प्रगतिशील नेपाली समाज बेलायतले ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेकोमा संघर्षका कार्यक्रमसहित वार्षिक उत्सव मनाएको छ । यही १५ अगष्ट २०१० आइतवारका दिन ११ बजे एलान्सफर पिपुल्स राइट इन साउथ एसिया र प्रनेस बेलायतको आयोजनामा भारतीय विस्तारवादले भारतमा आफ्नै श्रमजीवि जनतामाथि विभिन्न वहानामा चलाएको वर्वर दमनको विरुद्धमा बेलायतस्थित भारतीय हाई कमिसन अल्डवीचमा विरोध ¥याली र सभा भएको थियो । विभिन्न भाइचारा संघ संगठनको व्यापक सहभागिता रहेको उक्त कार्यक्रममा प्रनेस बेलायतले साउथ इष्ट लण्डनदेखिे बस रिर्जभ गरी नेपालीहरुलाई व्यापक रुपमा सहभागी गराएको थियो । सो कार्यक्रममा बेलायतका विभिन्न स्थानहरुबाट जनसमुदायको उपस्थिति रहेको थियो । संयुक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष नविन सापकोटा, प्रनेस बेलायतका केन्द्रीय सल्लाहकार कर्ण शाही, एलायन्स फर पिपुल्स राइट इन साउथ एसियाका मन्सुर, श्रीलंकाका नयाँ दिशाका नाभालान, भारतीय वोर्कस पार्टीका ओनकार साँगा र प्रनेस बेलायतका अध्यक्ष रणबहादुर केसीले विरोध ¥यालीको औचित्यमाथि प्रकाश पार्दै भारतले नेपालको आन्तरिक मामलामा गर्दै गरेको ठाडो हस्तक्षेपको विरोध गर्नु भएको थियो । वहाँहरुले भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता क. आजाद र हेमचन्द्र पाण्डेलाई भारतीय सरकारी पक्षबाट गरिएको निर्मम हत्याको घोर भत्सर्ना गर्दै क. आजादको योगदानलाई श्रमजीवि जनताले कहिल्यै नभुल्ने र वहाँले देखाएको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो ।
भारतीय विस्तारवादको विरोधमा लेखिएका प्ले कार्ड र विभिन्न नारा लेखिएका व्यानरले सजिसजाउ विरोध कार्यक्रममा ‘ग्रिन हन्ट अपरेशन’ को नाममा भारतको वंगाल तथा विभिन्न ठाउँमा श्रमजीवी जनता मार्ने जुन काम भारत सरकारले गरिरहेको छ, सो काम तुरुन्त बन्द गर्न आह्वान गरिएको थियो । करिव ३ घण्टासम्म चलेको सो कार्यक्रममा बोल्ने वक्ताहरुले भारतीय शासक वर्गको छिमेकी मुलुकमाथि गिद्धे दृष्टि रहेको उल्लेख गरेका थिए । भारतले आफ्नो अनुकुलको सरकार बनाउन नेपालमा हुँदै गरेको प्रधानमन्त्रीको चुनावमा समेत प्रत्यक्ष हस्तक्षेपकारी कार्य गरेको पनि वक्ताहरुले टिप्पणी गरेका थिए । भारतीय प्रधानमन्त्रीका विशेष दूतको रुपमा श्याम शरणले नेपालमा आई मधेसवादी दलहरुलाई राजदूतावासमा बोलाई भोजभतेर गरी सांसदहरुलाई तटस्थ बस्न र एनेकपा (माओवादी) का अध्यक्षलाई भोट नदिन गरेको प्रयत्नको कार्यक्रममा भत्सर्ना गरिएको थियो । माओवादी सांसद रामकुमार शर्मालाई बेपत्ता पार्ने, अपहरण गर्ने जस्ता धम्की दिएर भारतीय दूतावासका एक कर्मचारीले नेपालको स्वाभिमान, सार्वभौम र राष्ट्रियतामाथि आघात पु¥याउने काम गरेकोले त्यस्ता कर्मचारीलाई नेपालबाट निश्कासन गर्नुपर्ने माग समेत गरिएको थियो । विरोध प्रदर्शन समाप्त गरे लगत्तै प्रनेसको वर्षिकोत्सव कार्यक्रमका लागि प्लमस्टेडतर्फ जानको लागि प्रनेस बेलायत केन्द्रीय सचिवालय सदस्य श्याम शेरचन, देवेन्द्र कँडेल लगायतले बसको प्रबन्ध मिलाउनु भएको थियो ।
