राप्रपाका महामन्त्री खापुङ जापानमा
जापान, २० मार्च । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठनको रुपमा जापानमा काम गर्दै आएको प्रवासी नेपाली संगठन जापानको तेस्रो अधिवेशन तथा बृहत अन्तरक्रिया कार्यक्रम भोलि आईतबार जापानको तोगोसी क्वाईनमा हुने भएको छ । सोहि अधिवेशनमा सहभागी हुन नेपालदेखि राप्रपाका महामन्त्री परशुराम खापुङ तथा प्रवासी नेपाली संगठनका केन्द्रिय अध्यक्ष धरम कुमार गुरुङ लगायतका नेताहरु जापान आईसक्नु भएको छ । प्रनेसका अध्यक्ष टंक भण्डारी तथा महामन्त्री रघुदिप खड्काका अनुसार यस अधिवेशनले आगामी दुईबर्षको लागि नया कार्य समिति गठन गर्ने बताउनुभयो । कार्यक्रममा जापानका अन्य विभिन्न संघ संगठनका प्रतिनिधि तथा मिडियाकर्मीहरु सहभागी हुने बताउनुभएको छ । अधिवेशनमा नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने, देशमा शान्ति सुरक्षाको ग्यारेन्टी हुुनुपर्ने, हत्या हिंसाको बन्द गर्नुपर्ने र राष्ट्रवादी पार्टी जनताहरु एक भई सबै जनता सचेत हुनुपर्ने बिषयमा समेत बिशेष चर्चा हुने खड्काले बताउनुभएको छ ।
फोटो क्याप्सन ः अधिवेशनमा सहभागी हुन जापान आउनुभएका राप्रपाका महामन्त्री परशुराम खापुङलाई नारिता विमानस्थलमा पुष्पगुच्छाद्धारा स्वागत गर्दै प्रनेसका महासचिव रघुदिप खड्का ।
0 comments:
Post a Comment