लन्डन÷ प्रगतिशील नेपाली समाज बेलायतले बेलायतभर संगठन सुदृढीकरण तथा सदस्यता विस्तार गर्ने भएको छ ।
समाजका अध्यक्ष रणबहादुर केसीको अध्यक्षतामा आइतबार नमस्ते रेस्टुरेन्ट, प्लमस्टिडमा बसेको बैठकले सो निर्णय गरेको हो । समाजले आगामी तीन महिना सदस्यता वितरण र नवीकरण गर्ने, इकाइहरु गठन र पुनर्गठन गर्ने विशेष अभियान गर्ने बताएको छ ।
बैठकले एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सभासद गौरीशंकर खड्काको असामयिक निधन भएकोमा खड्काको आत्माको चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । समाजले बेलायतमा क्रियाशील विभिन्न संघ÷संस्थासित सहकार्य गर्दै बेलायतबासी नेपालीहरुलाई पर्दै आएको समस्या समाधानका लागि सहयोग गर्दै आएकोमा यस कार्यलाई निरन्तरता दिने भएको छ ।
नेपाल लामो समयसम्म राजनीतिक अनिर्णयको बन्दी भइरहेको उल्लेख गर्दै समाजले माओवादी र एमालेबीच भएको सात बुँदे सहमतिले नयाँ सरकार निर्माण भएको र देशमा सहमतिको राजनीति नयाँ शिराबाट शुरु भएकोमा नयाँ संविधान निर्माणका लागि सहयोग गर्न सबै नेपालीमा अपील गरेको छ ।
0 comments:
Post a Comment