बिहान भारतीय दूतावास अगाडि भएको विरोध प्रदर्शनको कारण वार्षिकोत्सव कार्यक्रम निर्धारित समय भन्दा १ घण्टा पछि मात्र सुरु भएको थियो । कार्यक्रम व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सचिवालय सदस्य विनोद ज्ञवालीले कार्यक्रममा उपस्थित अतिथि तथा सम्पूर्ण जनसमुदायसमक्ष कार्यक्रमको विवरण प्रस्तुत गर्नु हँुदै कार्यक्रम सञ्चालनका लागि केन्द्रीय सचिव तोयानाथ रिजाललाई माइक हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे हुनुहुन्थ्यो । त्यस्तैगरी अन्य अतिथिहरुमा एनआरएनका अध्यक्ष सूर्य गुरुङ, एनबीएका अध्यक्ष नरेन्द्र कँडेल, नेपाली कम्युनिटी भवन तथा मन्दिर निर्माण समितिका अध्यक्ष होम शर्मा, ग्रिनविच फोरमका राम अधिकारी, संयूक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष नविन सापकोटा, नेपाल टिभीका महानिर्देशक मोहन गुरुङ, नेपाल बृटेन डट कमका निर्देशक कुल आचार्य, नेपाली समाज यूके डट कमका निर्देशक सुशिल सिंह, यूरोपको नेपाली पत्रका सम्पादक नविन पोखरेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु हुनुहुन्थ्यो । प्रमुख अतिथि तथा अतिथिहरुको आशन ग्रहणपछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण गरिएको थियो । यसपछि प्रमुख अतिथि राजदूतबाट पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रम सेण्ट प्याट्रिकस आरसी, प्राइमरी स्कूल प्लमस्टिडमा भएको थियो ।
प्रनेस बेलायतका अध्यक्ष रण बहादुर केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष प्रेम गैरेले स्वागत भाषण गर्नु भएको थियो । राष्ट्रिय धुन तथा जनवादी गीतले सांस्कृतिक फाँटका संयोजक मनोज अनजान, विनोद ज्ञवाली, ठाकुर शर्मा, टिका गौचन, सन्तोष विक, शर्मिला आचार्य गौतम, राजेश पौडेल, सागर कार्की, दुर्गा पाठकले उपस्थित जनसमुदायलाई स्वागत गर्नु भयो । प्रनेस बेलायतको स्थापनादेखि अहिलेसम्मका सांगठनिक, राजनैतिक, गतिविधिमाथि केन्द्रीय उपाध्यक्ष महेन्द्र कँडेलले संक्षिप्त रुपमा प्रकाश पार्नु भयो । संस्थापक अध्यक्ष कर्णबहादुर शाहीले प्रगतिशिल नेपाली समाजले नेपाल र नेपाली मात्र नभई विश्वका कुनै पनि देश र जनताले उठाउने न्यायपूर्ण आन्दोलन, आवाज र गतिविधिको समर्थन गर्ने र ऐक्यवद्धता जनाउने गरेको उल्लेख गर्दै भए गरेका कार्यहरुको उदाहरण दिनुभएको थियो । वहाँले प्रगतिशील नेपाली समाज बेलायत एक मात्र यस्तो राजनैतिक संस्था हो जसले पटक पटक भारतीय विस्तारवादले नेपालमा गर्ने गरेको ठाडो हस्तक्षेपका विरुद्धमा विदेशमा रहेका विभिन्न संघ संस्था र नेपालीहरुलाई समेटेर आन्दोलन गर्ने गरेको छ र आज पनि यसै सिलसिलालाई निरन्तरता दिँदै भर्खरै विहान मात्र बेलायतस्थित भारतीय हाई कमिशन अगाडि विरोध कार्यक्रम सम्पन्न गरी यस कार्यक्रम सुरु भएको बताउनुभयो ।
