तारानाथ न्यौपाने दुबइ
नेपाली नयाँ बर्ष २०६७ सालको उपलक्ष्यमा नेपाली जनप्रगतिसिल मन्च यू ए इ ले नयाँ बर्षको शुभकामना आदान-प्रदान तथा जनबादी बनभोज कार्यक्रम गत शुक्रवार अर्थात अपि्रल १६ तारिख २०१० का दिन सम्पन्न गरेको छ। मन्चमा सबैतिर संगठित भयका संगठनका संगठित सदस्यहरु बिच अझै राम्रो सम्बन्ध स्थापित गराउन, नयाँ-नयाँ साथीहरु बिच एक-अर्कामा परिचयात्मक कार्यक्रम सहीत बिभिन्न जनबादी कार्यक्रम साथै परिवारिक बातावरणमा बनभोज कार्यक्रम आयोजना गरी मन्चले सबै प्रबासी नेपालीहरुको तर्फबाट सबैलाई नयाँ बर्षको शुभकामना ब्यक्त गरेको छ।
मन्चका कार्यबाहक अध्यक्ष उत्तम अधिकारिको अध्यक्षतामा सम्पन्न भयको उक्त बनबोज तथा नयाँ बर्ष शुभकामना आदन प्रदान कार्यक्रममा उपस्थित सबैलाई संगठनको तर्फबाट संगठनका केन्द्रिय सचिब तारानाथ न्यौपानेले कार्यक्रममा स्वागत गर्दै नयाँ बर्षको उपलक्षमा शुभकामना ब्यक्त गर्नुभयको थियो । त्यसै गरी कार्यक्रममा स्वागत मन्तब्य राख्दै पत्रकार महसंघका उपाध्यक्ष खेमनाथ पौडेल, नेपाल दुबइ डट कमका संचालक अर्जुन दाहाल लगायतले पनि नयाँ बर्षको शुभकामना ब्यक्त गर्नु भयको थियो।
नयाँ बर्ष २०६७ सालको सुरुआतसगै बर्ष २०६६ मा पुराहुन नसकेका सबै सकारात्मक प्रयासहरु यो बर्षमा पुरा गर्न सकियोस हामी सबैको चाहना अनुसारको जनसंबिधान निर्माण गरी मुलुकमा दिर्घकालिन शान्ति सुब्यबस्था कायम गरी नयाँ नेपाल बनाउने दिसामा सबैलाई नयाँ उर्जाका साथ अघी बढने प्रेरणा मिलोस सबै नेपाली दाजुभाई दिदीबैनी तथा आमाबुवाहरुमा सुख शान्ति र सुस्वास्थ्यको कामना गर्दै नेपाली ईतिहासमै बर्ष २०६७ कोसेढुङ्गा सबित होस सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ कार्यक्रम लाई समापन गर्दै मन्चका कार्यबाहक अध्यक्ष उत्तम अधिकारी ले भन्नु भयो। कार्यक्रम संगठनका महासचिब श्याम पारीयारले सन्चालन गर्नुभयको थियो।
0 comments:
Post a Comment