मिती 11/04/2010
दोश्रो विश्व युद्धताका ७० वर्षअघि तत्कालीन सोभियत नेता जोसेफ स्टालिनको आदेशमा सोभियत गुप्तचर प्रहरीद्वारा आम हत्या गरिएका हजारौं पोलिस सैनिक अधिकृतहरु र अरुको सम्मानमा आयोजित समारोहमा भाग लिने सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति काजिन्स्की त्यसतर्फ जादै गर्दा बेलारुस सँगैको रुसी सिमाना स्मोलेन्स्क विमानस्थलमा बाक्लो कुहीरोका बीच पुग्नै लाग्दा जंगलमा खस्दा भएको विमान दुर्घटनामा पोल्यान्डका रास्ट्रपति लेक काजिन्स्की,उहाकी धर्म पत्नी मारिया काचिन्स्का ,पोल्याण्डका सेना प्रमुख, केन्द्रीय ब्याङ्क गभर्नर, सांसदहरु तथा वरिष्ठ इतिहासकार लगायत पोल्यान्डका उच्च सरकारी र सैनिक अधिकारीहरुको ज्यान गएको समाचारले सम्पुर्ण गैरआवासीय नेपाली समुदायलाई एबम पोल्यान्ड बस्ने सम्पूर्ण नेपालीहरुलाई स्तव्ध र अत्यन्त मर्माहत तुल्याएको छ ।
संपुर्ण राष्ट्रका लागि यो अपुरणीय क्षति हो । यस दुखद घडिमा यो संघ पोल्यान्डको राष्ट्रपतिको परिवार लगायत उक्त घटनामा ज्यान गुमाएकाहरुको परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ । यस् दु:खद घडीमा पोल्यान्डका सम्पूर्ण पोलिश जनताहरु प्रति धैर्य धारण गर्ने शक्तिको लागि कामना गर्दछ । साथै सम्पूर्ण दिवंगत् आत्माको चीर शान्तीको कामना गर्दछ ।
मित्र लाल पार्दे बोधराज सुबेदी
सचिव अध्यक्ष
गैर आवासीय नेपाली संघ पोल्यान्ड
0 comments:
Post a Comment