अमेरिकाको पहिलो राजधानी तथा ऐतिहासिक शहर फिलाडेल्फियामा शुक्रबार नेपालको झण्डा फहराइएको छ । विशाल जनसहभागिता रहेको उक्त झण्डोत्तलन कार्यक्रममा उपस्थित जनसमूहलाई स्वागत गर्दै कार्यक्रमको उदघाटन फिलाडलफियाका मेयर माइकल नटरले गरेका थिए ।
आजदेखि तपाईंहरुको झण्डा यहाँ सदाका लागि फहराइरहेको हेर्न पाउँदा तपाईंहरुलाई आपुनो देशमा पुगेको महसुस हुनेछ भन्दै यो देश सबैको साझा देश हो भन्नुभयो । स्थानिय बेंजामिन फ्राङ्कलिन पार्कवेमा नेपालसहित विश्वका १९ देशका झण्डा थपिएको हो । उक्त पार्कवेमा बिहिबारसम्म अन्य ९० देशका झण्डा थिए ।
नेपालीले उक्त पार्क वेमा सन् २००१ देखि नेपालको झण्डा राख्ने प्रयास गर्दै आएको थियो । उक्त स्थानमा राष्ट्रिय झण्डा राखिनुलाई प्रतिष्ठा ठानिन्छ ।
गैर आवासिय नेपाली संघ, एनआरएन अमेरिका समन्वय समिति अध्यक्ष तथा फिलाडेल्फिया निवासी सुमनराज तिम्सिनाले भने - उक्त पार्कवेमा १ सय ९ देशका झण्डाबीच नेपालले स्थान पाउँदा धेरै खुसी लागेको छ ।
शुक्रबार नेपालसहित बंगलादेश, कम्बोडिया, कुवेत, ओमन, कतार आदिको झण्डा फहराइएको हो । ती झण्डाहरु नगरको सभागृह र फिलाडेल्फिया म्युजियम अफ आर्टसबीचको मार्ग छन् । ती झण्डाहरु सधैका लागि राखिएका हुन् ।
कार्यक्रममा Federal Judge, District Chief, Deputy Mayor, City council member लगायतका थुप्रै जनसहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय नेपाली विद्यार्थीहरु वर्षा मोक्तान प्रवीण रायमाझी सुशील पाखि्रन लगायतले राष्ट्रिय गीत गाउँदा उपस्थित जनसमूहको तालिले फिलाडलफिया गुजयमान भएको थियो । उक्त कार्यक्रममा उपस्थित स्थानीय समाजसेवी विनोद मोक्तानले प्रतिकि्रया दिँदै - यो कार्यक्रम हामी सबै नेपालीहरुका निम्ति अत्यन्तै खुशीका साथै गर्वको विषय भएको छ । यसले नेपाल र संयुक्त राज्य अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत पार्दै लानुका साथै अहिले Visit Nepal, 2011 को कार्यक्रम नेपालमा भव्यताका साथ मनाइरहेको बेलामा यस्तो विश्वभरिबाटै पर्यटकहरुले भ्रमण गर्ने स्थलमा भएको यस किसिमको समारोहले त्यसलाई धेरै ठूलो टेवा मिल्नेछ भन्ने पनि हामीले विश्वास लिएका छौं भन्नुभयो ।
नेपाली जनसम्पर्क तयारी समितिका केन्द्रीय सदस्य विमल मोक्तान एनआरएनका अध्यक्ष सुमन तिमल्सिना तामाङ सोसाइटीका अध्यक्ष भरत लामा मोक्तान सांस्कृतिक समाजका अध्यक्ष रिजत लामा स्याङ्तन स्थानीय समाजसेवी टेकमान तामाङ राजन निरौला लगायत स्थानीय विद्यार्थी व्यापारी समाजसेवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्थानीय फोटोग्राफर इश्वर तुलाधरले झण्डा निर्माणमा विशेष सहयोग पुर्याएको कुरा केन्द्रीय सदस्य विमल मोक्तान बताउनुहुन्छ।
जेहोस् यो भण्डोत्तलनको कार्यले सबै नेपालीमा खुशी र गर्व त छँदैछ साथ साथै बेलाबखतमा यो स्थानमा झण्डा अवलोकनका बेला नेपालप्रतिको माया र सम्झनालाई पनि यसले ताजा बनाउने काम गर्नेछ ।
0 comments:
Post a Comment