गैर आवसिय क्षेत्रीय संगठन NRN बृहत रात्री भोज

जर्मनीको एस्सेन शहरमा नेपालीहरुको संगठन गैर आवासिय क्षेत्रीयसंगठनका श्री सह - संयोजक श्री दयाराम पौड्याल को निमंत्रनामा भब्य रात्री भोज कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा NRN जर्मनीका सभापती श्री दिल बहादुर गुरुङ ,महासचिब श्री सुमन कार्की ,उप सभापति श्री यज्ञ राज सुबदी तथा पधाधिकारीहरु टन्क लम्साल ,बिजय मोक्तान ,कृष्ण प्र गौतम ,मदन दाहाल ,छेत्रिय संगठनका पधाधिकारीहरु ,बिभिन्न सङ्का सभापती तथा पधाधिकारीहरु ,समाजसेवी पुरुष , महिलाहरु ,बिदेशी पहुनाहरुको ब्यापक रुपमा उपस्थिती थियो । NRN जर्मनीका सभापति श्री दिल बा गुरुङ ज्युको प्रमुख अतिथीमा सन्चालित कार्यक्रममा बोल्दै लालिगुरास परिवारका सभापति श्री राम बहादुर राइ ले सान्तिका दुत भगवान बुद्ध सँग क्षेत्रीय संगठनको सफलताको प्रर्थना गर्नु भएको थियो । दयाराम पौड्यालद्वारा संचालित कार्यक्रम स्वागत मन्तब्य कुम्भ राज रेग्मी ले गर्नु भएको थियो । सहभागिको तर्फबाट बोल्दै श्री बिजय राज शाही ले NRNजर्मनी गैर राजनैतीक बिचार बाट सन्चालन भ्एकोमा खुशी ब्यक्त गर्दै सफल्ताको कामना गर्नु भएको थियो ।
नेपालबाट कार्यक्रमका लागि आउनु भएका सफल ब्यबसायी श्री सुभाश श्रेष्ठ ज्यु ले जर्मनीमा NRN को माद्यमबाट नेपाली नेपाली बिच देखेको प्रेम र आपसी मेलमिलापमा आफु चकित भएको भन्दै संगठनको बिस्तारको कामना गर्नु भएको थियो । हिमालयन यसोसिएसन्का सभापती श्री मान काजी नेपालीले पठाउनु भएको सन्देस् (यस्तो कार्यक्रमले संगठन र आफ्नो संस्था बिच नज्दिकी बढ्ने ) बिस्वास पढेर सुनाइएको थियो । सगरमाथा समाजका उप सभापति श्री अरुण मानन्धरले केन्द्रिय संगठन र छेत्रीय संगठन बिच राम्रो समजदारी हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
हालै पोर्तुगल्मा अकस्मात निधन हुनु भएकी श्रीमती देउमाया पुर्जा र दयाराम् पौड्यालकी आमा श्रीमती हेमकला पौड्यालको सम्मानमा १/१ मिनट मौन धारन गरिएको थियो ।
देउमायाको लागि अर्थिक सन्कलन गरी सम्बन्धित समाजलाई (मोना म्याग्दीका सभापति श्री शिव श्रेष्ठलाई ) बुझाउनु भएको थियो ।

प्रमुख अतिथी श्री दिल बा गुरुङ ज्युले आफुले NRN स्थापनामा गरेको दु:खबारे प्रस्ट पार्दा उपस्थित सबै स्तब्ध भएका थिए । आफुले निस्वार्थ भै संगठनको सेवा गरेको र येसलाई सबैले मिलेर इट थप्ने काम गरिदिन अनुरोध गर्नु भएको थियो । रात्री भोज्को आयोजना गरी टाढा टाढा रहेका नेपालीहरु बिच भेट गर्ने सुबर्ण अवसर दिनु भएकोमा दयाराम् पौड्याल र पौड्याल परिवारको निरन्तर सहयोगको प्रसंशा गरिएको थियो । उपस्थित महानुभाबहरुले सबैले यस्तो कार्यक्रम बारम्बार हुनु पर्नेमा जोड दीएको थियो ।

0 comments:

Post a Comment