अमेरिकामा नेपाल तरुण दल

नेपाल तरुण दलका अमेरिकाको लागि केन्द्रिय प्रतिनिधि शंकर खड्काको प्रमुख अतिथिमा अप्रिल २१ मा नेपाल तरुण दल अमेरिका शाखा (चाप्टर) गठन भएको छ ।
उक्त कार्यक्रममा खड्काले नेपालबाट अमेरिका आई विभिन्न पेशा तथा ब्यबसामा संलग्न हुनुभएका सम्पूर्ण तरुण तथा युवाहरु संगठीत हुने बताउनु भयो । साथै उहाँले जनसम्पर्क समितिको दोस्रो एकता महाधिवेशनको पूवैसन्ध्यामा गठित यस समितिले उक्त महाधिवेशनलाई समेत सहयोग पुग्ने धारणा ब्यक्त गर्नु भयो ।
नेपाल विधार्थी संघका केन्द्रीय अध्यक्ष प्रदिप पौडेलले अत्यन्त खुसी ब्यक्त गर्दै अमेरिकामा रहेका युवा शक्ति एकिकृत हुने विचार ब्य्क्त गर्नुभयो।
न्यूयोर्कमा भएको उक्त कार्यक्रममा नेपाल जनसम्पर्क स मितिका पूर्व अध्यक्ष आनन्द बिस्ट, एकताको दोश्रो महाधिबेशनका संयोजक खगेन्द्र जीसी, बेद खरेल, बिनोद भट्ट तथा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि मृदुला कोइरालाले यस नब गठित समितिलाई बधाई तथा सुभकमाना दिनुभयो।
तदर्थ समितिको अध्यक्षमा गजेन्द्र बुढाथोकी (न्युयोर्क) रहनु भएको छ। यस्तै उपाध्यक्षमा उपेन्द्र भट्ट(न्यूयोर्क), सचिबमा मनमोहन सिंह घिमिरे(न्युयोर्क), सह-सचिबमा नारायण खनाल(क्यालिफोर्निया), कोषाध्यक्षमा बालकृष्ण श्रेष्ठ(न्युयोर्क) रहनु भएको छ।
यस्तै सदस्यहरुमा बिनय अर्याल(केन्टकी), लक्ष्मी सापकोटा(न्युयोर्क), शोभा ढकाल(मेरिल्याण्ड), कौशल यादव(कोलोराडो), पिपलमनि सिग्देल(न्युयोर्क), संजिव श्रेष्ठ(न्युजर्सी), बिमल थापा(न्युयोर्क), बिनोद दाहाल(क्यालिफोर्निया), सर्बग्य वाग्ले(टेक्सास), बिरेन श्रेष्ठ(मिनीसोटा), दीपक चौधरी(न्युयोर्क) र यम लामिछाने (मासाचूसेसट) रहनु भएको छ।
ntdamerica@gmail.com

0 comments:

Post a Comment