एन आर एन पोल्यान्डको शोक प्रस्ताव पारित

मिती २०१० मार्च २२ गते एन आर एन पोल्यान्डका अध्यक्ष श्री बोध राज सुवेदीको अध्क्षतामा बसेको गैरआवासीय नेपाली संघ पोल्यान्डको बैठकमा नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको निधन भएकोमा निम्नअनुसारको शोक प्रस्ताव पारित गरेको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष, दोश्रो जनआन्दोलनका कमान्डर, नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको देहावसानको समाचारले सम्पुर्ण गैरआवासीय नेपाली समुदायलाई एबम पोल्यान्ड बस्ने सम्पूर्ण नेपालीहरुलाई स्तव्ध र अत्यन्त मर्माहत तुल्याएको छ । नेपाल राष्ट्रले एक सच्चा राष्ट्रवादि राजनेता एवम् नेपालको हालको शान्ति प्रकृयाका अभिभावक गुमाएको छ । संपुर्ण राष्ट्रका लागि यो अपुरणीय क्षति हो । यस दुखद घडिमा यो संघ उहाँको परिवार, नेपाली काङ्ग्रेस र सवै नेपाली जनतामा हार्दिक समवेदना प्रकट गर्दछ । साथै सवैमा धैर्य धारण गर्ने शक्तिको लागि कामना गर्दछ । नेपालमा जारी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पु-याई नयाँ संविधानको निर्माण गरी नेपाललाई दीगो र द्रुततर प्रगतिपथमा लैजान सकेमा नै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।


मित्र लाल पार्दे                                                             बोधराज सुबेदी

सचिब गैर आवासीय नेपाली संघ पोल्यान्ड         अध्यक्ष गैर आवासीय नेपाली संघ पोल्यान्ड

0 comments:

Post a Comment