जुन २५ २०१०, नेपाल पर्यटन वर्ष २०११ को पूर्वसन्ध्यामा क्यालिफोर्निया क्षेत्रमा सकि्रय नेपाली संस्थाहरुको आयोजनामा आगामी जुलाई २४ र २५ तारिखका दिन सनप्रुा_िन्सस्कोमा नेपाल महोत्सव २०१० को आयोजना हुदैछ । महोत्सव मनोराजनको स्रोत हो तर यो आनन्दका लागि मात्र आयोजना हुन लागिरहेको छैन । मेलामा व्यापार पनि हुने गर्छ तर यो महोत्सवमा किनबेच मात्र हुने छैन । उत्सवमा नागरिकहरुको उपस्थिति हुने गर्छ तर यस मेलामा भावना शून्य मानवको भीड मात्र जम्मा हुने छैन । यस महोत्सवमा आनन्द व्यापार र नेपालीत्व पहिचान तथा उत्थानको परम उद्देश्य पनि समाहित छ । यस महोत्सवमा सहभागी हुन आउने हरेक नेपालीले आपुू नेपाली भएकोमा गर्व गर्नेछ र गौरवान्वित हुने सभ्यतालाई संस्कारका रुपमा आत्मसात् गर्ने अवसर पनि पाउने छ ।
महोत्सवका सहभागी तथा अतिथिहरुका लागि मनोराजनका विविध प्रकार तयार पारिने छन् । स्थानीय अमेरिकी तथा नेपालीहरुबीच मित्रताको विकास नेपाल चिनाउने विशेषता तथा क्षमताका बारेमा ज्ञान खाना र संस्कृतिको परिकारसम्बन्धी जानकारी महोत्सवको उद्देश्य रहने छ ।
क्यालिफोर्नियाको गृष्म ऋतुलाई मनोराजनपूर्ण मध्यान्तरका साथ मनाउन आयोजित यो महोत्सव ओकल्याण्डको ल्यानी कलेजमा आयोजना हुनेछ । शहरको मध्यभागबाट सजिलै हिडेर पुगिने र बाहिरी भागबाट आउने व्यक्तिहरुका लागि पनि बार्टलगायत १० भन्दा बढी बस लाइनको सेवा उपलब्ध हुने भएका कारण महोत्सव स्थल सबैका लागि पायक पर्ने विश्वास हामी आयोजकहरुको रहेको छ ।
म्ाहोत्सवको प्रमुख रोमााचक पक्षका रुपमा गीत संगीत र नृत्यका जीवन्त तथा कलात्मक आकर्षण समाहित हुनेछन् । स्लाइड तथा भिडियो प्रदर्शनी नेपाली तथा अन्तर्राष्ट्रिय खाद्य परिकार बालबालिकाका लागि विशेष कार्यक्रम र व्यापार मेलामा पनि सहभागी हुन सकिने छ । विशेष योग्यता र क्षमता देखाउने सहभागीहरुलाई राफल पुरस्कार ट्रफी तक्मा र प्रमाणपत्रहरुको पनि व्यवस्था रहेको छ महोत्सवलाई साँच्चिकै उत्सव बनाउन र सामाजिक एवं मानवीय पक्ष उद्घाटन गर्न नेपालमा लाइन आई हस्पिटल तथा बालगृह साचालन गरिएको थियो भने अमेरिकाको क्यालिफोर्नियामा भोका व्यक्तिका लागि करी विउदाउट वरी नामको कार्यक्रमअन्तरगत निशुल्क भोजन वितरण र युवा नेतृत्व विकासको कार्यक्रमको आयोजना गरिएको थियो । ती कार्यक्रममा योगदान पुर् याउने र उत्कृष्ट प्रतिभा देखाउने व्यक्तिहरुलाई महोत्सवमा सम्मान गर्ने पनि कार्यक्रम रहेको छ ।
यस ऐतिहासिक नेपाल महोत्सवमा सहभागी हुन नेपालीत्व प्रदर्शन गर्न र त्यसको आन्ान्द उठाउन हामी सम्पूर्ण नेपाली तथा नेपाली भाषी दिदी-बहिनी तथा दाजु-भाइमा सादर आमन्त्रण गर्दछौं । खासगरी नेपाल र नेपाली पनको पहिचानका लागि बालबालिकाका लागि विशेष अवसर हुने भएकाले उनीहरुलाई नछुटाउन हार्दिक अनुरोध गछौ ।
निष्कर्षमा सम्पूर्ण नेपाली परिवारलाई नै हाम्रो विनीत आमन्त्रण छ ।
स्थानः लेनी कलेज ९०० फालोन स्ट्रिट ओकल्याण्ड क्यालिफोर्निया ।
समयः विहान ११ देखि साँझ ६ बजे ।
प्रवेश शुल्कः ५ डलर प्रतिव्यक्ति-प्रति दिन ।
आयोजक
हाम्रो समाज डट नेट,
न्न्सी
कि्रएटिभ नेपाल युथ क्लब
नाफका
एनएजिसी, द ह्वाइट जोन
लायन्स इन्टरनेसनल
मदरल्याण्ड नेपाल
0 comments:
Post a Comment