बौद्ध धर्मको मूख्य उद्देश्यनै शान्ति र समानता

३० मे, २०१० । आइचीकेनको सुन्दर नगरी नागोयाको तोकुरिन्जि मन्दिरमा नेपाल जापान बौद्ध संघ जापानको आयोजनामा प्रत्येक बर्ष मनाइने गरेको बुद्धजयन्ती यसबर्ष पनि धर्म गुरू हिडोनोवु थाकावका प्रमुख अतिथी र नेपाल आदिवासी जनजाती महासंघ जापानका केन्द्रिय अध्यक्ष खिम बुढा मगरको विशेष आतिथ्यतामा एक समारोहकाबिच सम्पन्न भयो । कार्यक्रममको आरभ्भ १०८ वटा दिप प्रज्वलन गर्दै शान्तिको कामनाबाट भएको थियो ।
संस्थाका उपाध्यक्ष फुर्पा शेर्पाको सभापतित्व भएको उक्त कार्यकरममा विभिन्न संघ संस्थाहरूको अतिथी आशन ग्रहण रहेको थियो ।
प्रमुख अतिथि हिडोनोवु थाकावका र विशेष अतिथी खिम बुढा मगरबाट समुदघाटन गरिएको उक्त २५५४ औं बुद्धजयन्ती समारोहमा उपस्थित महानुभावहरुलाई संस्थाका उपाध्यक्ष राजु राना मगरले स्वागत मन्तब्य दिनुभएको थियो । मन्तव्यमा श्री राना मगरले शान्ति कायम गर्ने जिम्मेवार पाएका दलका नेताहरूको कारणले नै देशमा शान्ति आउन नसकेको ठोकुवा गर्नु हुदै एक पल्ट गौतम बुद्धको उपदेशलाइ सम्झन आग्रह गर्नु भयो । उहांले स्वागत मन्तव्य भन्दा आकर्षकरूपमा शान्ति आएन शिर्षकमा कविता वाचन गर्नु भएको थियो ।
यसै गरी मन्तव्य दिदै विशेष अतिथी खिम बुढा मगरले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै भगवान गौतम बुद्ध नेपाल जन्मेको कुरा यथार्थ हुँदाहुँदैं पनि बिश्व परिवेशमा अझै भ्रम बाँकी रहेकोमा दुख प्रकट गर्नु भएको थियो । नेपाल धर्मनिरपेक्ष राज्यकोरुपमा स्थापित भएपनि ब्यवहारत: त्यो लागू हुन नसकेको जिकिर गर्दै अगाडि भन्नुभयो - दशैंमा १५-१५ दिन बिदा दिईनु यसको एउटा बलियो उदाहरण हो भन्नुहुँदैं राज्यले कुनैपनि धर्मको पक्षपोषण गर्नु गलत भएकोले यस्तो असमान ब्यवहार तुरुन्त रोकिनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथिको आसनबाट श्रद्धेय धर्मगुरु हिडोनोवु थाकावकाले बौद्ध धर्म र दर्शनको ब्याख्या गर्नुहुँदैं बौद्ध धर्मको मूख्य उद्देश्यनै शान्ति र समानता हो र मानवजगतमा शान्ति र समानता बिना पूर्णता प्राप्त नहुने भएकोले हामी सबै मिलेर नेपाल लगायत समग्र बिश्वलाई नै शान्तिमय बनाउनु नै सच्चारुपमा भगवान बुद्धप्रतिको सम्मान हो भन्नुभयो । उहाँले यस्तो धार्मिक समारोहमा प्रमुख अतिथीको रूपमा भाग लिने सुअवसर दिएकोमा नेपाल जापान बौद्ध संघ जापानलाई हार्दिक धन्यबाद दिनुहुँदै बुद्ध पूजापाठको अन्त्यमा सेभेन सदनाको साथसाथमा वङ (शुभाशिर्बाद) ग्रहण गराउनुभएको थियो ।
अन्तमा सभपातिबाट सबैलाइ धन्यवाद दिदै समारोह विशर्जन गरि सबैलाइ प्रसादग्रहण गराउनु भएको थियो भने कार्यकरम संस्थाका महासचिव विरेन्द्र शेरचनबाट कुशल उदघोषण रहेको थियो ।

0 comments:

Post a Comment