माओवादीद्वारा 'छाँया सरकार' गठन

प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी)ले उसकै भाषामा 'राज्यको विभिन्न क्षेत्रहरुसँग सम्बन्धित कामहरुमा जनतालाई नेतृत्व गर्न र सहयोग पुर्‍याउन' १८ विभाग गठन गरेको छ। 'छाँया सरकार'को झल्को दिने गरी गठित विभागहरुमा केही पूर्वमन्त्रीहरुलाई उनीहरुले सम्हालेकै मन्त्रालयको नामको विभागको जिम्मेवारी दिइएको छ।
योजना तथा अर्थ विभागमा पूर्वअर्थमन्त्री बाबुराम भट्टराईलाई संयोजक तोकिएको छ। त्यसैगरी पूर्व स्थानीय विकास मन्त्री देव गुरुङलाई संघीय मामिला तथा स्थानीय विकास विभाग, पूर्व स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेललाई स्वास्थ्य विभाग, पूर्व पर्यटनमन्त्री हिसिला यमिलाई पर्यटन, भौतिकपुर्वाधार र विज्ञान प्रविधि विभाग र पूर्व श्रममन्त्री लेखराज भट्टलाई श्रम तथा रोजगार विभागको संयोजक तोकिएको छ। प्रत्येक विभागमा दुईदेखि पाँच जना सहायक रहेका छन्।

राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन चर्काउन बाबुराम भट्टराईको अध्यक्षतामा गठित संयुक्त राष्ट्रिय जनआन्दोलन केन्द्रीय समिति सचिवालयको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।



१. योजना तथा अर्थ विभाग - बावुराम भट्टराई-(संयोजक), दिल्लीराज खनाल, खड्क वहादुर विश्व कर्मा, अमृता थापा ।
२. सुरक्षा विभाग - जनार्दन शर्मा-(सं), गणेशमान पुन, उमा भुजेल

३. सुचना संचार तथा जनसम्पर्क विभाग - नेत्र विक्रम चन्द-(सं), राम रिझन यादव, महेश्वर दाहाल, ओम शर्मा

४. विदेश विभाग - कृष्ण वहादुर महरा-(सं), सुरेश आले, मनोज थापा, लक्ष्मण पन्त, रेणु चन्द

५. प्रसाशन तथा कानून विभाग - पम्फा भुषाल-(सं), खिमलाल देवकोटा, एकराज भण्डारी, मुक्ति प्रधान

६. संघीय मामिला तथा स्थानीय विकास विभाग - देव गुरुङ्ग-(सं), गोपाल किरााती, लोकेन्द्र विष्ट, भक्त वहादुर शाह, नविन वि.क.

७. शिक्षा सस्कृति विभाग - कुल वहादुर के.सी.-(सं), घनश्याम पौडेल, माइला लामा, लेखनाथ न्यौपाने, मुक्ति खनाल, सीता आचार्य, ईश्वरचन्द्र ज्ञवाली, युवराज लामा,

८. स्वास्थ्य विभाग - गिरीराजमणि पोख्रेल-(सं), मंगल वि.क., रुपा चौधरी, सत्य पहाडी

९. कृषि र सहकारी विभाग - लोकेन्द्र विष्ट-(सं), केशव नेपाल, चित्र व. श्रेष्ठ, धिरेन्द्रा उपाध्याय

१०. उद्योग वाणिज्य तथा आपूर्ति विभाग - राम कुमार शर्मा-(सं), कृष्ण आचार्य, शिव कट्टेल, ओनसरी घर्ति

११. पर्यटन, भौतिकपुर्वाधार र विज्ञान प्रविधि विभाग - हिसीला यमी-(सं), विनोद उपाध्याय, देवी खड्का, रामबहादुर बोहरा

१२. उर्जा र जलस्रोत विभाग- लिलामणी पोख्रेल-(सं), नन्दकुमार प्रसाईं, कृष्ण केसी, कुमारी मोक्तान

१३. भुमिसुधार विभाग - महेन्द्र पासवान-(सं), बिष्णु चौधरी, रामकुमार पौडेल, असर्फी सदा

१४ श्रम तथा रोजगार विभाग - लेखराज भट्ट-(सं), शालिकराम जमरकट्टेल, कल्पना धमला, इन्द्रजीत चौधरी, रनेन्द्र बराली

१५. समाज विकास विभाग - जयपुरी घर्ती-(सं), रामचरण चौधरी, बिष्णुपुकार श्रेष्ठ, हुकुमबहादुर सिह,

१६. महिला, दलित, अल्पसंख्यक विभाग - शशी श्रेष्ठ-(सं), पर्शुराम रम्तेल, हकिकुल्ला खाँ, तुलाबहादुर माझी, दामा शर्मा, दुर्गाजयन्ती राई,

१७. बन तथा बातावरण विभाग - प्रभु साह-(सं), दयाराम न्यौपाने, जुनकुमारी रोका, सीता पोख्रेल, रामलौटन तिवारी,

१८. युवा तथा खेलकुद विभाग - टोपबहादुर रायमाझी-(सं), शरदसिंह भण्डारी, धर्मशीला चापागाई, ज्ञानेन्द्र कुमाल, राजु खड्का







बैठकले उपाध्यक्षहरु मध्ये अमिक शेरचनलाई मध्य राज्यहरु नेवाः, ताम्सालिङ्ग, तमुवान र अवधको तिलक परियारलाई पश्चिम राज्यहरु सेम, भेक, थारुवान र मगरात र रामकुमारी यादवलाई पूर्वी राज्यहरु भोजपुरा, मिथिला, कोचिला, लिम्बुवान र किरात हेर्ने जिम्मा दिएको छ।

त्यसैगरी बैठकले मधेस बाहेक आन्दोलनका लागि राज्यसमिति संयोजकहरु पनि तोकेको छ। जसअनुसार सेम- भीमबहादुर कडायत,भेक- खड्कबहादुर विक, मगराँत- सन्तोष बुढा, थारुवान- रामचरण चौधरी, तमुवान- अमर तमु, नेवा- दिलबहादुर श्रेष्ठ, किरात- गोपाल किराती, कोचिला- पूर्णसिंह राजबंशी, तामसालिङ- कमानसिंह लामा, लिम्बुवान- श्री जवेगु रहेका छन्।

संविधानसभा निर्वाचनमा प्राप्त मतको समानुपातिक प्रतिनिधित्व अनुरुप नभएसम्म स्थानीय निकायहरु गठनलाई बहिस्कार गर्ने र धनुषा, रौतहट, ताप्लेजुङलगायत देशभरी माओवादी कार्यकर्ता र नेताहरुको बिरुद्ध सन्चालन गरीएका हत्या, आक्रमणहरुको भण्डाफोर गर्ने, क्षतिपूर्ति दिलाउने र प्रतिरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

माओवादीले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार सोमबारदेखि प्रधानमन्त्रीलाई सार्वजनिक समारोहमा बहिस्कार गर्ने कार्यक्रम रहेको छ।

0 comments:

Post a Comment