एमाले जापान प्रवास कमिटी को १७ औं अधिवेशन जापान मा बसोबाश गर्ने लोकतन्त्रबादी नेपाली हरु लाई लाई समेटने उदेश्य का साथ नेपाली लोकतान्त्रिक मञ्च जापान को गठन गर्दै मे २ तारिख का दिन टोक्योको तोगोसी कोयन एभरेष्ट हलमा सम्पन्न भएको छ।उक्त अधिबेशन को उदघाटन मन्तब्य नेकपा एमाले का अध्यक्ष श्री झलनाथ खनाल ज्यु ले नेपाल बाट नै आधुनिक सुचना प्रबिधी को माध्यम बाट ब्यक्त गर्नु भएको थियो । भने उक्त अधिबेशन को उदघाट्न जापान प्रबाश कमिटी का सल्लाहाकार श्री सालीक राम भण्डारीज्यु ले पानस मा बत्ती बालेर गर्नु भएको थियो । कमिटीको पहिलो चरणमा भएको बन्दसत्र ले लोकतन्त्र प्रति समान धारणा राख्ने सबैलाई समेटेर लैजाने उद्देश्यले नयाँ संगठन नेपाल लोकतान्त्रिक मञ्च जापानको स्थापना गरी नयाँ कार्यसमिति गठन गरेको छ ।
नेपाल को लोकतन्त्र लाई सस्थागत गर्न , मानब अधिकार लाई प्रबर्धन र सम्बर्धन गर्नका लागि , नेपाल मा दिगो शान्ती स्थापना गर्दै नेपाल लाई आर्थिक रुपमा सम्पन्न गरी एक बिकशित नेपाल निर्माण मा महत्वपूर्ण भूमिका खल्ने उदेश्यका साथ यो मञ्च गठन भएको हो । नेकपा एमाले का सद्स्यहरु , समर्थक हरु शुभचिन्तकहरु ,र नेकपा एमाले लाई माया गर्ने सबै लोकतान्त्रिक बादी हरु यो मञ्च को सदस्य बन्न सक्नु हुनेछ । माथि उलेल्ख गरेका ४ वटा बिषय हरु , लोकतन्त्र ,शान्ती ,मानवअधिकार र बिकास पर्ती प्रतिबद जापान मा बसोबास गर्ने सबै नेपाली हरुलाई यस मञ्च मा सामेल गराउने महान लक्ष्य र उदेश्य का साथ यसको स्थापना भएको कुरा हामी सबै मा जानकारी गराउदछौ । कार्यक्रम को दोस्रो चरण मा भएको उक्त मञ्च को घोषणा सभाको सभापतित्व नेपाल लोकतान्त्रिक मञ्च जापानका अध्यक्ष डा. दिलिप चन्द्र घिमिरेलेगर्नु भएको थियो ।
प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङका साथै अन्य अतिथि एनआरएन जापानका अध्यक्ष भवन भट्ट, आदिवासी जनजातिका अध्यक्ष ध्रुव भट्टचन, नेसाजका अध्यक्ष सरोज कंडेल, ओनो जापानका अध्यक्ष रघुद्विप खड्का, जनसम्पर्क समिति जापानका उपाध्यक्ष चिरिञ्जीवी थापा, जनप्रगतशील मञ्च जापानका उपाध्यक्ष वेलु थापा, पिडिएनएफका भुषण घिमिरे, तामाङ संघका अध्यक्ष रेख व्लोन तामाङले नयाँ कार्य समितिलाई शुभकामना तथा बधाई दिनुभएको थियो । स्वागत मन्तव्य जीवन अर्यालले गर्नुभएको थियो भने स्वतन्त्र पौडेलले कार्यक्रम सञ्चालन गर्नुभर्को थियो ।नेपाल लोकतान्त्रिक मञ्च (एनडिएफ) जापानको नयाँ कार्य समितिमा अध्यक्ष डा. दिलिपचन्द्र घिमिरे, उपाध्यक्ष जीवन अर्याल, महासचिव स्वतन्त्र पौडेल सचिव मिलन घिमिरे, कोषाध्यक्ष सागर रिजाल र सदस्यहरूमा नवराज अधिकारी, दिनेशराज ज्ञवली, रामप्रसाद घले, दामोदर लम्साल, सृजना काफ्ले, महेन्द्र श्रेष्ठ, मोहन रायमाझी, पदम गुरूङ, महेन्द्र भण्डारी, केशव गिरी, जयराम पोख्रेल, टि.एन. घिमिरे हुनुहुन्छ ।सल्लाहकारहरूमा प्रमुख सल्लाहाकार डा. राजेन्द्र पराजुली, डा. राम गिरी, मेघराज नेपाल, डा. किशोर खनाल र धर्म लामा हुनुहुन्छ ।
यस्तै अनुशासन कमिटीमा धर्म लामा, डा. राजेन्द्र पराजुली र सरोज कंडेल हुनुहुन्छ ।




0 comments:
Post a Comment