काठमाडौँको राप्ती मेनपावरमार्फत मलेसिया पुगेका २१ नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरी कारागारमा राखेको छ । वैशाखको पहिलो साता मलेसिया उडेका आफूहरूलाई मलेसिया प्रहरीले पक्राउ गरेको त्यहाँ पुगेका सतासीधाम-७ का विष्णु रिजालले आफन्तलाई टेलिफोनमार्फत जानकारी गराएका छन् । नक्कली भिसा प्रयोग गरी वैदेशिक रोजगारीका लागि मलेसिया आएको आरोपमा उनीहरूलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।
झापाको बिर्तामोडस्थित सुपूर्व मेनपावरले काठमाडौँ पठाएका उनीहरू एक महिनापछि मलेसिया गएका थिए ।पक्राउ पर्नेमा झापा बुधबारेका न्यौपाने थरका एक युवासहित सतासीधाम-७ का छत्रबहादुर कार्की, होम आचार्य, विष्णुप्रसाद रिजाल र अन्य नाम खुल्न नसकेका व्यक्ति छन् ।कारागार परेका रिजालले ससुरा चिन्तामणि निरौलालाई फोन गरी आफूहरू क्वालालम्पुर विमानस्थलबाटै पक्राउ परेको जानकारी गराएका हुन् ।
ज्वाइँ रिजाललाई उद्धृत गर्दै चिन्तामणिले भने- ‘जेलमा छौँ, उद्धारका लागि पहल गरिदिनुस् ।’ रिजालले आफूहरू सुपूर्वका सञ्चालक शेषलाल चौधरीलाई जनही रु. एकलाख बुझाएर आएको बताएका छन् ।भगवती मावि व्याङडाँडाका पूर्वप्रधानाध्यापक खोदनाथ चापागाईंले फरार चौधरीको खोजीका लागि प्रहरीलाई अनुरोध गरिएको बताउनुभयो ।
चौधरीका आफन्त वीरेन्द्र राजवंशीले चौधरीले यसअघि पनि धेरै युवालाई ठगेको बताएका छन् ।
0 comments:
Post a Comment