युनिटी इन्टरन्यासनल नामको कम्पनीले नेट्वोर्कइङ ब्यवसायका नाममा मध्यपुर्बका यूएइ, कतार, बहराइन, साउदी अरब लगायतका मुलुकहरुमा काम गर्ने प्रबासी नेपालीहरुलाई बिभिन्न आशा र प्रलोभन देखाइ गैरकानुनी ढंगले करोडौ रकम निक्षेप संकलन गरी ठगि गरेको कुरा सर्बबिदित नै छ र अहिले बिभिन्न क्षेत्रबाट युनिटी लाईफ इन्टरन्यासनल कम्पनीको बैधानिकता माथि नै प्रश्न उठिरहेको साथै नेपाल सरकार अर्थ मन्त्रालय तथा मातहतका सबै सरकारी निकायले पनि हाल आयर युनिटी लाईफ इन्टरन्यासनल कम्पनीको कुनै पनि कानुनी मान्यता नभयको प्रस्ट पार्दै युनिटी लाइफ इन्टरन्यासनल अन्तर्गतका ३४ कम्पनीको बैंक खाता रोक्का गरेको , घरजग्गा, बायोडिजल, अस्पताल, डेरी, प्लाइउड उद्योग, डिटिएचलगायत युनिटी अन्तर्गतका सबै कम्पनी र व्यक्तिगत नामका खाता पनि रोक्का गरेको कुराहरु सार्वजनिक भैरहेका हुँदा खाडी स्थित सबै युनिटी सदस्यहरुको रकम फिर्ताको लागि बाताबरण बनाइ दिन सबै प्रबासी नेपालीहरुको तर्फबाट नेपाली जनप्रगतिसिल मन्च यू ए इ मध्यपुर्बका सबै नेपाली राजदुताबास समक्ष हार्दिक आग्रह गर्दछ।
क्रान्तिकारी अभिबादन सहित!!!
उत्तम अधिकारी
उपाध्यक्ष
नेपाली जनप्रगतिसिल मन्च यू ए इ
0 comments:
Post a Comment