्चालन गर्नुभएको थियो । 
१६ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम सहित भव्यताका साथ सम्पन्न
१४ अगस्त , २०१० टोयोटा जापान
आदिवासी जनजाती महासंघ टोकाई जापानको आयोजनामा १६ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम सहित भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम संयोजक राजु राना मगरले नेपाल र नेपालीको बिशेषता र अवस्थाको बारेमा लेखेको कबिताको बाचनगरी उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रम सन्चालनकोलागी महासचिब बिरेन्द्र शेरचनलाई माइक हस्तान्तरन गर्नु भएको थियो। संघका अध्यक्ष सूर्य तामाङज्यूको सभापतित्व र आदिवासी जनजाती महासंघ जापानका केन्द्रिय अध्यक्ष केबी मगरको प्रमुख आतिथ्यता रहेको यस कार्यक्रमको आरम्भ विभिन्न एकल जातीय संघ संस्थाका प्रतिनिधीहरूबाट जातीय भेषभुषामा विभिन्न नाराका व्यानरहरू सहित मंचमा प्रवेश गरेर नारा लगाएका थिए । कार्यक्रमको उदघाटन प्रमुख अतिथी केबी मगर र सभापतिबाट गरिएको थियो भने संस्थाको तर्फबाट ज्ञान पुन मगरले स्वागत मन्तव्य गर्नु भएको थियो ।
0 comments:
Post a Comment