संयुक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष नविन सापकोटाले यूरोपका २६÷२७ वटा देशमा विद्यमान आ–आफ्नै किसिमका समस्याहरुलाई पहिचान गरी तदनुरुप सान्दर्भिक आवाज उठाउने गरेको र समाज परिवर्तनको लागि विचारले नेतृत्व गर्नुपर्ने भए पनि व्यवहार र विचारको बीचमा तालमेल मिलाउनु पनि उत्तिकै आवश्यक भएको बताउनु भयो । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद चीनको नयाँ शक्ति उदयलाई ध्यानमा राखेर नेपालमा आफ्नो पकडको सरकार बनाउन उद्दत रहेकोले हाल नेपाल सरकारविहीनताको अवस्थामा पुगेको कुरा पनि वहाँले बताउनु भयो । एलायन्स फर पिपुल्स राइट इन साउथ एसियाका सदस्य मनसुरले आफू भारतीय भए पनि भारतीय विस्तारवादी र श्रमजीवि जनतामाथि शोषण र दमन गर्ने नीतिका विरुद्ध लडिरहेको बताउँदै भारत देश दुईवटा भएको जसमा एउटा विस्तारवादी, दमन शोषण गर्ने प्रतिक्रियावादी भारत र अर्को समानता, न्यायको पक्षपाती भारत रहेको बताउनु भयो । वहाँले आफू प्रगतिशील भएको हुनाले सधैँ न्याय, समानता र प्रगतिशील समाजको भारतीय भएको बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु डे दिवसको अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले गौतम बुद्ध नेपालमा जन्मेको हुँदाहुँदै भारतीय विस्तारवादीले करोडौं खर्च गरेर नक्कली लुम्विनी बनाई बुद्ध भारतमा जन्मेको भनी सफेद झुट प्रचार गरेकोले त्यसको विरोध गर्दै भारतले पारेको भ्रमलाई चिर्न आफूहरुले कपिलबस्तु दिवस भनेर गौतम बुद्धको बारेमा सत्यतथ्य कुरालाई प्रचार प्रसार गर्ने गरेको बताउनुभयो ।
एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङले दोहोरो नागरिकताको विषयलाई अव बन्ने जनसंविधानमा उल्लेख गर्नुपर्ने बताउँदै नेपालमा एनेकपा माओवादी ठूलो पार्टी भएकोले यसलाई पाखा लगाएर संविधान निर्माण कार्य पुरा नहुने बताउनुभयो । त्यस्तै प्रनेसले अझ सशक्त रुपमा दोहोरो नागरिकताका बारेमा सम्वन्धित पार्टीमा कुरा राख्नुपर्ने पनि वहाँले बताउनुभयो । यस्तै गरी नेपालीहरुको व्यापारिक संस्था एनबीएका अध्यक्ष नरेन्द्र कँडेलले विदेशमा बस्ने नेपालीहरुले नेपालमा लगानी गर्ने तथा सीप एवं दक्षता विकास गर्नेतिर ध्यान दिनुपर्ने बताउँदै सामाजिक कार्यमा समेत लाग्न सबैलाई अनुरोध गर्नुभयो । राष्ट्रवादी नेपाली प्रजातान्त्रिक मञ्चका संयोजक रोशन सापकोटा, नेपाली मधेसी एशोसिएसनका प्रतिनिधि दिलिप महासेठ लगायत अन्य वक्ताहरुले प्रनेसको उत्तरोत्तर प्रगतिको कामनाका साथ आ–आफ्ना संगठनका विचार राख्नुभएको थियो ।
प्रगतिशिल नेपाली समाज बेलायत ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. सुरेशचन्द्र चालिसेले सबैलाई शुभकामना दिनुहँुदै अहिले आफ्नो देश नेपालको स्थितिलाई विदेशमा रहेर पनि जुन चिन्ता पीर तपाईहरुमा रहेको छ साथसाथै अहिले जताततै अँध्यारो भएको महसूस गर्नु भएको छ, यस्तो अवस्था भए पनि त्यहाँ कतै न कतै सुर्यको किरण बाँकि रहेको छ भन्नु भयो । वहाँले यदि कुनै शक्तिले खोस्न नसक्ने संविधान निर्माणको कार्य पुरा गर्न तथा शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सके आगामी १० वर्षमा