दक्षिणकोरीया । बैदेशिक रोजगारको लागी दाक्षीणकोरीया पुगेका दुईसय बडी नेपालीकामदार हाल बिचल्लीमा परेका छन । कोरियाको ईच्छन क्षेत्रमा कृषीमा काम गर्नका लागी रोजगार अनुमती प्रणाली अन्तरर्गत आएका नेपालीकामदारहरु मालीकको अमानबीय ब्यवहारका कारण यसरी बिच्लीमा परेका हुन । उनी हरुलाई तोकीए अनुसारको तलब सूबिधा नदिने, शरिरले धान्ने भन्दा बडी समय सम्म काम लगाउने र खान समयमा नदिने गरेको पिडीतहरुले बताएका छन । कोरीयामा कृषीका लागी राम्रो ठांउ मानीएको ईच्छन क्षेत्रमा हाल दुईसय बडी नेपालीकामदारहरु कार्यरत छन ।
हामीलाई चौध घण्टा भन्दा बडी कामलगाई ओभर टाईमको पैसा समेत दिदैन किन नदिएक भन्दा नेपाल जानेकी काम गर्ने मात्र भन्छ , दुई मैना अघी सो क्षेत्रमा कामका लागी आएकी खोटाङ्गकी मीना राईले बताईन । खानको ब्यवस्ता आफै गर्नु पर्ने हुदा पकाउने समय समेत अपुग रहेको कारण भोकै काम गर्न वाध्य भएका छौ । उनले अगाडी भनिन, कोठामा पनि र बिजुलीको लाईन समेत काटी दिने गरेका कारण हामी आपतमा परेका छौ । उता छ महीना अघी सोही क्षेत्रमा कामका लागी आएकी रामेछापकी अरुणा नेपाली साउको अमानवीय व्यबहारको सिकार भएको बताउ छिन ।
हामी महिला मात्र दश जाना छौ हामी प्रती साहुले जहिले पनी रुखो र अभद्रव्यवहार गर्ने गार्दछ त्यही व्यवहारका कारण काम गर्ने अवस्थानै छैन के गर्ने हो अपतमा परेका छौ । सो कुराको जानकारी दुता बासलाई गराउदा कुनै सुनवाई भएन । कोरियाको सो क्षेत्रमा कृषीमा काम गर्ने महीलाकोसंख्या पुरुषको भन्दा बडी रहेको छ भने उक्त क्षेत्रका सबै मालीकको ब्यवाहार अमानबिय र श्रम शोषण गर्ने रहेको सो क्षेत्रका कामदारले बताएका छन ।
दक्षिणकोरीया स्थित नेपली दुताबासका राजदुत कामल कोईरालाले सो क्षेत्रमा भएको नेपाली कामदार हरु साहुको अमानबिय ब्यवहारका कारणा बिचल्लीको अवस्थामा रहेको सकार्दै उद्धाकोलागी अवस्यक पहल थालीने बताएका छन । हामीले साउलाई सिधै सम्पर्ग गर्दा चित्तबुज्दो उत्तर नआएका कारण कोरीया स्थिीत मानव तथा सम्ंसाधन मन्त्रलय र लेबर अफीसमा उद्धारका लागी कुरा अगाडी बडाउने जानकारी दिएका छन ।
0 comments:
Post a Comment