नेपाली जनप्रगतिसिल मन्च यूएइको साधारण भेला सम्पन्न


तारानाथ न्यौपाने
यूएइ
उत्तम अधिकारीको अध्यक्षतामा १९ सदस्सिय केन्द्रिय समिती पुनर्गठन गर्दै नेपाली जनप्रगतिशील मन्च यूएइको साधारण भेला गत शुक्रबार बरदुबइमा सम्पन्न भयको छ । केन्द्रिय समिति अध्यक्ष लगायत केहि सदस्यहरु नेपाल फर्कने क्रममा देखापरेको पद रिक्ततालाई पूर्णता दिने सचिबालय समितिको निर्णय बमोजिम सम्पन्न बिस्तारित भेलाले सर्बसम्मत १९ सदस्य केंद्रीय समिति पुनर्गठन गरेको हो ।जसनुसार नया केंद्रीय कार्यसमितिमा उपाध्यक्ष, महासचिब, सचिब र कोषाध्यक्ष क्रमस: बसन्तराज पोखरेल,श्याम परीयार, तारानाथ न्यौपाने र रामचन्द्र डंगोल रहेका छन भने सदस्यहरुमा हरीकृष्ण पन्थी, कृष्ण भाट, शम्भू वाईबा,मिलन लिम्बू, समर बहादुर खत्री, अर्जुन भुषाल, राजू रोक्का, एकेन्द्र थापा, प्रकाश रायमाझी, दीपक शाह, राजेश खडका, नीमकान्त पाण्डे र भोला बी.क. रहेका छन। तेसैगरी सोही भेलाले पीताम्बर पोखरेल ,भीमदत्त पौडेल, चन्द्र रोक्का ,रबिरमण अधिकारी ,मोहन के.सी. र सुर्यकान्त सेढाई रहने गरी ६ सदस्सिय सल्लाहकार समिति पनी चयन गरेको छ।
भेलालाई संबोधन गर्दै नवनिर्वाचित अध्यक्ष उत्तम अधिकारीले लाखौको संख्यामा रहेका प्रवासी नेपालीहरु माझ संगठनले बिगतमा बनाएको क्रन्तिकारी पहिचानलाई आफ्नो नेत्रित्व कालमा पनि सम्पूर्ण प्रवासी श्रमजिबी नेपालीहरुको पक्षमा अझ उचाईमा स्थापित गर्ने अठोटका साथ सबैको उचित सहयोग र सल्लाहको अपेक्षा रहेको बिचार ब्यक्त गर्दै नेपालको राजनैतिक तरलतालाई सहमतिको आधारमा सामाधान खोज्नुपर्ने र सहमतिको बिकल्प नरहेको बिचार ब्यक्त गरेका थिय।
त्यसैगरी अफ्नो बिचार राख्दै उपा-अध्यक्ष बसन्त पोखरेलले सर्बसम्मत चुनिएको यस कार्यसमितिले आगामी दिनमा नया उमंग र हार्दिकताका साथ प्रवासको सबै भन्दा शक्तिशाली संगठनको रुपमा स्थापित हुने बिश्वाश ब्यक्त गरेका थिय। सोही अवसरमा मन्चका महासचिब श्याम परियारले प्रबासमा छरियर रहेका सम्पूर्ण प्रगतिशील प्रवासीनेपालीहरुलाई संगठित बनाएर लैजान पुनर्गठित नया कार्यसमितिले बिशेष कार्यक्रम र योजना लिएर युएई भरिनै पुग्ने बिश्वास दिलाउदै बिदेसिको ईसारामा जनमतबाट तिरस्क्रित गठबन्धन सरकारको आयु लम्ब्याउनु भन्दा जनताको मतलाई आधार बनाएर सहमतिको आधारमा नया सरकार गठन गरी देशको बिद्दमान राजनैतिक संकटलाई हटाउनु पर्ने बिचार राखेका थिय।
नया केंद्रीय कार्यसमितिलाई केंद्रीय सल्लाहाकार पीताम्बर पोखरेलले सफल कार्यकालको शुभकामना दियका थिए भने आबूधाबी क्षेत्रीय समिति अध्यक्ष ढाल बहादुर राउत र दुबइ क्षेत्रीय समिति अध्यक्ष हेमन्त पौडेलले पनि संगठनले अगामि दिनमा प्रवासी नेपालीको पक्षमा सशक्त रुपमा काम गर्ने बिश्वाश ब्यक्त गर्दै योजना कार्यन्वायनमा आफुहरू सकृय भयर लागिपर्ने प्रतिबधता ब्यक्त गरेका थिय|
भेलाको अध्यक्षता उत्तम अधिकारिले गरेका थिय भने कार्यक्रम सन्चालन श्याम पारीयारले गरेका थिय।
भेला समापन लगतै बसेको नबगठित कार्यसमितिको बैठकले महान जनयुध र एतिहासिक जनाअन्दोलनबाट प्राप्त संघियता, धर्मनिरपेक्षता र गणतन्त्रका बिरुधमा यहाँ हुने गरेका बिभिन्न खाले गतिबिधी हरुको बिरोध गर्दै संघियता गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा प्रबासबाट एउटै मत बनाउन सबैलाई अपिल समेत गरेको छ।


0 comments:

Post a Comment