तपाईहरुलाई अव नेपाल फर्कौँ भन्ने लाग्नेछ पनि भन्नुभयो । नेपालका विद्यमान अथाह प्राकृतिक, मानवीय र सांस्कृतिक स्रोतलाई समुचित विकासमा लगानी गरेमा १० वर्षमा नेपाल एउटा सम्पन्न राष्ट्र हुन सक्ने दावी समेत गर्नु भयो । हेर्दाखेरी सधैँ लथालिंग भएको देखिएपनि विद्यमान अवस्था प्रकृति र विकासको नियमअनुसार सधैँ नरहने कुरामा आफु आशावादी भएको र देशलाई सम्पन्न राष्ट्र बनाउन देशमा भएका अमूल्य हिमाल लगायत सबै किसिमका स्रोतहरुको यथोचित मार्केटिङ गर्नुपर्ने कुरामा पनि वहाँले जोड दिनुभयो । कार्यक्रमको बीच बीचमा जनवादी सांस्कृतिक गीत र नाँच प्रस्तुत गरिएको थियो । धौलागिरी छायामा...भन्ने गीतले आफ्नो देशको राष्ट्रियता झल्काएको थियो भने सिमली छायामा ...भन्ने गीतमा विनोद ज्ञवालीको अभिनयलाई हलमा उपस्थित सबैले उठेर ताली बजाउँदै स्वागत गरेका थिए ।
सन्तोष बिकको नृत्य र टिका गौचन तथा मनोज अन्जानका जनवादी गीतले हलमा रौनक ल्याएको थियो । कार्यक्रममा कौशल श्रेष्ठले क्यामरामेनको भूमिका र राजु थापाले साउण्ड सिस्टमको व्यवस्था गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रणबहादुर केसीले कार्यक्रम सफल बनाउन लाग्नुभएका संयोजक, केन्द्रीय पदाधिकारी तथा सम्पूर्ण सदस्यहरु तथा कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदायलाई धन्यवाद दिनुभयो । प्रगतिशील नेपाली समाजको स्थापना नेपालमा आमूल परिवर्तनको दिशामा बढिरहेको समयमा भएको उल्लेख गर्दै वहाँले प्रगतिशिल विचारधारलाई अंगाल्ने विदेशमा छरिएर रहेका नेपालीहरुलाई संगठित गरी विदेशमा बस्दा आइपर्ने समस्याहरुलाई सामुहिकरणबाट समाधान गर्नका साथै आफ्नो हकहित अधिकारको लागि सचेत गराउन सक्दो सहयोग गर्न प्रनेस बेलायत लागिरहेको पनि बताउनु भयो । नयाँ नेपाल निर्माणको लागि जनसंविधान निर्माण कायलाई विदेशबाटै भए पनि सक्दो सहयोग जुटाउन प्रनेस बेलायत प्रतिवद्ध रहेको जनाउँदै आफुहरु विदेशमा भए पनि नेपालमा राजनैतिक परिवर्तन ल्याउन तथा राष्ट्रियताको रक्षाको लागि समेत विदेशबाटै आन्दोलनमा सरिक भएको पनि वहाँले दावी गर्नु भयो । सो संगठन नेपाल र नेपाली जनसमुदायको हक हितको लागि भएकोले संगठनमा आवद्ध हुन अनुरोध गर्दै राजनैतिक रुपमा सचेत भए मात्र भोलि आउने हर समस्यासँग लड्न सकिने तथा आफ्ना हक हित अधिकारको लागि आवाज उठाउन सकिने पनि अध्यक्ष केसीले बताउनुभयो ।
‘नेपालमा अहिले जुन सरकारविहीन अवस्था छ त्यसको मूल कारण नेपालमा भएको ऐतिहासिक राजनैतिक परिवर्तन र प्रगतिलाई आत्मसात गरी अगाडि बढ्न नचाहने यथास्थितिबादी, पुनर्उत्थानवादी तत्वहरु र आमूल परिवर्तनकामी शक्ति बीचको लडाई हो’ वहाँले भन्नु भयो । वहाँले आगामी २०११ को बेलायतको जनगणनामा इथिनिसिटीमा नेपाली लेख्न लगाएर आफ्नो नेपाली पहिचान बनाउन सबै बेलायतवासी नेपालीहरुलाई सचेत गराउन उपस्थित संघ–संस्थाका प्रतिनिधिहरुलाई अनुरोध गर्दै कार्यक्रमको समापन गर्नु भयो । अन्त्यमा निशुल्क नेपाली खानाको व्यवस्था समेत थियो ।


0 comments:
Post a Comment