तिमि त्यति राम्री थिईनौ

अधिवक्ता जगत प्रसाद आचार्य,
 हाल दुबई

पहिलो भेटमा तिमि त्यति राम्री थिईनौ जहिले
जती देख्यो त्यति राम्री लाग्न थाल्यो अहिले !
बैश छदा कस्ती थियौ देख्या हैन मैले
देख्या भए चोरी ल्याउथे त्यसै बेला मैले !!

अब पनी चोरु भने मार्लान तिम्रा पोइले
चोरी गर्नु महा पाप हो बुझेको छु मैले !
त्यै भएर चोर्न लाई हिम्मत छैन अहिले
त्यसले त बसेकोछु आत्मा जलाई जहिले !!

त्यसै गुनगान गाएको हैन तिम्रो बारे मैले
जस्तो देख्छु उस्तै भन्छु नरिसाउनु जहिले !
सम्झी दिए पुग्छ मलाई नभेटेनी कहिले
तिम्रो बर्णन गर्नलाई नै कवि भएछु अहिले !!!

तिम्रो लागि दिलको ढोका

जगत प्रसाद आचार्य

तिमि आउने आशामा दिलको ढोका खुल्लै राख्या मैले
मैले सोचे जस्तै सुटुक्कै तिमि आयौ सपनीमा जैले
मेरो इसारा बुझीदिएकोमा निक्कै खुशी भएथे पैले
तिम्रो लागि मेरो दिलमा बस्न लायक ठाउँ थिएन जैले


तिमीलाई बिपनिमा बारम्बार बोलउथे जब मैले
तिमि आउन डराउथ्यौ सपनीमा आइरहन्छु भन्थौ पैले
तिम्रै खुशीमा हास्छु म तिमीलाई मैले नपाएनि कैले
तिम्रै यादमा बाचेकोछु चोरी दियौ मेरो मुटु जैले


ठिकै छ चोरी गरेको मेरो मुटु तिमि संगाली राख
मेरो दिर्घायु को लागि देबी देउता र देउराली भाख
म दुखि भएता पनि तिमि सदैब खुशी भई राख
कुनै दिन चाहिने छ मलाई तिम्रो न्यानो काख


Musical Nite 2011 in Germany with Yash Kumar and Bishnu Khatri

जर्मनको म्युनिक शहरमा नेपाली "म्युजिकल नाइट २०११" भब्यताका साथ सम्पन्न भएको छ । उक्त म्युजिकल नाइट को भिडियो तल छ हेर्नु होला । सो कार्यक्रममा यस कुमार र बिष्णु खत्रिले मिठा मिठा गीतले दर्शक हरुलाई भरपुर मनोरन्जन दिलाउनु भएको थियो ।

