जुन ६ गते नेपाल जन सम्पर्क समिति, नार्थकरोलिना को दोश्रो अधिबेसन सभाका सभापति श्री मोहन चन्द्र बरालको सभापतित्वमा सम्पन्न भएको छ !
लामो अन्तरालमा भब्बेरुपमा सुसम्पन्न भएको यस अधिबेसनको उद्दघाटन प्रमुख अथिति एबं पूर्व सभापति श्री आनन्द बिष्ट ले गर्नुभएको थियो !
खुल्ला एबं सौहार्दरुपमा सम्पन्न यस अधिबेअसन मा उद्घाटन भासण गर्दै श्री आनन्द बिष्ट ले नेपाली कांग्रेस को गौरबमय परम्परा ,इतिहास र नीतिनिर्देशन द्वारा सम्पोषित एबं मार्गनिर्देसित येस् जन सम्पर्क समिति ले बिदेसमा रहे बसेका सबै नेपाली लाई एकताको यौटै प्लेटफोर्म मा आबद्ध गरि यकापस मा भाइचाराको सम्बन्ध घनिभुत बनाई चौतर्फी बिकासमा सक्दो योगदान पुर्याउन सक्नुपर्छ भन्नुभयो!
अर्का बिशेस अथिति सह संयोजक श्री बेद प्रसाद खरेल ले यो (जन सम्पर्क समिति) सस्था ले बिदेसमा स्थापना हुदा र तेस्पछिका चरण हरुमा भए सहेका मार्मिक घटनाहरुको स्मरण गराउदै तेसबाट पाठ सिक्दै सकारात्मक पक्ष लाई अंगिकार गर्दै सशक्त डंग ले अगिबडन आग्रह गर्दै एसको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो !
यस नार्थकरोलिना यिकाईका सस्थापक एबं वर्तमान केन्द्रीय अधिबेसन तयारी समितिका सदस्य श्री सानुबाबु सिलवालले स्वर्गीय महामानब बि .पी कोइराला ले प्रतिपादन गरेको जनसम्पर्क समितिले आज पर्यन्त बिदेसमा कठिनतम परिस्थति को सामना गरेर भएपनि एसको अस्मिता र गौरब बढाउने अनबरत प्रयास जारी गर्दै संगठनात्मक सुद्रिदीकरण तथा विस्तारमा निस्कन्टक रुपले अघि बढेको कुरा गर्वकासाथ प्रस्तुत गर्नु भयो.
यस उद्घाटन कार्यक्रमको बिसर्जनगर्ने क्रममा मन्तब्बे प्रकटगर्दै सभापति श्री मोहन चन्द्र बरालले यस समितिको कार्यनीति यबं कार्यक्षेत्र राजनीतिक भन्दा बढी सामाजिक अर्थात यस समुदाएको हित र उत्थान मा बडिसे बढी केन्द्रित हुनुपर्ने भन्दै आफु ले यस राज्य मा जन सम्पर्क समिति को सशक्त र संगठित इकाई निर्माण गर्न लागेकोले यसमा कसैले शंका उपशंका नगरी एकताबद्ध भै डटेर अघिबड्न आग्रह गर्नु भयो!
यसरि अधिबेसनको समुद्द्घाटन गराउन पाउदा हर्सले गदगद हुदै यस समिति का सहसचिब डा. बटु शर्मा ले यस समारोहमा आउनुहुने सम्पूर्ण लाई हार्दिक स्वागत गर्नु भएको थियो
यस सस्था को विकास मा युवा हरुको पूर्ण सहयोग हुने भन्दै यस समिति को महत्तो र अन्तर सम्बन्द का बारेमा समितिका सदस्य श्री सुरेन्द्र सामन्त ले प्रकाश पार्नु भएको थियो!
उद्घाटन का बेला प्रज्जोलित द्विप कहिल्लेई ननिभ्ने गरि सदै प्रज्जोलित भई रहोस,यस्तरहले यस समितिलाई उत्तरोत्तर उन्नति र प्रगतिको शुभकामना दिन्छु भन्दै अर्का सदस्य श्रीमती माधवी भट्ट को छन्दबद्ध यबं लयात्मक प्रस्तुति ले समारोहको गरिमा थपेको थियो!
यस कार्येक्रमको संचालन सचिब डा.श्रीकान्त अधिकारीले गर्नुभएको थियो! निजको स्तरीय ,क्रमबद्ध एबं ओजपूर्ण प्रस्तुति यस कार्येक्रम को आकार्सन को सुन्दर पक्ष बनेको थियो.
अन्त्यमा यस उद्घाटन कार्यक्रम मा हरतरहले सहयोग गर्नुहुने सम्पूर्णलाई सभापति श्री मोहन चन्द्र बराल ले धन्यबाद दिनुभएको थियो!
यस अधिबेसन ले तपसिलबमोजिमका कार्येकारिणी बोर्ड को सर्ब सम्मति ले चयन गरेको छ!
सभापति : श्री मोहन चन्द्र बराल
उप सभापति: श्री नरेश ठकुरी
उप सभापति" श्रीमती गीता पाण्डे
सचिब : डा.श्रीकान्त अधिकारी
कोषाद्धक्ष्य :श्री ठाकुर पन्त
सहसचिब :डा. बटु शर्मा
सदस्य :: श्रीमती शोभा भट्ट
सदस्य :श्री सुरेन्द्र सामन्त
सदस्य :श्री आदर्श आचार्य
सदस्य :श्री प्रकाश आचार्य
सदस्य :श्री सुभाश अधिकारी
सदस्य :डा. दिपेन्द्र अर्याल
सदस्य :श्री श्याम अर्याल
सल्लाकार:
डा .हरिहर भट्टराई
डा. सुमन लम्साल
श्रीमती माधवी भट्ट
महाधिबेशन प्रतिनिधिहरु:
श्री सानु बाबु सिलवाल
श्री मोहन चन्द्र बराल
डा. श्रीकान्त अधिकारी
डा. बटु शर्मा
श्री सुभाश अधिकारी
श्री सुरेन्द्र सामन्त
श्री ठाकुर पन्त
श्रीमती माधवी भट्ट
श्री श्याम अर्याल
श्री आदर्श आचार्य
डा. दीपेन्द्र अर्याल
श्री उद्दार शर्मा
0 comments:
Post a Comment