दुर्घटनामा परेका गोपाल तामाङलाई साउदीका नेपालीहरुले लगभग दुइ लाख अडचालिस हजार आर्थिक सहयोग गरे

Chij Kumar Shrestha

भोजपुर जिल्ला, भोजपुर गाविस वडा नं. ९ घर भई हाल साउदी अरवको अरवियन फाल कम्पनी रास तनुरा रिफाइनरीमा कार्यरत गोपाल तामाङको गत मे महिना को ७ तारिक शुक्रबारका दिन रहिमा जाने क्रममा बिच बाटोमा अर्को कम्पनीको लोडर र कारमा ठोकिन पुगि दुर्घटना भयो । दुर्घटनामा परि टाउको, हात र गोडामा गम्भिर चोट लागेको छ। दुर्घटना पश्चात तुरुन्तै हस्पिटल लगियो । हातमा १० टाँका, गोडामा ५ टाँका र टाउकोमा ३ टाँका गरि १८ टाँका लगाइएको छ ।

"साँच्चिकै भन्ने हो भगवानले हात थापेको हो, गोपाल तामाङलाई" भन्नुहुन्छ रामकृष्ण गिरी । अहिले हस्पिटलबाट अरवियन फाल कम्पनीको जोहीमा क्याम्प रुम नं. २४ मा राखिएको छ । चाडै नै कम्पनीले नेपाल पठाउने तयारी गरिरहेको छ ।

यो दुर्घटना पश्चात नेपाल फर्कन लागेका तामाङलाई साउदी अरेवियाको अरवियन फाल कम्पनीका मन भएका नेपालीहरुको जमात तथा अन्य मुलुकका नागरिकहरु श्रीलंकन, फिलिपिनाहरु लगायत अन्य केही कम्पनीहरुबाट दु:खमा साथ दिने नेपालीहरुको एकता साउदीमा स्पष्ट देखिएको छ । उनलाई उपचार गर्ने खर्च जुटाउँन लागि परेका सवै नेपालीहरु विशेषत: जोएमा क्याम्पका रामकृष्ण गिरी, सुरेश थापा, प्रताप, मान, दिल, रविन, विजय, त्यस्तै तनाजीवबाट कोर्डिनेट गर्नुहुने प्रेम केसी तथा विश्वनाथ, जुवेलवाट सहयोग गर्नुहुने, जुवेल क्याम्पका नेपालीहरु, अस्याद इ का नेपालीहरु, अबकेक अरवियन फालबाट कोर्डिनेट गर्नुहुने दिपक, उधलियाबाट कोर्डिनेट गर्नुहुने कमल उप्रेती, रेसम थापा, तथा डेना एम वि एस कम्पनीबाट सहयोगको हात बढाउँन निकै इच्छुक लेख क्षेत्री साँच्चै नेपालीहरुको अनुकरणीय उदाहरण भित्र पर्दछन् । उहाँहरु सवैलाई नेपालअरव डट कमको तर्फबाट धन्यवाद दिन चाहन्छौं ।

जम्मा संकलन गरिएको साउदी रियल १२,४०० लगभग नेपाली रुपैयाँ दुइ लाख अडचालिस हजार (२,४८,०००) पीडितलाई यही जुन २५, २०१० तारिकका दिन अरवियन फाल कम्पनी जोहिमा क्याम्पमा नेपालीहरुको तर्फवाट रामकृष्ण गिरी तथा सुरेस थापा द्धारा संकलित रुपैयाँ हस्तान्तरण गरियो ।

================================================================ FINANCIAL SUPPORT FOR MR. GOPAL TAMANG On behalf of Arabian Fal Company & other Company All Nepalese, Indian, Philippines & Srilankan employees, we would like to thank of all you for your generous donated to Mr. Gopal Tamang Falco # 13137 for his financial supported to him. Your commitment to helping in our Friend Mr. Gopal Tamang is sincerely appreciated so Once again thank to all of you for your generous donation.Thanks you-Arabian Fal Company - Juaymah Camp Nepali ================================================================








कस कसले कति कति सहयोग गरे हेर्न यहाँ क्लीक गर्नुहोस् ।



--

0 comments:

Post a Comment