पीएनएस यूकेको क्षत्रीय समिति गठन

लण्डन । यही ४ सेप्टेम्बर आइतवार प्रगतिशील नेपाली समाज बेलायत ९पीएनएस यूके०को नर्थवेष्ट लण्डन क्षेत्रको क्षेत्रीय भेला अल्पर्टन हाउस नर्थवेष्ट कलेजमा सम्पन्न भयो । सो भेलामा केन्द्रीय अध्यक्ष रणबहादुर केसी र संयूक्त मोर्चा यूरोपका अध्यक्ष नविन सापकोटाको विशेष उपस्थिति रहेको थियो । अध्यक्षता केन्द्रीय सदस्य भोला खनाल ९बी० र संचालन केन्द्रीय महासचिव प्रकाश शर्माले गर्नुभएको सो भेलामा केन्द्रीय सचिवालय सदस्य सुरेश गौतम, विष्णु त्रिपाठी, ठाकुर शर्मा, केन्द्रीय सदस्य पार्वती पाण्डे, बासुदेव लामिछानेको उपस्थिति थियो । भेलामा उपस्थित सबै सदस्यहरुले राख्नुभएको जिज्ञासाको प्रत्युत्तरको साथमा समसामयिक विभिन्न सवालमा अध्यक्ष केसीले आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।
भर्खरै नेपालमा माथिल्लो कर्णाली परियोजनाबारेमा भएको विचार गोष्ठीमा सहभागी नविन सापकोटाले त्यस परियोजनाबाट नेपालमा भएको राष्ट्रघातको बारेमा प्रकाश पार्नुका साथै त्यस सम्वन्धी भिडियो क्यासेट समेत वितरण गर्नु भएको थियो । भेलामा विभिन्न प्रस्तावहरुउपर छलफल गरी आवश्यक निर्णयहरु गर्नुका साथै उपस्थित सबैलाई सदस्यता वितरण गरिएको थियो ।
भेलाले ३ सदस्य पछि थप्नेगरी ११ सदस्यीय नर्थवेष्ट लण्डन क्षेत्रीय समिति भोला खनाल ९बी०को अध्यक्षतामा गठन ग¥यो । समितिमा पूर्ण लक्सम्बा सचिव, ठाकुर शर्मा कोषाध्यक्ष र सदस्यहरुमा– कल्पना बस्नेत, लेखनाथ घिमिरे, रामकृष्ण सिटौला, तिलक पुन र बासुदेव लामिछाने रहनु भएको छ ।

दाह्रीवाल महिला

अमेरिकाका एक व्यक्तिले आफूलाई जन्मदिने आमा अन्ततः फेला पारेका छन् । तर उनी त्यतिबेला चकित परे, आफूलाई जन्मदिने आमाको दाह्री सेतै फुलेका रहेछन् । दाह्रीयुक्त महिलाको नाउँले प्रख्याति कमाएकी भिभियान हृवीलर, ६२, आफ्नी आमा भएको चाल पाएपछि रिचर्ड लोरेन्क, ३३, छक्क परेका छन् ।




छोरा रिचर्डले केन्सास राज्यको डिमार्टमेन्ट अफ सोसल एन्ड रिहृयाबिलिटेशन र्सर्भिसमा छ साता लगाएर गरेको खोजपछि उनले आफ्नी आमा पत्ता लगाएका हुन् ।

यता उनकी आमाले उनलाई जन्म दिएयता बिहे नगरेको बताइएको छ । भिभियान उनकी आमाजस्तै दाह्रीवाल रहेको र त्यस्तालाई डाक्टरहरुले हाइपरट्रीकोसिस भनिने बताइएको छ । अमेरिकीहरुले त्यसलाई "वेयरवल्फ सिन्ड्रोम" समेत भन्ने गरेका छन् । यस्तो अवस्थामा महिलाहरुमा अत्याधिक रुपमा दाह्री पलाउने गर्दछ ।

यी महिला जन्मदैको महिला र पुरुष दुवै जनेन्द्रीयका साथ जन्मिएकी थिइन् । उनकी आमाले यस्तो विचित्रको सन्तान जन्मिएको देखेपछि उनको पुरुष जनेन्द्रीय काट्न डाक्टरहरुसँग सहयोग मागेकी थिइन् ।

भिभियान महिला भए पनि पुरुषको जस्तो दाह्री पलाउन थालेपछि उनका पिताले उनलाई विभिन्न ठाउँमा काममा पठाउँथे र काम गरेबापत् १ हजार डलर पारिश्रमिक पाउने गर्थिन् । सानै उमेरदेखि उनले घर चलाउन थालेको उनको भनाइ छ ।

गिनिज बुक अफ रर्ेकर्ड्स्ले महिलाहरुमध्येमा सबैभन्दा लामो दाह्री भएकी महिलाको उपाधि दिएको थियो । उनले दाह्रीलाई ११ इञ्च लामो बनाएकी थिइन् ।

यता रिचर्डलाई उनले अरुलाई नै पाल्न दिएकी थिइन् । छोरो हर्ुर्किएर आएका कारण छोरासँगै जीवन बिताउन क्यालिफोर्नियाबाट केन्सस र्सर्ने भएकी छिन् ।