गजल

मुरारीराज मिश्र

सोझो भएर जिन्दगीमा केहि हुन्न रहेछ अचेल
उन्नतिको एउटा सूत्र थाहा पाएको छु अचेल ।

ईमान्दारी अङ्गालेर धेरै बर्ष खेर फालें
टेवुलमुनिबाट “दस्तुर” लिन थालेको छु अचेल ।

योग्यताको भरमा प्रमोशन नपाईने रहेछ यहाँ
हाकिमको घर–घरमा धाउन थालेको छु अचेल ।

कसिङ्गर थिएँ पहिले सहकर्मीहरुको आँखामा म
परिवर्तनपछि सवैको प्यारो बन्न थालेको छु अचेल ।

0 comments:

Post a Comment